Recent Comments

महासंघको राजनीतिक सम्मेलनको घोषणपत्र जारी हुन सकेन

–काःतिच
ठूला भनौदा आदिवासी जनजातिहरुले भए रहेको इतिहास मेटेपछि नेपाल आदिवासी जनजाति महासंघको दुई दिने राजनीतिक सम्मेलनको आजको घोषणापत्र जारी हुनसकेन ।
२०६९ साल जेठ ९ गते सरकारसँग भएको ९ बुँदे सम्झौतामा वल्लो किरातको समेत भूमिका रहेको इतिहास सर्वविवितै रहँदा रहँदा पनि महासंघले तयार गरेको खेस्रामा वल्लो किरातका आदिवासीहरुको योगदानलाई उल्लेख नगरेपछि आदिवासी जनजाति कोइँचहरुले आपत्ति जनाएपछि घोषणापत्र सार्वजानिक गर्ने कार्यक्रम स्थागित भएको छ ।
साँझाको खाजा खाना खाने ३० मिनेटको समयमा सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार, उपाध्यक्ष अमृतबहादुर सुनुवार र सुसेस काठमाडौं अध्यक्ष गोपाल सुनुवार, सुसेस गोकर्णेश्वर उपाध्यक्ष मनु सुनुवार, रायल सुनुवारले घोषणापत्र खेस्रा तयार गर्नेहरुले वल्लो किरातका आदिवासी जनजातिहरुले आदिवासी जनजाति आन्दोलनमा गरेको योगदानको इतिहासलाई मेट्न खोजेको भन्दै उपाध्यक्ष गोविन्द छन्त्यालसँग असहमति जनाउँदै कोइँचहरुको इतिहास सम्बोधन नगरे फरक मत लेखेर घोषणपत्रमा हस्ताक्षर गर्ने अडान राखेका थिए ।
प्रतिनिधि साभाका सभामुख माननीय कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा तमु ह्युला छोँ धि, नयाँ वसपार्क, काठमाडौंमा हिजो उद्घाटन भइ शुरु भएको दुईदिने राजनीतिक सम्मेलनमा प्राध्यापक डा. महेन्द्र लावती, डा. डम्बर चेम्जोङ र डा. मुक्तसिंह लामाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
विभिन्न राजनीतिक पार्टीहरुमा आवद्ध राजनीतिक भातृसंगठनसमेतको सहभागिता रहेको सम्मेलनमा ठूला आदिवासी जनजातिहरुका आठ संस्थाहरुको नेतृत्वमा समूहगत छलफल भएको थियो । घोषणापत्रमा सुनुवार स्वायत्त क्षेत्र भने उल्लेख गरिएको छ ।
स्मरणरहोस् २०६९ जेठ ९ गतेको ९ बुँदे सम्झौतामा सुनुवार सेवा समाज तथा वल्लो किरातको तर्फबाट तत्कालिन अध्यक्ष मनप्रसाद सुनुवार र सदस्य अमृतबहादुर सुनुवारले हस्ताक्षर गर्नुभएको थियो ।

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives