All about Sunuwar

युकेमा आदिबासी महिलाले मनाए नारी दिवस l

17454865_994011774064141_1886933704_oनेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतको आयोजनामा १९ मार्च आइतबारको दिन लन्डन स्थित नर्थहल्ट सोसियल क्लोबमा ,१०७औ अन्तराष्ट्रिय नारी दिवस भब्यता पुर्बक सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष बिमला कुमारी राइको अध्यक्षता रहेको उक्त कार्यक्रममा, नेपाल आदिबासी जनजाति महासंघ बेलायतका अध्यक्ष तुल छन्त्यालको प्रमूख आतिथ्य ,त्रिभुवन बिश्व विद्यालयकी प्राध्यापक तथा साहित्यकार सुमाया राइ,समिदा वुमन डेभलोपमेन्ट फोरमकी सस्थापक अध्यक्ष शर्मिला थापा र किराया प्रा क स लण्डनका संस्थापक मेजर मान ब राइको बिशेष आतिथ्य रहेको थियो।यसै गरि बेलायतमा अबस्थिक बिभिन्न संघसंस्था, आदिबासी जनजाति महिलाहरुको जातीय संस्थाबाट र गोर्खा च्यानलकी संयोजक तथा बरिष्ठ पत्रकार बिमला सेने लगायत अन्य आमंत्रित अतिथिहरुको उपस्थिति रहेको थियो । सभापति र प्रमुख अतिथि दुवारा पानसमा दिप प्रज्जोलित गरेर कार्यक्रमको समुदघाटन गरिनुको साथै सबै अतिथिहरुबाट पनि १०७ निर्मित क्यान्डलमा दिप जलन गरिएको थियो । संस्थाकी उपाध्क्ष युमा लिम्बु नेत्रकलाले उपस्थित अतिथि र सम्पूर्ण सहभागीहरुलाई स्वागत मन्तब्य र सचिव सुमिरा सुनुवारले स्वास्थ्य अनि सुरक्षा सम्बन्धि जानकारी सहित कार्यक्रम माथि प्रकाश पारेका थिए।
कार्यक्रममा नारी दिवसको औचित्य ,बर्तमान परिपेक्षमा नेपाली नारीहरुको स्थिति ,चुनौती ,नारी र तिनका सशक्तिकरणको बिषयमा बोल्दै ,किराया बेलायत महिला बिभागकी संयोजक कल्पना राइ,किराया क स युकेकी अध्यक्ष शान्ता कला राइ ,किरात सुनुवार महिला समाज यु केकी उपा अध्यक्ष कौशिला सुनुवार ,नेपाली महिला समाज युकेकी संस्थापाक अध्यक्ष जया लक्ष्मी राइ ,नेपाली महिला समाज युकेकी उपाअध्यक्ष शशि सुब्बा थापा ,नेपाल आदिबासी जनजाति महिला महासंघकी सल्लाहकार भावना परिष्कृत सुनुवार ,गेसो केन्द्रिय समिति युकेका कार्यबाहक अध्यक्ष धर्म तामाङ्ग ,सत्याग्रह संघर्ष समिति युकेका संयोजक कृष्ण बहादुर राइ ,साहित्यकार लक्ष्मी राइ लारा तथा बिशेष अतिथि सुमाया राइ ,शर्मिला थापा र मेजर मान ब राइ लगायत अन्य अतिथिहरुले बिश्व महिला दिवसको शुभकामना मन्तब्य दिएका थिए ।
संस्थाले बिभिन्न क्षेत्रमा नारी सशक्तिकारणमा दरिलो परिचय जमाई सकेका ब्यतित्वलाइ सम्मान गर्नुको साथै पुस्तक बिमोचन समेत गरेको थियो । यसै क्रममा नेपाली साहित्य क्षेत्रमा सशक्त नारी हत्ताक्षर जया लक्ष्मी राइ दुवारा लिखित भर्जिनिया उल्फ र आँसुका फूल ” नामक पुस्तक नियात्रा सङ्ग्रहको बिमोचन सभापति राइ र प्रमुख अतिथि छन्त्याल दुवारा गरिएको थियो । साहित्यकार सुमाया राइले विमोचित कृतिमाथि समिक्षा गर्नुको गर्नु भएको थियो ।
यसै गरि अर्का नारी प्रेरणाकी स्रोत चर्चित युवा समाज सेविका शर्मिला थापा (सम्मी) लाइ सम्मान पत्र र पुष्प खदक प्रदान गर्दै प्रमुख अतिथि र अध्यक्ष दुवारा सम्मान गरिएको थियो । एकल आमाको नामले परिचित शर्मिला एकल आमाहरुको अधिकार र सुरक्षाको निम्ति आफ्नै बलबुतामा सम्मिदा महिला बिकास मंच नामक संस्था संचालन गर्दै आइ रहेकी छिन र उनले धेरै एकल आमाहरुको निम्ति उद्दार गरिसकेकी छिन । देशमा महा भुकम्प जस्तो प्राकृतिक महा विनासकारी प्रलय गएको बेला समेत उनले उत्कृष्ट सेवा राष्ट्रलाई प्रदान गरेकी थिइन र उनको सो कामलाई कदर गर्दै ,”अन्तराष्ट्रिय पिस आवर्ड” ले उनि सन् २०१६ मा सम्मानित भएकी थिइन । आफुले काम गर्दा पुरस्कारको लागि नसोचेको र राम्रो काम गर्दै जाँदा (N-Peace Award ) जस्तो पुरस्कारले सम्मानित हुन सफल रहेकी शर्मिलाले, आफुले कलिलै उमेरमा भिषण संघर्ष खेप्नु परेको कथा ब्यथालाई उनले सहभागीहरु बीच व्यक्त गर्दा ,भावबिभल भै रोइन र दर्शकलाई पनि रुवाइन । हेल्प भन्ने कुरा अरुले आफुलाई गर्दैन आफैले आफुलाई गर्नु पर्छ तब अरुको सेवा गर्न सक्षम भइन्छ । जे गर्नु छ साहस पुर्वक गर्नु पर्छ ,संघर्ष हो शर्मिला भनेको र हामि नारीहरुले पुरुष बराबरी अधिकार खोज्नुको साथै काम पनि बराबरी गर्नु पर्छ भन्दै ,आफुले बिगतमा भोगेका पीडाहरुलाइ शक्तिको रुपमा रुपान्तरण गर्न सफल रहेको जस्तो प्रेरणा मुलक मन्तव्य दुवारा सहभागीहरु माझ सकारात्मक संदेश सम्प्रेषण गरेकी थिइन ।
कार्यक्रमको अन्तमा आमन्त्रित अतिथिहरु ,सहभागीहरु तथा सम्पूर्णमा हार्दिक धन्यबाद ज्ञापन तथा समापन गर्दै अध्यक्ष राइले भन्नु भयो “एक नारीले अर्को नारीलाई सम्मान गर्न सिक्नु पर्छ ,नारी हकहितको लागि गरिएको हर मुद्दाको सवालमा एक ढिक्का भएर लाग्नु पर्छ ।उसको जिम्माको काम हो उसैले गरोस भन्ने स्वार्थि भावनालाई तिलान्जली दिदै सहयोगी ,साहसी बन्न सके निश्चय नै हामि नारीले आफ्नो व्यक्तित्व ,समाज र राज्यमा परिबर्तन ल्याउन सफल हुने छौ” । दिनको दुई बजे सुरु भएको कार्यक्रम साँझ आठ बजे समाप्त भएको थियो।
कार्यक्रम महासचिव बशुन्धरा याख्खा राइ दुवारा संचालन गरिएको थियो ।
– सुमीरा सुनुवार सचिव नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *