Recent Comments

प्रम ओली प्रति खेद प्रस्ताव पारित : भव्यरुपमा आदिवासी दिवस मनाइयो

विश्व आदिवासी दिवस मनाइरहेका आदिवासी जनजातिहरुले प्रधानमन्त्री केपी ओली प्रति खेद प्रस्ताव पारित गरेका छन् । आदिवासी जनजातिहरुलाई बलीको बोका बनाएर सरकारमा पुगेको कम्युनिष्ट सरकारले आदिवासी जनजातिलाई वेवास्ता गरेको पुष्टि भएको छ । प्रत्येक वर्ष प्रधानमन्त्री उपस्थित भएर विश्व आदिवासी दिवसलाई सम्बोधन गर्ने चलनलाई यस वर्ष (२०७५) मा कम्युनिष्ट प्रधानमन्त्री केपी ओलीले तोडेका छन् । नेपाल आदिवासी जनजाति महासंघले प्रमुख अतिथिको लागि निम्तो गरेको र निम्तो स्वीकार गरेर पनि अन्तै कार्यक्रममा व्यस्त भएकोले केही समय लाग्ने जानकारी गराए पनि प्रम ओली कार्यक्रमको टुङ्ग्याउनीसम्म पनि उपस्थित भएनन् । आदिवासी जनजातिको जातीय मोर्चा बनाएर चुनाव जितेका कम्युनिष्टहरुले आदिवासी जनजातिहरुलाई अधिकार दिनुको सट्टा दिनदिनै साँगुरो कानुनी दायरामा कोच्दै राष्ट्रियता र आर्थिक समृद्धिको नाममा अप्ठ्यारोमा पारिरहेको बेला यता महासंघमा आवद्ध आठ बहुसंख्याक आदिवासी जनजातिहरुले भने अल्पसंख्यक आदिवासी जनजातिहरुको इतिहाससमेत निमिट्यान्न गर्ने दुष्प्रयास भएको छ ।
पूर्व सभासद आङ दावा सेर्पाले महासंघको घोषणापत्रप्रति असन्तुष्टि व्यक्त गर्दै भन्नुभयो, ‘वहुसंख्याक जातिहरुले ल्याएको यो घोषणापत्र ७ प्रदेशमा सन्तुष्टि व्यक्त गर्दै सरकारले ल्याएको नीतिनियमलाई समर्थन गर्न जारी गरेको देखियो ।’
त्यसैगरी सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले महासंघले कोइँचहरुलाई छायाँमा पर्न खोजेको जिकीर गर्दै भन्नुभयो, ‘१० प्लस १ भनेको के हो ? त्यो भनेको राज्य पुनसंरचना आयोगले सिफारीस गरेको प्रदेश हो । खोइ कहाँ आयो वल्लो किरात ? पुरानो इतिहाँस समेत मेट्न खोज्ने बहुसंख्याक भनौदाहरुलाई हामीले हाम्रो झाँकी देखाएर प्रदेश मागी दिनु ? यस्तो कुरा हामी कोइँचहरुबाट हुँदैन । यसैले कोइँचले आजको कार्यक्रममा स्टेज पर्फामेन्स गर्दैन भनेर निस्किएँ ।’
महासंघको राजनीतिक सम्मेलनमा २०६९ जेठ ९ को नौ बुँदे सम्झौतामा वल्लो किरातको आदिवासी जनजातिको पनि भूमिका रहेको उल्लेख नभए पछि सुनुवार सेवा समाजका पदाधिकारीहरुले सम्मेलनको घोषणापत्र जारी हुन दिएका थिएनन् । तर आजको घोषणापत्रमा भने वल्लो किरात उल्लेख गरेर उपाध्यक्ष नविन रोक्का मगरले घोषणापत्र सार्वजानिक गरेका थिए । तै पनि सुनुवरा सेवा समाजले उक्त घोषणापत्रलाई अपनत्व ग्रहण गर्न नसकेको अवस्था रहेको अध्यक्ष सुनुवारले बताउनुभयो ।

आदिवासी दिवसमा कोइँचको रौनकता
भृकुटी मण्डपबाट सुरु भएको झाँकीमा काठमाडौंमा रहेका कोइँचहरु स्वस्फूर्त ढोल झ्याम्टा बजाउँदै टुँडीखेल परिक्रम गरेका थिए । झाँकीमा सुनुवार सेवा समाज काठमाडौं जिल्ला, भक्तपुर जिल्ला, गोकर्णेश्वर नगर समिति, सुनुवार विद्यार्थी समाज, सुनुवरा महिला समाजको सहभागिता रहेको थियो ।
झाँकीमा सुनुवार सेवा समाजका देहाय बमोजिम सदस्यहरुको सहभागिता थियो :

सुनुवार सेवा समाज गोकर्णेश्वर नगरसमिति
१. मनु सुनुवार उपाध्यक्ष
२. कमलकुमार सुनुवार, सचिव
३. अशोककुमार सुनुवार, कोषाध्यक्ष
४.मानबहादुर सुनुवार
५. शान्त सुनुवार
६. पार्वती सुनुवार
७. सजना सुनुवार
८. गंगा सुनुवार
९. अलिशा सुनुवार
१०. टोपेन्द्र सुनुवार
११. संम्यम सुनुवार
१२. सेतीदेवी सुनुवार
१३. अर्जुन सुनुवार
१४. ज्ञानबहादुर सुनुवार
१५. युवाराज सुनुवार
१६. सुवास सुनुवार
१७. कमलबहादुर सुनुवार
१८. सृजना सुनुवार

ब्लामिच समाज
१. शिव सुनुवार अध्यक्ष
२. विष्णु सुनुवार उपाध्यक्ष
३. पूर्णबहादुर सुनुवार
४. रायल सुनुवार

सुनुवार सेवा समाज भक्तपुर
१. लेखबहादुर सुनुवार सचिव
२. लालबहादुर सुनुवार
३. दिल बहादुर सुनुवार
४. मनिसा सुनुवार
५. अलिसा सुनुवार

सुनुवार सेवा समाज काठमाडौं
१. गोपाल बहादुर सुनुवार अध्यक्ष
२. इँगिहोपो सुनुवार सहसचिव
३. बबिला सुनुवार, सदस्य
४. माधव सुनुवार, सदस्य
५. सान्ती सुनुवार
६. लक्ष्मी सुनुवार

सुनुवार विद्यार्थी समाज
१. मानवीर सुनुवार, अध्यक्ष
२. सागर सुनुवार, वरिष्ठा उपाध्यक्ष
३. विवेक सुनुवार, सचिव

सुनुवार महिला समाज
१. लक्ष्मी सुनुवार अध्यक्ष
२. शारदा सुनुवार कोषाध्यक्ष
३. तारा सुनुवार सहसचिव

सुनुवार सेवा समाज संघीय समिति
१. रणवीर सुनुवार अध्यक्ष
२. अमृतबहादुर सुनुवार उपाध्यक्ष
३. किरण मुखिया उपाध्यक्ष
४. समिर मुखिया सुनुवार महासचिव
५. कोइँचबु काःतिच सचिव
६. शोभा सुनुवार कोषाध्यक्ष
७. जीवनकुमार सुनुवार अतिरिक्त साँस्कृतिक तथा थरिकुति विभागीय प्रमुख
८. पार्वती सुनुवार (पारु)
९.कमला सुनुवार
१०. वुद्ध सुनुवार
११. राजेन्द्र सुनुवार
१२. कुमार सुनुवार
१३. दिसान्त सुनुवार
१४. सुमित्रा सुनुवार
१५. रत्ना सुनुवार
१६. कोरिना सुनुवार
१७. नारायण सुनुवार
१८. प्रेमकुमार सुनुवार
१९. मिलन सुनुवार

२०. ओकेश सुनुवार
२१. सिपी सुनुवार
सुकच समाज
१ वृहस्मान सुनुवार

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives