Recent Comments

युकेमा सुनुवार महिला समाजले १०९औ अन्तराष्ट्रिय महिला दिवस मनायो

-भावना परिष्कृत सुनुवार

युके/ किरात सुनुवार महिला समाज बेलायत (कि सु म स बेलायत ) को आयोजनामा २ मार्च सन् २०१९ शनिबारको दिन आल्डरशट स्थित एक सभाहलमा ,१०९औ अन्तराष्ट्रिय महिला दिवस यो बर्ष सन् २०१९ को campaign Theme “BalanceFor Better “र संयुक्त राष्ट्र संघबाट प्राप्त अन्तराष्ट्रिय नारा ” Think Equal Build Smart , Innovate For Change ” का साथ् नेपालको “लैगिक समानताको लागि समान सोच र ब्यबहार सम्ब्रिद्दिको आधार “भन्ने राष्ट्रिय समसामयिक नाराको साथ्मा अति नै भब्य र सभ्य पुर्वक कार्यक्रम सम्पन्न भएको थियो । संस्थाकी अध्यक्ष मिनादेवी सुनुवारको सभापतित्वमा र नेपाल आदिबासी जनजाति महासंघ बेलायतको अध्यक्ष जंग सुनुवारको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथि नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतकी अध्यक्ष बिमला राइ र नेपाल आदिबासी जनजाति पत्रकार महासंघकी अध्यक्ष प्रमिला लाबुंग राइको उपस्थिति रहेको थियो। यसै गरि अन्य अतिथिहरुमा नेपाल आदिबासी महिला महासंघ युकेकी महा साचिव तथा किरात याख्खा छुम्मा महिला समिति युके अध्यक्ष बशुन्धारा याख्खा राइ , आदिबासी महिला महासंघ युकेकी सल्लाहकार भावना परिष्कृत ,आदिबासी जनजाति महासंघ युकेको सल्लाहकार होम किरात सुनुवार , समाजसेवी जनक, सुनुवार लाल सुनुवार लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु ,महिलाहरुको अधिकार र हकहित चाहने व्यक्ति व्यक्तित्वहरु एबम संचार कर्मीहरुको उपस्थिति रहेको थियो । सभापति र प्रमुख अतिथि दुवारा पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको समुदघाटन गरिनुको साथै ,सम्पूर्ण अतिथि र उपस्थित सबै सहभागीहरुबाट १०९ दिप प्रज्ज्वलन गरिएको थियो । नेपालको राष्ट्रिय गान लगत्तै , संस्थाकी सल्लाहकार तथा प्रेरणादायी अग्रणी महिला स्व पवित्रा देवी सुनुवारको सम्झना र सम्मानमा मौन धारण गरिएको थियो । किसुमस बेलायतकी उपाध्यक्ष कौशिला सुनुवारले अतिथिहरुलाइ स्वागत मन्तब्य व्यक्त गर्नुको साथै हरेक साल मार्च ८ अन्तराष्ट्रिय महिला दिवस मनाउनुको उद्देश्य ,औचित्य र एतिहासिक पृष्ठभूमिको बारेमा प्रकाश पारेकी थिइन । कार्यक्रममा जेष्ठ महिला संस्थाकी उपाध्क्ष सुशिला देवी सुनुवार र क्रमस अन्य जेष्ठ महिलाहरु सम्मानित भएका थिए । सम्मानकै सन्दर्भमा प्रमुख अतिथि जंग सुनुवारलाई आदिबासी महासंघ बेलायतको अध्यक्षको सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई ज्ञापन गर्दै ,की सु मा स अध्यक्ष मिना देवी सुनुवारले दोसल्ला तथा पुष्प गुच्छा अर्पण गरेर सम्मान व्यक्त गरेकी थिइन् । “आजको दिन स्वदेश तथा बिदेशका अग्रणी साहसिक महिलाहरुको सम्मान र सम्झना गरिनुको साथै पुरुषहरुको पनि सम्मान गरिनु पर्छ । जसरि हर पुरुषको सफलतामा नारीको प्रत्यक्ष परोक्ष साथ् र हात हुन्छ यसै गरि नारीको सफलताको पछाडि पनि पुरुषहरुको मुख्य भूमिका रहन्छ । किरात सुनुवार महिलाहरुको निम्ति सदा योगदान रहेको र नेपाल आदिबासी जनजाति महासंघ बेलायत जस्तो गरिमामय सामाजिक संस्थाको नेत्रित्व तहमा जंग सुनुवार पुग्नु भएकोले हामि कि सु म स बेलायतको तर्फबाट उहालाई हर्ष र गौरव हुदै सम्मान गरेका हौ ” अध्यक्ष सुनुवारले सम्मानको औचित्य प्रस्टाउदै भनिन। सोहि क्रममा फोनिज अध्यक्ष प्रमिला राइ र नेआजमम अध्यक्ष बिमला राइलाइ पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । १०९ अन्तराष्ट्रिय महिला दिवस मनाइ रहदा नेपाली नारीहरुको स्थिति ,प्रगति ,चुनौती ,समस्या र समाधानका पक्ष तर्फ चर्चा परिचर्चा गरिनुको साथै समिक्षा समेत गरिएको थियो । ” हरेक बर्ष फरक नारा तय हुनु र नारी दिवस मान्नुले सार्थकता तब पाउछ जब ब्यबहारमा नारा उद्देश्य अनुरुप कार्यन्यान हुन्छ । ” बिशेष अतिथिको आसनबाट बिमलाले जिकिर गरिन । नारी अधिकार र लैगिक समानताको लागि सदियौपुर्व आवाज बुलन्द पार्ने अग्रणी बिदेशी नारी क्लारा जेट्लिन देखि निरंकुश राणा कालिन शासनकालमा मानव अधिकारको बिभिन्न मुद्दामा सवाल उठाउने योग माया ,सहाना प्रधान ,अनुराधा कोइराला आदि स्वदेशी नारीहरुको बलिदानको बारेमा स्मरण गर्दै ,नारी दिवासकी इतिहासिक पक्ष ,बर्तमान स्थिति र भबिश्यको प्रगति हेतु सुधार तर्फ प्रकास पारिन प्रमिलाले । “लैगिक असमानताको समस्याको जड घर परिवारबाट सुरु हुन्छ। छोरा र छोरीमा बिभेदको अन्तर निहित संस्कारको परिणाम नै लैगिक असमानताको प्रमुख कारण रहेको र जसको निवारण घर परिवारबाट छोरा छोरीलाई समताको लागि समान ब्यबहार र संस्कार दिनु पर्छ। सांस्कृतिक सशक्तिकरणले सक्षम नेपाली नारीहरु ,सामाजिक, आर्थिक ,शैक्षिक रुपमा पनि सशक्तिकरण हुना जरुरि छ । पर निर्भर त्यागि आत्मा निर्भर बन्नको निम्ति हर तवरले महिला सशक्त बनेमा नारी मुक्ति र स्वतन्त्रताको निम्ति गरेको संघर्षहरु फलिभूत हुनेछन । ” प्रमुख अतिथि सुनुवारले आफ्नो मन्तव्यको क्रमलाइ जोडदै आदिबासी महिलाहरु राज्यबाट र आफ्नै समाजबाट गैर आदिबासी महिलाहरुको दाँजोमा बढी विभेदमा पर्नुको कारण र समाधानको पक्ष उपर प्रकाश पारे । उपस्थित सम्पूर्ण अतिथिहरु ,सहभागीहरुलाई धन्यबाद दिदै नारी जागरणको निम्ति हमेसा समाजमा आफ्नो तर्फबाट योगदान दिने र भविष्य बढी उपलब्धिमुलक र गुणात्मक स्तरबाट संस्थालाई अगाडि बढाइ सुनुवार महिलाहरुमा सशक्तिकरण र एकता स्थापित गर्ने प्रतिबद्दाता जाहेर गर्दै अध्यक्ष मिना सुनुवारले सभा बिसर्जन गरेकी थिइन् ।सचिब परिष्पा सुनुवार र सह सचिव सुमिरा सुनुवार दुवारा कार्यक्रम संचालन गरिएको थियो ।

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives