All about Sunuwar

प्रथम आदिवासी जनजाति चलचित्र महोत्सव सम्पन्न भयो ।

सरिता पुमा राई, अषाढ २०, काठमाण्डौं ।

आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको तिन दिने प्रथम आदिवासी जनजाति चलचित्र महोत्सव काठमाण्डौको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा सोमबार सम्पन्न भएको छ ।
महोत्सवमा शनिबार कर्म क्या (कर्मको बाटो) , बन्थि , पेके ,गुठ चलचित्र प्रदर्शन भएको थियो भने आईतबार दखल , पुवालो , व्याःसाल (पैचो) , नागा , जितिया ,कल्ली , स्टोरी अफ टाईम , लोम्बा र सोमबार ङयाथुमै , टाढाको माया ,त्याग ,छयाबाहानी ,पेकोसामा , बुम्बा प्रर्दसन भएको थियो । महोत्सवमा किरात , लिम्बु , गुरुङ्ग , तामाङ्ग , थारु , नेवार लगायत अन्य समुदायको चलचित्रहरु प्रर्दशन भएको थियो ।
त्यसैगरी महोत्सवमा गुरुङ भाषाको कर्म क्या (कर्मको बाटो) चलचित्रले पब्लीक च्वाईज अवार्ड जितेको थियो भने उक्त चलचित्र जसमाया (जसु) गुरुङले निर्देशन गर्नुभएको थियो । सो चलचित्रले नगद २५ हजार पुरस्कार पनि हात पार्न सफल भएको थियो । महोत्सवमा तामाङ भाषाको चलचित्र बुम्बा र मगर भाषाको चलचित्र लुम्बालाई पनि दर्शकहरुले मन पराएको थियो । महोत्सवमा तिन महिलाले निर्देशन गरेको चलचित्रहरु जसु गुरुङ , टोमा लामा र विन्दु माझी पनि छनौटमा परेको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष जगत बरामले आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको चलचित्र महोत्सवले आदिवासी जनजातिहरुको मौलिक पहिचाहनको कला , भाषा , संस्कार ,संस्कृतिहरुको प्रचार गर्नमा सहयोग मिलेको पनि बताउनुभयो । आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्ष अमृत सुनुवारले आदिवासी जनजाति सम्बन्धि बनेको चलचित्रहरु पनि अब राज्य स्तरमा स्थान दिनुपर्ने बताउनुभयो । उहाले जातिय संस्थाहरुबाट छनौट भएको चलचित्रहरु महोत्सवमा प्रर्दशन गरेको जानकारी दिनुभएको थियो । चलचित्र महोत्सवमा बन्थि , पेके ,गुठ ,दखल , पुवालो , व्याःसाल (पैचो) , नागा , जितिया ,कल्ली , स्टोरी अफ टाईम , ङयाथुमै , टाढाको माया ,त्याग ,छयाबाहानी ,पेकोसामा चलचित्रहरुलाई प्रोत्सान स्वरुप नगद पाच हजार रुपैया दिएको पनि उहाले बताउनुभयो । महोत्सवमा १८ वटा चलचित्र प्रर्दशन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *