Recent Comments

कोइँच सुनुवारको मातृभाषा तथा साहित्यको वर्तमान अवस्था र राज्यको दायित्व

–कोइँचबु काःतिच (उत्तम)

सारांश

सुनुवारहरुले राज्यले सुनुवार भनि सूचिकृत गरे पनि आफैंले आफूलाई चिनाउँदा मातृभाषामा कोइँच भन्छन् । जसलाई कतै मुखिया, कतै शिकारी, कतै सुनुवार, सुनवार, सुन्वार भनेर पनि चिन्ने गरिन्छ । रोल्वालिङ हिमश्रृङ्खलबाट दक्षिण–पूर्व भएर बग्ने लिखु, तामाकोशी, सुनकोशी र शाखा नदीहरु खिम्ती, मोलोङ नदी वरिपरिको भूभाग सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, उदयपुर, ओखलढुङ्गा कोइँचहरुको पुख्र्यौली थाँतथलो हो । अहिले नेपालभरि र देशविदेशमा छरिएका छन् । २०६८ को जनगणना अनुसार कोइँचको जनसंख्या ५५,७२२ र मातृभाषा वक्ताको जनसंख्या ३७,८९८ रहेको छ ।

कोइँच मातृभाषामा व्याकरण सम्बन्धि दुईवटा विद्यावारिधी र स्नाकोत्तरमा तीनवटा शोध भएको छ । विद्यावारिधीको एक शोध भने पुस्तकका रुपमा प्रकाशित भइसकेको छ । खस–कोइँच–अंग्रेजीमा दुई वटा र कोइँच–खसमा दुईवटा शब्दकोश प्रकाशित छन् । व्याकरणसम्बन्धि दुईपुस्तक प्रकाशित छन् । नेपालमा पाँच कक्षासम्म पाठ्यपुस्तक प्रकाशित छ भने सिक्कीममा ३ कक्षासम्म पाठ्यपुस्तक प्रकाशित भएको पाइन्छ । अनौपचारिक शिक्षा तर्फ नेपाल सरकार अनौपचारिक शिक्षा केन्द्र, सिक्किम सरकार, प्रतिनिधिमूलक संस्था र स्वतन्त्र भाषासेवीहरु समेत गरी ७ वटा अनौपचारिक भाषा प्रशिक्षण पुस्तक प्रकाशित छन् ।
कोइँच ब्लेअÞसे र टिकामुलि नामक दुई लिपि सिर्जीत भएको कोइँच मातृभाषामा ६ स्वर वर्ण, २७ व्यञ्जन वर्ण र ४ खण्डेत्तर वर्ण निर्धारण गरिएको कोइँच मातृभाषाको विशेषता भनेको १ अन्तस्फोटक वर्ण र शब्दमा तान तथा बलाघात हुनु नै हो ।
१९९५ देखि सिक्कीम हेराल्डको अनुवाद भइरहेको, २०६४ देखि गोरखापत्रमा २ पेज समाचार प्रकाशन, २०६४ देखि नै विभिन्न एफएम व्याण्ड रेडियोहरुमा रेडियो कार्यक्रम तथा समाचार प्रसारण र २०७५ बाट टिभि कार्यक्रम प्रसारण भएको पाइन्छ । ४ वटा गीति एल्बम र तीन वटा छोटा समयाबधिको फिल्मका साथै म्यूजिक भिडियोहरु रेकर्ड भएको देखिन्छ ।
२०६२ सालमा देन ए सेरेम फु कविता सङ्ग्रह प्रकाशित भएपछि २०७५ सालसम्ममा ११ वटा कविता संग्रह, तीन कथा सङ्ग्रह, ४ निवन्ध सङ्ग्रह, १ उपन्यास, ४ गीति सङ्ग्रह, १ नाटक, १ गजल सङ्ग्रह २ लोककथा सङ्ग्रह, २ अनुवाद पुस्तक प्रकाशित छन् । जसमा ४ वटा कविता सङ्ग्रहबाहेक सबै साहित्यीक पुस्तक १ नं. प्रदेशकै योगदान रहेको देखिन्छ ।

१. परिचय

१.१. आदिवासी जनजाति कोइँच सुनुवार र मातृभाषा
राज्यको विभेदित नीतिका कारण वाध्येत्तमकरुपमा विस्थापित भई स्वदेश तथा विदेशभरि छरिएर रहेको, कतिपयले आफ्नो भाषा, धर्म, कला संस्कृति बिर्सिएका भए पनि किरात पूर्खा तथा प्रकृतिपूजक, मुक्दुम दर्शनमा आधारित आफ्नो छुट्टै विशिष्ट संस्कृति, भाषा, कला, साहित्य, परम्परागत संस्था, न्याय प्रणाली, जीवनपद्धति र लिखित अलिखित इतिहास प्रति गर्व गर्ने, नेपालको प्राचीन इतिहासमा उल्लेखित किरात वंशका दरसन्तान, ऐतिहासिक किरात भूमिको रोल्वालिङ हिमश्रृङ्खलबाट दक्षिण–पूर्व भएर बग्ने लिखु, तामाकोशी, सुनकोशी र शाखा नदीहरु खिम्ती, मोलोङ नदी वरिपरिको भूभाग सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, उदयपुर, ओखलढुङ्गा पुख्र्यौली थाँतथलो भएका आदिवासी जनजाति नै कोइँच हुन्, जसलाई कतै मुखिया, कतै शिकारी, कतै सुनुवार, सुनवार, सुन्वार भनी चिनिन्छ । तर सरकारी पक्षबाट १८५४ मा तत्कालीन सरकारले जारी गरेको २२ व्याज लिनेदिने बन्द गर्न स्थानीय किपट मुखियालाई पठाएको पत्र, १८८२ र १८८७ सालको १२ गाउँका किपटिय मुखियालाई दिएको लालमोहरमा लगायत हाल नेपाल सरकार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन – २०५८ को अनुसूचि १ मा सुचिकृत आदिवासी जनजातीय नाममा समेत सुनुवार उल्लेख गरिएको छ ।ं खस नेपाली भाषाको सुनुवार जातीय नामले आदिवासी जनजाति कोइँचको पहिचान गराउँदैन, सुनुवारको अर्थ खोज्यौं भने सुनकोशी वरिपरि बस्ने जाति भनेर चिनिन्छ, तर सुनकोशी नदीको नाम नै गोर्खा राज्यको विस्तारसँगसँगै नामाकरण भएको हो, खस भाषामा सुनकोशीको नामाकरण हुनुपूर्व कोइँच लगायत बाहिङ, जेरुङ राईहरुले सुनकोशीलाई ङाकु नामले पुकार तथा आराधना गर्ने गर्दछन् । गोर्खा राज्यको विस्तार पूर्वतिर भएपछि मात्र सुनुवार जातीय नामले व्यापकता पाउँदै गएको हो भन्ने जिकिर कोइँच सुनुवारको प्रतिनिधिमूलक संस्था तथा कोइँच विद्वनहरुको जिकीर रहेको छ । (किराँती कोइँच (सुनुवार) जातिको चिनारी पृ.१३–२५)
२०६८ को जनगणना अनुसार ५५,७२२ जनसंख्या भएको आदिवासी जनजाति कोइँच सुनुवारको आफ्नै मातृभाषा छ । ३७,८९८ वक्ता भएको कोइँच सुनुवार मातृभाषाको मूलथालो अर्थात भाषिक क्षेत्र भने विशेषतः खिम्तीखोला (रामेछाप, दोलखा जिल्ला) लिखु खोला (रामेछाप, ओखलढुंगा, सोलुखुम्बु जिल्ला), मोलुङ खोला (ओखलढुङ्गा जिल्ला) आसपासका वल्लो किरात भूमि नै हो । (आदिवासी सौन्दर्यशास्त्र किराँती कोइँच सुनुवार थेअÞनिको एक सैद्धान्तिक अध्ययन पृष्ठ ७) चीनिया–तिब्बती महापरिवार, तिब्बती–बर्मेली परिवार अन्तर्गत किराँती समूहमा पर्ने कोइँच सुनुवार मातृभाषा किराँती भाषाहरुको पनि तीन प्रमुख हाँगाहरुमा पश्चिमी किराँती भाषाहरु जस्तै ः हायु, बायुङ, वाम्बुले, जेरोङ, थुलुङ, खालिङ, तिलुङ, दुमी आदि मध्येको एक सदस्य भाषा हो भने कोइँच र बायुङ भगिनी भाषाहरु हुन् । (किराती कोइँच सुनुवारको चिनारी पृ.१७१)
सन् १८८७ मा विएच हडसनले पहिलो पटक कोइँच भाषाका केही शब्दहरु संकलन भएको पाइन्छ । त्यसपछि ग्रिअरसन (ई.१९०९) ले आफ्नो कृति लिङगुइस्टिक सर्भे अव् इण्डियामा कोइँच मातृभाषामा छोटो व्याकरणसमेत प्रकाशन गरेको देखिन्छ । तत् पस्चात् व्याकरण सम्बन्धि दुईवटा विद्यावारिधी र स्नाकोत्तरमा तीनवटा शोध भएको देखिन्छ । विद्यावारिधीको एक शोध भने पुस्तकका रुपमा प्रकाशित भइसकेको छ । त्यसैगरि खस–कोइँच–अंग्रेजीमा दुई वटा र कोइँच–खसमा दुईवटा शब्दकोश प्रकाशित छन् । व्याकरणसम्बन्धि दुईपुस्तक प्रकाशित छन् । भाषा शिक्षा अन्तर्गत पाठ्यक्रम विकास केन्द्रबाट पाँच कक्षासम्म पाठ्यपुस्तक प्रकाशित छ भने अनौपचारिक शिक्षा तर्फ नेपाल सरकार अनौपचारिक शिक्षा केन्द्र, सिक्किम सरकार, प्रतिनिधिमूलक संस्था र स्वतन्त्र भाषासेवीहरु समेत गरी ७ वटा अनौपचारिक भाषा प्रशिक्षण पुस्तक प्रकाशित छन् । कोइँच मातृभाषाका लागि कोइँच ब्लेअÞसे र टिकामुलि नामक दुई लिपि सिर्जीत भएको पाइन्छ । १ अन्तस्फोटक वर्ण, तान तथा बलाघात सहित ६ स्वर वर्ण, २७ व्यञ्जन वर्ण र ४ खण्डेत्तर वर्ण निर्धारण गरिएको कोइँच मातृभाषामा दुई वर्णमाला प्रकाशित भए पनि मानकीकरण भने अझै भइसकेको देखिँदैन । तर साहित्य लेखनमा एक रुपता ल्याउने काम भने भइरहेको देखिन्छ । (बाअÞशो दाइशो थामा लोः पृ.४)
त्यसैगरी सिक्कीमबाट १९९५ देखि सिक्कीम हेराल्डको अनुवाद भइरहेको, २०६४ देखि गोरखापत्रमा २ पेज समाचार प्रकाशन, २०६४ देखि नै विभिन्न एफएम व्याण्ड रेडियोहरुमा रेडियो कार्यक्रम तथा समाचार प्रसारण र २०७५ बाट टिभि कार्यक्रम प्रसारण भएको पाइन्छ । ४ वटा गीति एल्बम र तीन वटा छोटा समयाबधिको फिल्मका साथै म्यूजिक भिडियोहरु रेकर्ड भएको देखिन्छ ।
 
१.२. कोइँच सुनुवार मातृभाषा तथा साहित्य इतिहास
कोइँच साहित्य वा आदिवासी जनजाति साहित्य हुनाको लागि कोइँच लगायत आदिावसी जनजातिको चिनारीको वस्तुगत तथा विषयगत विशेषतालाई केन्द्रमा राखेर स्वःपहिचानको वाकलता गर्ने उनीहरुको मूल्य–मान्यतानुसारको विकास गर्ने र आफ्नो आदिवासी जनजातीय समाजलाई सबै खाले उत्पीडन, शोषणबाट मुक्त राख्न सहयोग गर्ने समय सन्दर्भानुसारका नयाँ नयाँ अभियान वा आन्दोलन वा क्रान्तिको उद्घोष हुनुपर्दछ (कोइँच बु वर्ष २१ अंक १, पृ.७६÷२०६९) भन्ने पछिल्लो समयमा बहस भइरहेको छ । कोइँच स्वःपहिचानको वाकलता गर्ने साहित्यलाई कोइँच साहित्य भन्ने कि कोइँच मातृभाषामा लेखिएको जस्तोसुकै साहित्यलाई कोइँच साहित्य भन्ने वहसको वीच कोइँच मातृभाषामा लेखिएको जस्तोसुकै विचार र प्रवृतिको साहित्यलाई कोइँच सुनुवार साहित्य भनिनु पर्छ भन्ने मान्यताले यहाँ कोइँच सुनुवार साहित्य इतिहासको चर्च गरिन्छ ।
साहित्यलाई भूगोल, संस्कृति र सामाजिक रहनसहनले पनि प्रभाव पार्छ । परम्पराले फरक पार्छ । यसार्थ कोइँच साहित्यलाई पनि नेपालको भूगोल, संस्कृति, सामाजिक रहनसहन र राजनीतिले प्रभाव पारेको देखिन्छ । १०४ वर्षीय जहाँनिय राणा शासनकालमा कोइँच सुनुवार साहित्यको लेखन तथा प्रकाशन भएको पाइँदैन । कोइँच मुक्दुमको सालाकलाई रामबहादुर लुँखिचले २०१३ सालमा अथ सुनुवार वंशवलीमा नामक पुस्तकमा अलिकति स्थान दिएकोे पाइन्छ । त्यस्तै गरी २०३४ मा क्या. तिलकबहादुर सुनुवारले आफ्नो आन्तरिक कल्पना नामक पुस्तकमा तीन वटा सेलो भाकाको कोइँच गीतलाई समेटेको देखिन्छ । तत् पस्चात फट्टाफुट्टा फुटकर कविता विभिन्न पुस्तक, पत्रपत्रिकामा समेटिँदै आए पनि कोइँच सुनुवार मातृभाषाको पुस्तकका रुपमै भने २०६२ सालमा देन ए सेरेम फु कविता सङ्ग्रह प्रकाशित भएको पाइन्छ । देन ए सेरेम फु कोइँच मातृभाषाको कविता सङ्ग्रह प्रकाशित भएपछि भने कोइँच भाषामा साहित्य लेखनको गतिले तीब्रता पाएको देखिन्छ । अहिले कोइँच भाषामा कथा, कविता, संस्मरण, हाँस्यव्याङ्ग्य, उपन्यास, निवन्ध, लोककथाका पुस्तकहरु प्रकाशित भएका छन् ।
धेरै जसो नेपालको मातृभाषाको लेखनकार्य जनआन्दोलन ०४६ पश्चात् नै अभियान चलेकाले हुँदा कोइँच सुनुवार भाषाको साहित्य लेखनको पनि लामो इतिहास भने छैन । कोइँच मातृभाषाको केही व्याकरणीय पक्षको अध्ययन गर्दा बाइबलको दुई कथा कोइँच मातृभाषामा अनुवाद गरिएको ग्रिअरसन (ई.१९०९) ले आफ्नो कृति लिङगुइस्टिक सर्भे अव् इण्डियामा उल्लेख गरे पनि त्यो अनुवाद कथा अहिलेसम्म फेला पार्न सकिएको छैन । तत् पस्चात २०१३ सालमा मात्र रामबहादुर लुँखिच सुनुवारले अथ सुनुवारको वंशवली नामक पुस्तकमा कोइँच मुक्दुमको सलाकलाई दुई पृष्ठ स्थान दिएको पाइन्छ । त्यसपछि २०३४ सालमा क्या. तिलकबहादुर सुनुवारले आन्तरिक कल्पना नामक पद्य सङ्ग्रहमा तीन वटा गीत समावेश गरेका देखिन्छ भने २०५६ सालमा डि.बि. किराँतीको रीति नाटकलाई लोकप्रिय सुनुवारले मुल्केम शिर्षकमा अनुवाद गरेको पाइन्छ । त्यसैगरी ५० कै दशकमा बाइबलको नयाँ करार अनुवाद प्रकाशन आयो । र, २०६२ सालमा मात्र देन ए सेरेम फु नामक कोइँच मातृभाषाको कविता सङ्ग्राह प्रकाशन भएको पाइन्छ । देन ए सेरेम फु कविता सङ्ग्रह प्रकाशनमा आएपछि भने कोइँच साहित्यले नयाँ मोड लिएको पाइन्छ र द्रुततर लेखन गति अगाडि बढीरहेको पाइन्छ । यसर्थ कोइँच मातृभाषा साहित्य लेखनको इतिहासलाई समय, राजनीतिक परिवर्तन र प्रवृत्तिको आधारमा परम्परागत मौखिक श्रृति परम्पारगत साहित्यलाई कोइँच लोक साहित्य, २०६२÷६३ को जनआन्दोलनसम्मको लिखित साहित्यलाई प्रारम्भिककाल र २०६२÷६३ को जनआन्दोलन पस्चातको साहित्यिक लेखनलाई कोइँच साहित्यको उत्थानकाल मान्न सकिन्छ ।

२.कोइँच लोकसाहित्य

यथार्थमा भन्नु पर्दा कुनै पनि जातिको सिर्जनात्मक साहित्यको इतिहास लामो समयावधिको नहुन सक्छ । आदिवासी जनजाति कोइँच भाषाको सिर्जनात्मक साहित्यको इतिहास तीन दशकको भन्दा कमैको छ । ता पनि मौखिक साहित्यको परम्परा भने लामो रहेको छ । आदिवासी जनजाति कोइँच सुनुवारहरुले विश्वका धेरै आदिवासी जनजातिहरुले जस्तै आफ्ना अलिखित इतिहास, वंश परम्परा, संस्कार–संस्कृति र आस्थालाई निरन्तरता विभिन्न कला र श्रुति तथा गुरुमुख परम्परा मार्फत आफ्नै मातृभाषामा जीवित राख्दै आएको पाइन्छ । विभिन्न वाधा अड्चन र विषम् परिस्थितिमा पनि आफ्ना पुख्र्यौली इतिहास, वीरता, संस्कार–संस्कृति, नियम कानुनहरु कथा सुनाएर, गीत गाएर, नाचेर, विभिन्न अभिनय गरेर पुस्तान्तरण गरिरहेको पाइन्छ ।
 
२.१. थेअÞनि
कोइँच लोक कवितामा थेअÞनि अति प्रचलित प्राचिन विधा हो । यो विधा जनजीवनमा जोसुकैले भन्ने गर्दछन् । लिखित रुपमा यसको सङ्कलन कोइँचबु काःतिचले पहिलो पटक गोरखापत्रमा प्रकाशन गर्न शुरु गरेपछि यस सम्बन्धि अतीत मुखियाले अध्ययन गर्नु भएको छ । आजकाल यस विधामा युवा कविहरुले खस भाषामा समेत लेख्न थालेको पाइन्छ । विम्ब एवं प्रतीकका रुपमा जनजिब्रोबाट स्वस्फूर्त लोककविता थेअÞनि कोइँच साहित्यको जग पनि हो । आफूलाई मनमा लागेको कुरा सजिलो र रसिक पारामा व्यक्त गर्ने सजिलो माध्यमको रुपमा थेअÞनिलाई लिने गरिन्छ । कुनै एक विषयवस्तुलाई टेकेर वा आधार मानेर अर्को विषयको औचित्य पुस्ट्याइँ गर्न थेअÞनि विधाको प्रयोग लोक जीवनमा गर्ने चलन छ । विम्बा र प्रतीकको रुपमा मिथकको प्रयोग गरिन्छ ।
छेपारो र भालेमुंग्रो
गुडुल्केको सर्प र पिरा
हेर्दा उस्तै उस्तै
पुलुक्क अनायस दृष्टि टाँसिदा
झुक्किन्छन् आँखा ।
मस्तिष्कमा केलाउनु पर्छ
लाटो भएर नबस्नु
दरोखरो कुरा गर्नु ।।
(बाअÞशो दाइशो थामा लोः पृ. ५२)
 
२.२. सलाक
भन्ने अर्थात् कसैलाई लयवद्ध तरिकाले बताउने गीत नै सलाक भजन गीत हो । यो ढोलझ्याम्टको तालमा नाच्दै गाउने गरिन्छ । यो कोइँच भूमिमा मात्र गाइने गीत हो । यसलाई सासी मुक्दुमको मन्त्र पनि भन्ने गरिन्छ । यो गीतको शुरुआत गरेपछि अन्त्य नभएसम्म विसाउनु हुँदैन भन्ने जनविश्वास छ । यो पोइँबो ग्याँमि र सासि मुक्दुम जान्ने जो कोहीले गाउन सक्दछन् ।
सिमाङगढबाट उठेर आउँदा
सर्वशक्ति इँगि प्रदत्त ढोल
पुर्खाले बनाएको ढोल
सर्वशक्ति इँगि प्रदत्त गजा
पुर्खाले बनाएको गजा
सर्वशक्ति इँगि प्रदत्त धनुष
पुर्खाले दिएका धनुष
फुमा दुमा जस्ता ठोक्रो
रिवा सेम्सेर जस्ता ठोक्रो
बाँसको सोली काँसको सोली
साथ लिएर आएको …
(आदिवासी सौन्दर्यशास्त्रः किराँती कोइँच सुनुवार थेअÞनिको एक सैद्धान्तिक अध्ययन पृ.३२)
 
२.३. खालो
खालो शब्दको अर्थ कसैको वारेमा सोधपुध गरी बोलाउनु वा आमन्त्रण गर्नु हो । खालो कोइँच संस्कार संस्कृतिमा देवीदेवतालाई आव्हान गर्ने एक किसिमको प्रार्थना गीत वा भजन हो । परम्परागत खालोको अभिलेखीकरण गरिएको छैन । कोइँच कुलपुरोहित पोइँबो ग्याँमिले विशेष गरी घण्टीको आवाजमा देवीदेवताहरुको आव्हान गर्दै खालो गाउने गर्दछन् ।
पवित्रा परमेश्वर,
वनस्पति जगतका सर्वसुगन्धित वनस्पति
धुपि
तितेपाती
अमरपति
बिमरपति
चुचुरपति
लाफरपति
जस्ता धुपहरुको वासना अर्पित गर्दछौं …
(आदिवासी सौन्दर्यशास्त्रः किराँती कोइँच सुनुवार थेअÞनिको एक सैद्धान्तिक अध्ययन पृ.३६)
 
कोइँच लोक साहित्य आधुनिक कोइँच साहित्यको जग हो । कोइँच लोक साहित्यको जगेर्न अझै पनि हुन सकिरहेको छैन । केही आख्यान, गीत तथा कविता सङ्कलनको क्रममा रहे पनि सासि मुक्दुमि आख्यान र लोक नाटकहरुको अभिलेखीकरण अझै हुन सकिरहेको छैन । कोइँच लोक कविता, आख्यान, नाटकहरु नै कोइँच आधुनिक साहित्यको उर्जा बनिरहेको छ तर अलिखित श्रृतिपरम्परामा आधारित छन् । यही लोकसाहित्य आधुनिक साहित्यको विम्ब र प्रतीकका रुपमा आइरहेको पाइन्छ । थेअÞनि, सालाक, खालो, सासि मुक्दुम, शोलोवा खिका, सापुरोलो, खामे उम्चा, ग्याँबे, बुल्नु थाचा अझै पनि कोइँच संस्कृतिको अभिन्न अंगको रुपमा बाँचिरहेको छ ।

३. कोइँच साहित्यको वर्तमान अवस्था

राणा शासनको अवशानपछि विस्तारै कोइँचहरुले पढ्नलेख्न अग्रसर भएको देखिन्छ । त्यसपछि मात्र सुनुवार आफैंले केही लेख्नपढ्न पाएको देखिन्छ । २००४ सालमा सरदार विक्रम बहादुर सुनुवारले सुनुवार जातिको वंशवाली नामक सानो पुस्तिका लेखेर छापेपछि २०१० सालमा टिकाराम सुनुवारले सबाइमा ढालेर पुनः छापेका पाइन्छ भने २०१३ सालमा रामबहादुर सुनुवारले त्यसलाई नै विस्तार गरेर कोइँच भाषाको सालाक र निम्लो मन्साउने विधिसमेत समावेश गरेर प्रकाशित गरेको पाइन्छ । आफुले भोगेको देखेको कुरालाई २०३४ सालमा क्या. तिलकबहादुर सुनुवारले आन्तरिक कल्पना नामक भजन तथा गीति सङ्ग्रहमा तीन वटा कोइँच भाषाको गीत समवेश गरी छापिएको पाइन्छ । २०३७ सालमा टि पर्गाचले पारुहाङ मासिकमा कोइँच भाषाको छोटो सवाई कविता छापेको भनिए तापनि त्यो प्रति अहिलेसम्म पाइएको छैन । त्यसपछि भने कोइँच साहित्यको नै उठान हुन भने २०४६ सालको जनआन्दोलनलाई नै पर्खिनु प¥यो । नेपाली इतिहासमा घटेको एक एक राजनीतिक घटनाले खस नेपाली भाषा इतरका मातृभाषालाई गम्भीर असर पारेको देखिन्छ । प्रत्येक राजनीतिक घटनाले नेपाली मातृभाषी साहित्यलाई उलटपुलट पारेको पाउँछौं । यसर्थ २०४६ सालको जनआन्दोलनपछि मात्र आधुनिक कोइँच साहित्यको प्रारम्भविन्दु मान्न सकिन्छ ।
पञ्चायत शासनको अति दमनका मेसोमा पहिचानप्रेमी कोइँच सुनुवारहरु मिलेर आम कोइँचको प्रतिनिधिमूलक संस्था सुनुवार सेवा समाज (सुसेस) २०४४ सालमा गोप्यरुपमा स्थापना गरे पनि २०४७ सालमा जिल्ला प्रशासन कार्यालयमा सामाजिक संस्थाका रुपमा विधिवत दर्ता भएपछि कोइँचबु नामक मुखपत्र प्रकाशन शुरु भयो । र, यही मुखपत्र नै कोइँच साहित्य मौलाउने मञ्चको रुप विकास हुँदै गयो । सँगसँगै नेपाल प्रज्ञा प्रतिष्ठान (शुरुमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान), नेपाल आदिवासी जनजाति महासंघ (शुरुमा नेपाल जनजाति महासंघ), आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (शुरुमा राष्ट्रिय जनजाति विकास समिति) र विभिन्न जातीय, साहित्यीक र सञ्चार संस्थाहरुले मातृभाषाको कवि गोष्ठी गर्ने र छाप्ने अभियान थाले पछि कोइँच साहित्यले विस्तारै जरा गाड्न थालेको पाइन्छ ।
सुसेसको मुखपत्र कोइँचबु, पहिलो अंक २०४७ मा जेँतिच कर्ण बहादुर सुनुवारको छोटो गीत “नाम्ता”, प्रेम सुनुवार हाँवालीको निबन्ध “कोइँच मिअÞचि प्लाअÞशोनु” अनि महेश कोर्मोचाको “आम रागिङा लोः” र देवीबहादुर सुनुवारको “आँके इम्चिलि लोः काः” शिर्षकको कविता छापिएपछि कोइँचबु लगायत सुनुवार विद्यार्थी समाजको मुखपत्र चेतना, सुनुवार महिला समाजको मुखपत्र सिर्मीले कोइँच साहित्यको विकासको लागि स्थान उपलब्ध गराएको पाइन्छ । त्यसपछि मात्र कोइँच साहित्यले टाउको उठाउन थालेको प्रष्ट हुन्छ । अन्ततः २०६२÷६३ सालको दोश्रो जनआन्दोलनको पूर्वसन्ध्यासम्म आइपुग्दा कोइँच साहित्यले फुटकर गीत, कविता, निबन्ध लेखनबाट माथि उठेर पहिलो पटक चुप्लु समाजले कोइँच बु काःतिच (उत्तम) कोे कविता सङ्ग्रह “देन ए सेरेम फु” प्रकाशन भएपछि भने कोइँच मातृभाषा साहित्य भण्डारमा निरन्तर पुस्तकहरु थापिँदै गएको देखिन्छ । त्यसपछि प्रकाशित कविता सङ्ग्रहहरु सङ्खु बुजिच (तास्लाहाम्सो) चाइँद (२०६६), थारिथिम्लो क्याःब र क्याःब नाइलुको आँस इँगि साया (२०६७), अतीत मुखियाको खोमिग्युग्र्युर (२०६७) र अमरपत विमरपत (२०७३), दा. लाल श्याँकारेलु रापचाको मततिक फुःके कुम्सोपिक्य (२०६७, लिपिसहित), चिम्रु बुजिचको चिलाबुँबु (२०६७), रणवीर सुनुवारको ते लावे इ गोति (२०६७), काःतिचकै ब्लाअ्सिआ खिका (२०७०), शोभा सुनुवार जुलियटको खुरिनदाँखिन (२०७२) र उरुर (२०७३), केदार संकेतको ताँ गो थामा तेकेरे नुङ (२०७३), भानु सुनुवारको जिखिपुर्गिआ खाप माल्ना माल्ना (२०७३), ङावाच जेशो मिःको काइँता (२०७३) र गीति सङ्ग्रहमा कोइँच बु काःतिचकै दोमोका दार्शो सेरेम फु (२०६४), समीर मुखियाको कालेम दुम्ता (२०६५), जीवन सुनुवारको जीवनआ कुम्सोपिक्य (२०७३) र गजल सङ्ग्रहमा क्याब चेरेहाम्सोको गो काः आँ गिच्चा (२०६६) प्रकाशन भएको पाइन्छ ।
आख्यानतर्फ काःतिचकै उपान्यास कोङ कोरोरो फोल फोल (२०६७) नै कोइँच साहित्यको पहिलो आख्यान हो । त्यसपछि कथा सङ्ग्रहमा चेरेहाम्सोको चुइँचिमा कालिमा (२०६९), काःतिचकै राइशि (२०७३) र नारी स्रष्टा भावना परिस्कृतको लाल्कुप्नि (२०७३) प्रकाशित छन् ।
नाटकतर्फ कोइँच साहित्यमा नाटकको चर्चा गर्दा कोइँचबु काःतिचको सागुन (२०७१) नाटक प्रकाशित भएको पाइन्छ । तर अनुवाद नाटकमा भने डि.बि. किरातीको रीति नाटकलाई मुलकेम नाम जुराएर लोकप्रिय सुनुवारको अनुवादमा प्रकाशित भएको छ भने काःतिचकै अनुवादमा किशोर नेपालको भोका लाशहरुलाई शिलथाअ्था नाममा प्रकाशित भएको भेटिन्छ ।
निबन्ध तर्फ भने काःतिचकै बाअÞशो दाइशो थामा लोः २०६५ मा प्रकाशित भएपछि समिर मुखियाको हाँस्यब्याङ्ग्य थेतेल नाअÞसो (२०६७), सङ्खु बुजिच (तास्ला हाम्सो) को संस्मरण ओपग्योलग्योल आँ थुँ (२०६८) र दा. लाल–श्याँकारेलु रापचाको रिमाचेमा हिरस्सी (२०७०) प्रकाशित भएका देखिन्छ । त्यसैगरी लोककथाहरुमा खडोस सुनुवारको सङ्कलन सम्पादनमा शाला नु बÞाकि पोइँबो (२०६६), कोइँचबु काःतिचको सङ्कलन सम्पादनमा सासि मुक्दुम (२०७२) प्रकाशित भएको देखिन्छ । वाल साहित्यमा भने आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापनाले अतीत मुखियाको १६ वटा गीत समेटेर आलश्यालआनकालि (२०७२) बाल गीतको सङ्ग्रह प्रकाशन गरेको पाइन्छ । अनुवादतर्पm समदान बुक्सले यावे आ लो नामक बाइबलको नयाँ करार प्रकाशनमा आएको पाइन्छ ।

४. निचोड

दुई दशकभन्दा कम इतिहास बोकेको कोइँच मातृभाषाको साहित्य भण्डारमा वार्षिकरुपमा एक दुई वटा पुस्तक थपिँदै जानु मातृभाषीहरुको आफ्नो मातृभाषाप्रतिको प्रेम औधी उत्साही रुपमा मौलाएको पाइन्छ । यो क्रमलाई उपलब्धिमूलक मान्न सकिन्छ । र, यो जस १ नं. प्रदेशलाई जान्छ । ३ नं. प्रदेशभन्दा १ नं. प्रदेशमा कोइँच सुनुवार मातृभाषीहरुको जनसंख्या कम भए पनि कोइँच मातृभाषा तथा साहित्यको विकासको लागि १ नं. प्रदेश उर्वरक मान्न सहिन्छ । हालसम्म कोइँच मातृभाषाको उन्नतिमा खट्नुहुने श्रष्टा तथा भाषासेवीहरु १ नं. प्रदेशमै रहेको देखिन्छ । भाषाशास्त्री तथा लेखक डा. लाल श्याँकारेलु रापचा, कोशकार तथा लेखक लोकप्रिय सुनुवार, कोशकार लास्पाच महेन्द्रमान सुनुवार तथा मानबहादुर सुनुवार, मातृभाषासेवी तोँकुच तेजबहादुर तथा किरण मुखिया, कोइँच ब्लेअÞसे लिपिकार जेँतिच कर्णबहादुर सुनुवार र टिकाराम मुलिचा, कवि तथा कथाकारहरु समीर मुखिया, सङ्खु बुजिच, अतीत मुखिया, चिम्रु बुजिच, रणवीर सुनुवार, क्याब चेरेहाम्सो, भावना परिस्कृत, सञ्चारकर्मी, मुक्दुम संकलक तथा लेखक कोइँचबु काःतिचहरुका थाँतथलो १ नं. प्रदेश नै हो ।
छोटो समयको इतिहास बोकेको भए पनि कोइँच मातृभाषी श्रष्टाहरुको लेखन प्रवृति निक्खारता र स्पष्टता देखिन्छ । मुख्यतः कोइँच साहित्य, उपदेशात्मक र भक्तिवादमा अल्मलिएको देखिँदैन । कसैको स्तुति गाउने र प्रशंसामा शब्द खर्च गरेको देखिँदैन । सबै प्रकाशित पुस्तकहरु पढ्दा पूर्णरुपमा आत्मबोध भएका स्वःपहिचानको पक्षमा आवाज उठाइरहेको पाइन्छ । यसैले ठोकुवा साथ भन्न सकिन्छ कि नेपाली इतिहासमा घटेको एक एक राजनीतिक घटनाले खस नेपाली भाषा मात्र होइन कोइँच मातृभाषालाई पनि गम्भीर असर पारेको देखिन्छ ।

५. सल्लाह सुझाव

गोर्खा राज्यविस्तार अगाडि कोइँच समाज जे जस्तो थियो त्यसपछि उनीहरुको सामाजिक जीवनमा अप्ठ्यारा बाटाहरु देखा परे । राज्यको फरक नीति र उनीहरुको परम्परागत नीति वीच द्वन्द्व भयो । यसैले जुन प्रकारको सामाजिक जीवनमा परिवर्तन आउनुपर्ने थियो त्यस परिवर्तनमा अवरुद्ध आयो । र, उनीको संस्कृतिमै अमर शाही, डम्मर शाही, अकुल थापा विकुल थापा जस्ता गोर्खा राज्यको भाइभरदारलाई पूज्नुपर्ने वाध्यता सिर्जना भयो । अंग्रेज नेपालको युद्धसँगसँगै राणाहरुको उदय भयो । यसले कोइँचहरुको सामाजिक जीवनमा अर्को धक्का पु¥यायो । विवाहमा स्याउली श्लोक, रामायण गाउने, श्री श्री श्री ३ महाराज की भनेर खुँडा जगाउने, गोसाइँ पूजा गर्ने र शाँदार पिदारलाई चण्डी नामाकरण गर्न वाध्य भए । जब विश्वयुद्ध शुरु भयो उर्वर वैंशका युवाहरु चन्द्र शम्सेरको इस्तिहार वाध्येतावस मानेर युद्धमा होमिए, कति मरे ? कति उतै हराएर, भासिए ? कुनै लेखाजोख भएन । अझै पनि बर्मा, थाइल्याण्ड, नागल्याण्ड, अरुणचल, फिजीमा त्यतिबेलै भासिएका कोइँच सुनुवारहरु भेटिन्छन् । यस किसिमको परिस्थितिले कोइँचको सामाजिक जीवनमा महत्वपूर्ण परिवर्तन ल्यायो ।
राणा शासनले कोइँच मातृभाषालाई गम्भीर असर त पारेकै थियो २०१७ सालमा स्थापित निर्दलीय पञ्चायत शासन लागु भएपछि कोइँच साहित्यले मौलाउने सुअवसर प्राप्त गर्न सकेन । सम्भवता राज्यको एक भाषा, एक धर्मको नीतिका कारण कोइँच मातृभाषामा मौजुद राष्ट्रिय सम्पदाहरु लोपोन्मुख भए । यस्तो विषम परिस्थितिमा पनि कोइँच मातृभाषीहरुको वक्ताहरु अझै पनि रहीरहनु र साहित्यीक गतिविधि र आम सञ्चारमा आक्रमकरुपमा अघि बढ्नु राज्यको लागि ठूलो सुअवसर हो । मातृभाषा राज्यको सम्पदा हो । कोइँच मातृभाषा संरक्षण र विकास गर्नु राज्यको दायित्व हो । यसैले राज्यको तर्फबाट निम्नानुसार व्यवस्था गर्नुपर्ने छ ः
१. युएनड्रिप तथा आइएलओ १६९ अनुसारका भाषिक मानवाधिकारलाई स्थानीय कानुनमा अनिवार्य व्यवस्था गर्ने ।
२. स्थानीयस्तरमा सरकारी कामकाजको भाषाका रुपमा मान्यता दिनुपर्ने ।
३. वहुभाषिक शिक्षा (मातृभाषा माध्यम शिक्षा) अनिवार्य लागु गर्न कानुन तथा बजेटको व्यवस्था गर्नुपर्ने ।
४. मातृभाषालाई सञ्चार माध्यमहरुमा विशेष स्थान दिनका लागि व्यवस्था गर्नुपर्ने ।
५. अनिवार्य मातृभाषामा सूचना सञ्चारको व्यवस्था स्थानीय कानुनमा व्यवस्था गर्नुपर्ने ।
६. प्रदेशस्तरीय मातृभाषा प्रोत्साहन पुरस्कार कोष स्थापनाका लागि बजेटको व्यवस्था गर्ने ।
७. प्रदेशस्तरीय मातृभाषा साहित्य प्रतियोगिता तथा महोत्सव आयोजना गर्न बजेटको व्यवस्था गर्ने ।
८. प्रदेशस्तरीय मातृभाषा चलचित्र महोत्सव आयोजनाका लागि बजेटको व्यवस्था गर्ने ।
९. प्रदेशस्तरीय मातृभाषा प्रदर्शनीय कला (गायन, अभिनय तथा नृत्य) महोत्सव आयोजनाका लागि बजेटको व्यवस्था गर्ने ।
१०. प्रदेशस्तरमा गठित प्रज्ञा प्रतिष्ठानमा मातृभाषा विभाग अनिवार्य गर्ने र मातृभाषा कोष स्थापना गरि मातृभाषा साहित्य प्रकाशन तथा वितरण साथै उत्कृष्ट रचनाहरु अनुवाद गर्न समानुपातिकरुपमा उचित बजेटको विनीयोजन गर्ने ।
११. भाषा विज्ञानका विद्यार्थी तथा विद्वानहरुलाई मातृभाषाको अध्ययन अनुसन्धानमा विशेष कोष स्थापना गरि आकर्षित गर्नु ।
 
–खिजी काःति, ओखलढुंगाा ।
 
सन्दर्भ ग्रन्थ
क) पत्रपत्रिका
काःतिच, कोइँचबु (उत्तम). स. (२०५६). ‘सुनुवार को हुन् ? संक्षिप्त अध्ययन’, कोँइचबु, ८ः ७०–७१.
(((((। स.२०५७. ‘ऐतिहासिक दृष्टिमा सुनुवार’, चेतना, १, १ ः
(((((। स.२०५७. ‘अभिलेखमा सुनुवारहरु’, चेतना, १, २ः ः ३–५.
जेँःतिचा–सुनुवार, केवी. ई. १९८२÷३ (स.२०३९÷४०). ‘सुनुवार लिपि’, इन् घल राई (सम्पा.). कोङपी, १५÷१६÷१९, ४÷५, जनवरी÷अगस्ट, काठमान्डू.
रापचा, लाल–श्याँकारेलु. स.२०६४. ‘स्रष्टा कातिचामा सबल्टर्न फिलिङगाहरु’, गरिमा, २५, १२, ३००ः ६७–७४.
 
ख) पुस्तक
काःतिच, कोइँचबु (उत्तम).स.२०६१. ‘श्योप्का दोल्ठाःटपुकि’ (नाटककार केशव नेपालको नाटक भोका लासहरुको अनुवाद). काडमान्डूः सोनी नेपाल.
(((((। स.२०६२. देन् ए सेरेम फु(ङ) (कविता संग्रह). काठमान्डूः चुप्लु समाज.
(((((। स.२०६४. दोमोका दार्शो सेरेम फु (गीत संग्रह). काठमान्डूः चुप्लु समाज.
(((((। स. २०६५ ‘बाअ्शोदाइशो थामा लोः (सामसामयिक लेख तथा निवन्ध सङ्ग्रह)’, काठमान्डु ः चुप्लु समाज
(((((। स. २०६५ ‘कोइँच लोः वर्णमाला (कोइँच भाषा वर्ण पहिचान तथा निर्धारण कार्यशाला गोष्ठीको प्रगति प्रतिवेदन)’, काठमान्डु ः चुप्लु समाज, ओखलढुंगा ः क्युइँतबु कल्याण कोष
(((((। स.२०६७. कोङ कोरोरो फोल फोल (उपन्यास). काठमान्डूः चुप्लु समाज.
(((((। स.२०७०. ब्लाअÞशिआ खिका (कविता सङ्ग्रह). काठमान्डूः चुप्लु समाज.
(((((। स.२०७१. सागुन (उपन्यास). काठमान्डूः चुप्लु समाज.
(((((। स.२०७२. सासि मुक्दुम (मुक्दुम मिथक). काठमान्डूः चुप्लु समाज.
(((((। स.२०७३. राइशि (कथा सङ्ग्रह). काठमान्डूः चुप्लु समाज.
काःतिच, कोइँच बु, अन्जनी लुगुन, अतित मुखिया, डा. लाल रापचा। स.२०७३. किराती–कोइँच (सुनुवार) जातिको चिनारी (अनुसन्धान पूस्तक) ललितपुर, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र काडमण्डू, सुनुवार सेवा समाज.
क्याब चेरेहाम्सो. स.२०६७. ‘गो काः आँ गिच्चा’ (गजल सङ्ग्राह), काठमान्डूः चुप्लु समाज.
(((((। स.२०६९. चुइँचिमा कालिमा (कथा सङ्ग्रह). काठमान्डू, चुप्लु समाज.
क्याब नाइलाु, थारिथिम्लो क्याःब. स.२०६७. ‘आँस इँगि साया’ (कविता सङ्ग्राह), काठमान्डूः चुप्लु समाज.
ङावाच, जेशोमिः. स.२०७३. ‘काइँता’ (कविता सङ्ग्राह), काठमान्डूः चुप्लु समाज.
बुजिच, साङ्खु (तास्लाहाम्सो). स.२०६६. ‘चाइँदा’ (कविता सङ्ग्राह), काठमान्डूः चुप्लु समाज.
(((((। स.२०६८. ओपग्योल्ग्योल थुँ (संस्मरण). काठमान्डू, चुप्लु समाज.
बुजिच, चिम्रु. स.२०६९. ‘चिला बुँबु’ (कविता सङ्ग्राह), काठमान्डूः चुप्लु समाज.
मुखिया, अतीत. स.२०६७. ‘खोमिग्युग्र्युर’ (कविता सङ्ग्राह), काठमान्डूः चुप्लु समाज.
(((((। स.२०७०. आादिवासी सौन्दर्यशास्त्रः किराँती–कोइँच (सुनुवार) थेअÞनिको एक सैद्धान्तिक अध्ययन (अनुसान्धान पुस्तक). ललितपुर, किरात विज्ञान अध्ययन संस्थान.
(((((। स.२०७२. आलश्यालआकालि (वाल गीत संग्रह). ललितपुर, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
(((((। स.२०७३. अमरपत विमरपत (कविता संग्रह). काठमान्डू, नन्दचन्द्र स्मृति कोष्
यावे–आ लोव (न्यू टेस्टामन्ट इन् सुनुवार). १९९२. कल्कत्ताः इन्टरन्यासनल बाइबल सोसाइटी यान्ड साम्दन बुक्स् यान्ड स्टेसनर्स.
रापचा, लाल–श्याँकारेलु। ई.२००५. अ डेस्क्रिप्टिभ ग्रयामर अव् किराँती–कोँइच. पिएचडी थिसिस, जवाहरलाल नेहरु युनिभर्सिटी, न्यू डेली.
(((((। ई.२०१०. मततिक फुङके कुम्शोपिक्य (‘अदृश्य पूmलका गीतहरु’ कविता संग्रह, ‘सङज् अफ् दि इन्भिजिवल फ्लावर’). काठमाण्डु ः चुपलु समाज तथा किरात विज्ञान अध्ययन संस्थान, ललितपुर
(((((। सं.२०७०. रिमाचेमा हिरस्सी (समसामायिक निबन्ध संग्रह). ललितपुर, किरात विज्ञान अध्ययन संस्थान
सङ्केत, केदार. स.२०७३. ‘ताँ तेकेरे बाअÞङा’ (कविता सङ्ग्राह), काठमान्डूः चुप्लु समाज.
सुनुवार, क्या.तिलकबहादुर. स.२०३४. ‘आन्तरिक कल्पना’ (कविता सङ्ग्राह), हाँवा, दोलखा.
सुनुवार, खडोस. स.२०६६. ‘शाला नु बÞाकि पोइँबो’ (लोककथा सङ्ग्राह), काठमान्डूः चुप्लु समाज.
सुनुवार, जीवनकुमार.स. २०७३. जीवनके कुम्सोपिक्य (गीत सङ्ग्रह). काठमन्डू. जीवन रारालि
सुनुवार, टीकाराम.ई. १९५३. अथ सुनुवार राई किराँतको वंशावली. ठहिटीः भगवती प्रेस.
सुनुवार, भानु. स.२०७३. ‘जिखिपुर्गिआ खाप माल्ना माल्ना’, काठमान्डूः चुप्लु समाज.
सुनुवार, भावना परिस्कृत. स.२०७३. ‘लाल्कुप्नि’, काठमान्डूः चुप्लु समाज.
सुनुवार, रणवीर. स.२०६७. ‘ते लावे इ गोति (कविता सङ्ग्रह)’, काठमान्डूः चुप्लु समाज.
सुनुवार, रामबहादुर. स.२०१३. अथ किरात सुनुवार वंशावली. वाणरस.
सुनुवार, लोकप्रिय।स.२०५६. ‘मुल्केम’ (नाटककार डि.बि. किरातीको नाटक रीतिको अनुवाद). काडमान्डूः प्रेम ब्लाम्लिच सुनुवार.
(((((। ई.२००३. साँअ्वास दुर्दापुँ. काठमान्डूः सुनुवार सेवा समाज.
सुनुवार, शोभा जुलियट. स.२०७२. ‘खुरिनदाँखिन’ (कविता सङ्ग्राह), काठमान्डूः चुप्लु समाज.
(((((। स.२०७३. उरुर (कविता सङ्ग्रह). काठमान्डू, चुप्लु समाज.
सुनुवार, समीर मुखिया, स.२०६५. ‘कालेम दुमता, गीति सङ्ग्रह’, काठमाण्डु ः चुपलु समाज
(((((। स.२०६७. थेतेल नाअÞसो (हास्यव्याङ्ग्या सङ्ग्रह). काठमान्डूः चुप्लु समाज.
सुनुवार “हाँबाली”, प्रेम. स.२०४९. ‘कोइँच मिअचि प्लाअÞशोनु’, कोँइचबु,, १ः१ ७–११.
Share

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives
Facebook