Recent Comments

क्यान्सर पीडित स्मृतिलाई सहयोग हस्तान्तरण

आज खुट्टाको क्यान्सरले पीडित स्मृति सुनुवारलाई कोइँच कुम्सो खिँ र सुनुवार सेवा समाज (सुसेस) कुवेतले आज सुनुवार सेवा समाज भवन कोटेश्वरमा रु.२ लाख २८ हजार ५ सय ८५ आर्थिक सहयोग गरेको छ । अनलाइनमा गीत संगीतमा सक्रिया स्वदेश तथा विदेशमा रहेका कोइँच युवायुवतीहरुको मनोरञ्जनात्मक अनलाइनमा आधारित साङ्गीतिक संस्था कोइँच कुम्सो खिँ र सुसेस कुवेतले क्यान्सरबाट पीडित स्मृति सुनुवारको खुट्टा अपरेशनको लागि रु. ८ लाख रकम चाहिने कुरा सार्वजानिक भएपछि कुम्सो खिँमा आवद्ध् देशविदेशमा रहेका सुनुवारहरुबाट स्मृति सुनुवार वचाउ अभियन चालिएको थियो ।
कोइँच कुम्सो खिँबाट संकलित सहयोग रकम सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारको समुपस्थितिमा माननीय यज्ञराज सुनुवारले आफ्नो तर्फबाट रु. ५ हजार समेत थपेर पीडित स्मृतिका बुबा पूर्णबहादुर सुनुवारलाई हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रमको शुरुआतमा रकम संकलनका सम्बन्धमा कोइँच कुम्सो खिँका अध्यक्ष तिलक सुनुवारले एकले थुकी सुकी सबैले थुकी नदी भन्ने उखानलाई चरितार्थलाइ पच्छाउँदै देश विदेशमा परिवारको भरणपोषणको लागि दिनरात खटिरहेका कोइँच सामिबुहरुले आफ्नो पसिनाको केही अंश शुभ कार्यमा खटाउने शुव्यवहार तथा महान पुण्यकार्यका परिणाम स्मृति सुनुवारको स्वास्थ्य लाभको लागि अलिकति भए पनि सहयोग गर्न सकिने जिजीविषाले अभियान चाहिएको प्रकाश पार्नु भएको थियो भने कार्यक्रम कुम्सो खिँका साँस्कृतिक सचिव शोभा सुनुवारले सञ्चालन गर्नुभएको थियो ।
सोही कार्यक्रममा सुनुवार ब्लामिच समाजले पनि स्मृति सुनुवारलाई सहयोग रकम हस्तान्तरण गरेको थियो ।
सहयोगदाताहरु :

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives