Recent Comments

छात्रवृत्ति, विद्वत्तवृत्ति तथा शैक्षिक सामाग्री वितरण

कार्तिक ७। मानबहादुरविष्णुमाया सुनुवार स्मृति शैक्षिक कोषद्वारा आज तीन जना सुनुवार विद्यार्थीलाई छात्रवृत्ति एक जनालाई विद्वत्तवृत्ति एउटा स्कूललाई शैक्षिक सामाग्री वितरण गरियो भूमिराज सुनुवार मानविकी, निर्भिक सुनुवार कानुन निशान्त सुनुवार आइटिमा क्रमशः १२१२ हजार १५ हजार छात्रवृत्ति प्राप्त गरेका छन् त्यसैगरी सपना सुनुवारले स्नाकोत्तरमा काठमाडौंमा कोइँच भेषभूषा त्यसको महत्व वारे गर्दै गरेको शोधका लागि रु. १६ हजारको विद्वत्तवृति पाएका छन् भने दोलखा जिल्ला जिरी नगरपालिका ठूलोपाताल जिम्जापुँको कुशेश्वर आधारभूत विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामाग्री प्रदान गरिएको गत बैशाख साउनमा गरी दुई पटक गरेको सुनुवार सेवा समाजको आब्हानमा प्राप्त निवेदन फाराम, सुनुवार सेवा समाज जिल्ला समिति सुनुवार विद्यार्थी समाजको सिफारीस साथै विद्यार्थीले प्राप्त अंकको आधारमा सुनुवार समाज, विद्यार्थी समाज शैक्षिक कोषको संलग्नतामा छात्रवृत्ति, विद्वत्तवृत्ति शैक्षिक सामाग्री वितरण गरिने विद्यालयको छनौट गरिएको जानकारी महासचिव समीर मुखिया सुनुवारले जानकारी दिएका छन्
विक्रम संवत् १९६० मा आइत्था बुजमा जन्मेको मानबहादुर सुनुवारको स्वर्गवास २०३२ मा भएको थियो १९७३ मा ग्युदु, प्लेत्तिमा जन्मेको विष्णुमाया सुनुवारको स्वर्गवास २०६२ मा भएको थियो उनै मानबहादुर विष्णुमाया सुनुवारको तीन सुपुत्र स्वर्गीय क्यप्टेन लाल बहादुर सुनुवार ,सार्जन्ट जङग बहादुर सुनुवार सर्जन्ट भक्तमान सुनुवार मध्ये कान्छा छोरा किरात सुनुवार सेवा समाज युकेको निवर्तमान सचिव भक्तमान सुनुवारले आफ्नो पूजनीय बुबाआमाको नाममा गतवर्ष २०७३ मा मानबहादुरविष्णुमाया सुनुवार स्मृति शैक्षिक कोष स्थापना गर्नुभएको थियो
यो रकमले विद्यार्थीलाई पढ्न पुग्दैन तर यो रकम त्यति सानो महत्वहिन पनि होइन यो पढ्न पुगोस् भनेर दिइएको होइन राम्रो पढ्नुहोस् तपाईँहरुको शुभचिन्तक हामी छौं, भन्ने सन्देश पस्किएको हो तपाईहरुको प्रगति उन्नतिको लागि भरथेग हो, आँट हो साँक्षी किनारा हो कार्यक्रममा शुभकामना मन्तव्य राख्नेक्रममा सुसेसका संस्थापक कोषाध्यक्ष तथा सल्लाहकार टिकाराम मुलिचाले छात्रवृत्ति तथा विद्वत्तवृत्ति पाउने विद्यार्थीहरुलाई आश्वस्त पार्नुभयो
यो उहिलेदेखि खड्किएको कुरा हो पवित्र मनका धनी भक्तमान सुनुवार ज्यूले आफ्नो बुबाआमालाई विद्यार्थीको पढाई कोइँच सम्बन्धि बौद्धिक अभिलेखीकरण गर्ने शोधार्थीहरुलाई विद्वत्तवृत्ति दिएर जुन महान कार्य गर्नु भएको यो कार्य हामी कोइँच समाजमा पहिलो कार्य हो जुन जुगजुगान्तर कोइँचहरुले सम्झिरहने छन् मेरो व्यक्तिगत तर्फबाट पनि मुरि मुरि आभार प्रकट गर्दछु यस्तो कार्यले कोइँच समाजको उन्नतिप्रगतिमा ठूलो टेवा पुग्ने यस्ता कार्य अरु पवित्र मनका कोइँचहरुले पनि गरुन् भन्ने मेरो अनुरोध सुनुवार सेवा समाजका संस्थापक सचिव गुञ्जबहादुर सुनुवारले शुभकामना मन्तव्य दिनेक्रममा आम कोइँच पवित्र मनहरुलाई त्यस्ता विभिन्न कोष स्थापना गर्न अनुरोध गर्नुभयो
धेरै कोइँच विद्यार्थीहरु छात्रवृत्तिको लागि सिफारिस लिन आउनु हुन्छ छात्रवृत्ति पाउनु भयो भएन फेरि फर्केर आउनु हुँदैन तर आजको छात्रवृत्ति पाउने विद्यार्थीहरुले अवश्य त्यसो गर्नुहुन्न हामीले यस्ता छात्रवृत्ति कोषहरु धेरै बनाउने लक्ष्य लिएका छौं कञ्चन सुनुवार स्मृति कोष , मानबहादुरविष्णुमाया सुनुवार स्मृति शैक्षिक कोष भयो मान बहादुर सुनुवारका जेष्ठ सुपुत्र लालबहादुर सुनुवारको नाममा पनि कोष स्थापना हुने गृहकार्य हुँदै यस्ता कोषहरुको स्थापनाले भोलिको दिनमा नेपालको नीति निर्माण बौद्धिक क्षेत्रमा कोइँचको उपस्थिति सघन हुने आशा गरेको छु सबै विद्यार्थीहरुलाई उज्यालो भविश्यको सुनौलो ढोका खुल्दै खुशी मौलिरहोस् सुसेस सल्लाहकार संयोजक मनप्रसाद सुनुवारले कोषको उपलब्धि वारे बताउनुभयो
अभैm पनि छात्रवृत्ति पाउनै पर्ने विद्यार्थीहरु कता कहाँ हुनुहुन्छ होला सबैलाई समेट्नै  सकिएन त्यस्ता विद्यार्थीको खोजी गर्ने काममा सुनुवार विद्यार्थी समाज निरन्तर लागि पर्ने शैक्षिक क्षेत्र सुधारमा सुनुवार विद्यार्थी समाजको निरन्तर पहल रहने विद्यार्थी अध्यक्ष मानवीर सुनुवारले प्रतिवद्धता जाहेर गर्नुभयो
नेपालको सरकारी उच्च ओहदामा कोइँचको उपस्थिति नभएको हुँदा त्यो खाली ठाउँको परिपूर्ति गर्न कोष स्थापना गरेको हुँ अहिले दिएको छात्रवृत्ति मायाको चिनो जस्तै हो यसले सम्पूर्ण पढाइ खर्च ओत्दैन तर प्रोत्साहन भने अवश्य हो दुःखको कुरा सबैलाई समेट्न सकिएन सबै छात्रवृत्ति फारम भर्ने विद्यार्थीलाई थोरै भए पनि सहयोग गर्ने इच्छा हुँदा हुँदै पनि सिमित विद्यार्थीहरुलाई मात्र प्रोत्साहन गर्न सकेँ भविश्यमा ठूलै कोषको कल्पना गरेको छु सहयोगी साथीहरु पनि पाएको छु भन्नुहुँदै शैक्षिक कोष संस्थापक भक्तमान सुनुवारले अगाडि थप्नु भो, यो मैले अकुत सम्पत्ति भएर पैसा कहाँ फालौं फालौं भनेर कोष स्थापना गरेको होइन मैले बाटो खन्ने शुरुआत मात्र गरेको हुँ अरु साथीहरुले पनि आफ्नो बुबाआमाको नाममा यस्तै कोष सुनुवार सेवा समाज अन्तर्गत खोल्नु भयो भने धेरै कोष हुन्छ धेरै राम्रो काम गर्न सकिन्छ भन्ने मन मात्र हो आखिर के गर्न सकिन्छ सबै मरेर जाने नै हो १८ वर्षदेखि प्रदेशी भइयो गाउँलाई केही गर्न सकियो आफ्नै आमाबुबालाई केही गर्न सकियो एकदुई महिना भेट्यो फेरि प्रदेश नै उहाँहरु वितेर जानुभयो पनि जान्छु तर समाजमा केही नाम रहने चिनु छाड्न पाए हुन्थ्यो भन्ने हुट्हुटीले यो कोष खडा गरेको हुँ मरेर सम्पत्ति सँगै कसैले लाँदैन साँचेर यही धर्तीमा छाडेर जानुछ छाडेरै जानुपर्ने भएपछि केही काम गरौं भन्ने सुरले यो कामको गोरेटो खोस्रेको हुँ आशा यो गोरेटो घोडेटो होइन सडक नै बनाउने छु मेरो आमाबुबालाई केही गर्न नसके पनि उहाँहरुलाई सम्झिने मेसो बनाए त्यो मेसोमा तपाईँहरुले साथ सहयोग गर्नु भएको यसो भन्दा भन्दा अकमक्क रोकिनु भयो भक्कानो फुटेर आयो सायद आँशु झरे हल स्तब्ध भयो पिन ड्रप साइलेन्स सायद परिस्थिति बुझ्नु भो सुनुवार विद्यार्थी समाजका वरिष्ठ उपाध्यक्षले पानीको बोतल पोडियममा राखीदिनु भयो एक घुट्को पानी पिएर अगाडि सन्दर्भलाई जोड्नु भो, “अब अर्को सपोर्ट कोषको घोषण गर्छु, भक्तमान हेल्थ एण्ड एजुकेशन सपोर्ट कोष यसकोषबाट मेरो जन्मथलोमा प्रथम श्रेणीमा उत्तिर्ण विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति दिने छु स्वास्थ्य समस्याले अस्पताल शैयामा पुग्दा पैसा नभएर उपचारबाट बञ्चित नहोस् भनि स्वास्थ्य क्षेत्रमा खर्च गर्ने सोँच बनाएको छु त्यो काम सुसेस सुविसले नै जिम्मा लिएर गर्नुहुने भन्ने पूर्ण विश्वास
पैसा भएका सबैले सही ठाउँमा पैसाको उपयोग गर्छन् भन्ने छैन तर धेरैमा एकादुई पवित्र मनहरु भने पैसालाई सक्दो शोषण गर्न माहिर हुन्छन् त्यस्तै सदुपयोग गर्न जान्ने पवित्र मन मध्येका एक पवित्र मन हुनुहुन्छ भक्तमान सुनुवार उहाँको कारण हामीले कहिल्यै नदेखेको नसुनेको मानबहादुर विष्णुमाया सुनुवारलाई पुष्पगुच्छा चढाएर निक Þाकु दिन पायौं यो औसर जुराउनुहुने कोष संस्थापक भक्तमान सुनुवारलाई संस्थाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु हामीले सुसेसइलाम घोषणापत्रमा प्रविवद्धता जनाएका थियौं कि नीति निर्माणमा कोइँचको पहुँच पु¥याउने रणनीति बनाइने त्यही घोषणापत्रको पक्षमा उभिएर दक्ष जनशक्ति उत्पादनमा संस्थालाई भरथेग गर्नु भएको यो कार्यले सबै कोइँचलाई गोलवद्ध गराउने आशा भन्नुहुँदै कार्यक्रममा साथसहयोग निम्तो स्वीकार गरी उपस्थित सबै पवित्र मनहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको बिट मार्नुभयो

कार्यक्रममा सबैको मन खुशी थियो सकारात्मक सोच आफैंमा खुशी हुनसक्छ ।फोटो सेसनको लहरले खुशी बहुलाएको जो कोहीले अनुभूत गर्न सकिन्थ्यो
बाँच्नको लागि धन सम्पत्ति चाहिन्छ तर सधैं सधैं बाँच्नको लागि मन चाहिन्छ त्यस्तो मन जसको हाँसोमा सन्सर हाँसोस् जसको आँशुमा सन्सार स्तब्ध होस् त्यो मन पो मन

 

Share

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives
Facebook