Recent Comments

बुबाआमाको चिर स्मरणार्थ छोराछोरीहरुबाट अक्षयकोष

कतिपय छोराछोरीहरु यस्ता छन् आमाबुबाका कारण दुःख पाएँ भन्छन् । त कतिपय छोराछोरीहरु श्रीमति वा श्रीमानको कुरा सुनेर जिन्दगीभरि दुःख दिन्छन् र मरेपछि गोहीको आँशु झर्छन् । कतिपय छोराछोरीहरु आमाबुबाहरुलाई नै मरेतुल्य बनाएर उनीहरुको विरुद्ध वा उनीहरुको चाहना विरुद्ध क्रियाकलाप गरेर मरेपछि मेरो प्रगति बुबाआमालाई देखाउन सकिन भनेर पछुताउँछन् । तर यस्ता पनि छोराछोरीहरु छन् जसले बुबाआमाको अधुरो इच्छालाई पुरा गर्न आमाबुबाको चिरस्मरण गर्दै युग्युगान्तर विभिन्न सक्रिया क्रियाकलाप गर्न मरिहत्ते गरिरहन्छन् ।
जेवु, त्यस्तै आमाबुबाको नाम चिरस्मरण गरिरहने क्रियाकलापमा लागिरहनुहुने छोरीछोराहरु हुन् सावित्री, तारादेवी, अर्जुन र केदारराज गार्शि याअता सुनुवार ।
आज २०७५ साल असोज ७ गते आइतावार । दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नं ७ साबिक हाबाँ गाबिस वडा नं २ रमाइलो टोल निवासी केसर सुनुवारको नाति, श्री कृष्णबहादुर सुनुवारका साइला छोरा(बुहारी श्री टेकबहादुर सुनुवार र श्री बिष्णुमाया सुनुवारको चिर स्मरणार्थमा रु १०१,००१ (एक लाख एक हजार एक रुपैयाँ) को टेकबहादुर–बिष्णुमाया सुनुवार स्मृती कोष स्थापना गरिएको छ। आदिबासी जनजाति कोइँच सुनुवारको कला तथा साहित्यमा योगदान पुराउने श्रष्टाहरु (महिला १ र पुरुष १) २ जनालाई वार्षिक रुपमा प्रोत्साहन स्वरुप नगद पुरस्कार द्वारा सम्मान गर्ने उद्देश्य रहेको छ । “आदिवासी जनजाति कोइँच सुनुवारको कला र साहित्य सारै सुन्दर छन, यो राष्ट्रकै गौरब हो तर अझै यसले जनमानसमा पहिचान नपाएकोले यो स्मृति कोष स्थापना गरेका हौं । र, हाम्रो आमाबुबाको स्मृतिका लागि हामी दिदीभाईहरु वीच सुनुवार सेवा समाज अन्तर्गत स्मृति कोष स्थापना गर्ने सल्लाह भयो । हाम्रो प्रस्ताव सुनुवार सेवा समाजले सहर्ष स्वीकार गरिदिनु भएकोमा हामी संस्था प्रति आभारी छौं ।” स्मृति कोष संस्थापक तारादेवी सुनुवारले स्मृति कोषको लागि रकम हस्तान्तरण गर्दै कोषको उद्देश्य प्रष्ट पार्नुभयो ।
“यो वास्तवमा थोरै रकम हो । तर प्रत्येक वर्ष थप्दै जाने हाम्रो लक्ष्य छ । कुनै पनि रमाइलो पार्टी भोज वा कुनै पनि दान दातव्य गरेर मोक्ष कमाउने भन्दा पनि समाजको लागि सानो रकमकै भए पनि कोष जम्मा गर्ने हुट्हुटी चल्यो । हाम्रो परिवारको कुरा मिल्यो । के कसरी जाने हो ? समाजले हामीलाई भन्नुहोला हामी हरसमय तयार छौं । सकेसम्म बुबाआमाको पुण्य तिथिमा स्मरण गर्दै केही शुभ कार्य होस्”, सावित्री सुनुवारले थप प्रष्ट पार्नुभयो ।
धन्यावाद ज्ञापनको क्रममा सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले भन्नुभयो, ‘हामी प्रति विश्वास गरेर टेकबहादुर र विष्णुमाया सुनुवारको पुण्या तिथिमा स्मरण गर्ने गराउने जिम्मा सुम्पनुहुने “टेकबहादुर–विष्णुमाया सुनुवार स्मृति कोष” का संस्थापक सावित्री, तारादेवी, अर्जुन, केदार सुनुवारप्रति ऋणी छौं । तपाईँहरुले राखेको कोषबाट कम से कम प्रत्येक वर्ष १, २ जना कोइँच श्रष्टाहरुको जन्म हुने छ । उहाँहरु प्रोत्साहित हुने छन् । तपाईँ टेकबहादुर–विष्णुमायाका परिवारहरुलाई हार्दिक आभार प्रकट गर्दछौं । हामीलाई विश्वास छ धेरै अन्य सहृदयी पवित्र आत्महरुबाट पनि यस्तै शुभकार्य हुँदै जाने छ ।’
यो स्मृती कोष सुनुवार सेवा समाजको बिधान २०७४ दफा ५१ को अधिकार प्रयोग गरि टिेकबहादुर–बिष्णुमाया सुनुवार स्मृती कोष नियमावली जारी गरिँदै स्थापना भएको हो ।
“पैसा (सम्पती) भन्ने चिज खर्च भएर जाने नै हो तर कहाँ र कसरी खर्च गर्छौ त्यसले महत्त्वपूर्ण भुमिका राख्दछ।” युवा तथा अतिरिक्त क्रियाकलाप प्रमुख जीवनकुमार सुनुवारको भनाइरहेको छ ।
२०००/०८/२७ मा जन्मेर२०५४/०४/११०स्वर्गवास हुनुभएकी बिष्णुमाया सुनुवारको साथै १९८३/०३/१३ जन्मेर यही २०७५/०४/३१ गते असामयिक निदान हुनुभएका टेकबहादुर सुनुवारको ४५ औं पुण्यतिथिको अवसरमा संस्थापक तारादेवी सुनुवार र कोषाध्यक्ष शोभा सुनुवारको संयुक्त हस्ताक्षरमा सञ्चालन हुनेगरी आजै सुनुवार समाज वचत तथा ऋण सहकारी संस्था लि.मा स्मृति कोषको मुद्दती खाता समेत खोलिएको छ ।

काम गर्नेहरु हल्ला गर्दैनन्, हो रहेछ ।
“इलामबाट आउनुभयो ?” म्यासेज आयो तारा दिदीबाट ।
“म त काठमाडौंमै छुँ त” उत्तर लेखेँ ।
अनि कुराकानीकै क्रममा कला साहित्यमा योगदान गर्ने श्रष्टाहरुको कदर गर्न बुबाआमाको नाममा एउटा कोष स्थापना गर्ने प्रस्ताव राख्नुभयो ।
मैले भने “खुशीको कुरा हो ।”
तारा दिदी पर्वतमा कार्यरत राष्ट्रसेवक । सिन्धुपाल्चोकको लागि पर्वतबाट विदाई भएको फोटो फेसबुकमा देखेँ । ए काठमाडौं आउनु भएछ भन्ने थाहा भयो ।
हिजो विहान त उहाँको फोन नै आयो, “भाई फुर्सद मार बाम ? ग्लुम्चा कोँ देँशो नाङ ।”
अनि हामी सुसेस कोटेश्वरमा भेट्यौ ।
भन्नुभयो, “मुल गेना बाअÞचा ? मेको नियमावली बनेशो नाङ । करेक्सन पा कोष स्थापना पचा माल्शो ?”
तात्तातोमै आज १०१,००१ राशीको टेकबहादुर–विष्णुमाया सुनुवार स्मृति कोष स्थापना भइ त गयो ।

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives