Recent Comments

नारी दिवस – आठ मार्च

17092179_980840188714633_1692661868_n

आज हामी २१औँ शताब्दीको युगमा आधुनिकताको जीवनशैली र विकासवादी सभ्यतासँग आफ्नो तालमेल मिलाइरहेका छौँ िहजारौँ हजार वर्षको पुरुष(गुलामीपश्चात नारी सशक्तिकरणले नारी सचेतनासँगै मुक्तितर्फ क्रमिकरुपमा परिवर्तनहरु आइरहेको पक्कै छ ितर पनि यो शताब्दीको आधुनिक युगले नवीन संस्कृतिमा जति नै अभूतपूर्व परिवर्तन देखाए पनि हाम्रो देशको सन्दर्भमा सामाजिक(सांस्कृतिक विचारधारामा लुकेको परम्परागत जडता यति बलियो छ कि राजनीतिक विचारधारा र कानूनी रुपमा देखिएको परिवर्तनले सन्तुष्टि दिन सक्ने अवस्था अझै सृजना हुन सकेको छैन िअझै पनि हाम्रो समाज पुरुषप्रधानताजस्तो संकीर्ण सोचबाट मुक्त हुन सकेको छैन िसिंगो मानव समाजको सारा सभ्यता, संस्कृति र सामाजिक बिकासमा नारी शक्तिको उतिकै योगदान छ जति पुरुषशक्तिको िनारीमा प्रेम, कोमलता, ममता, सहनशीलता, धैर्यता, करुणा, वात्सल्यता आदि अनेकौँ गुणहरु विधामान हुन्छन् िशक्तिको अभूतपूर्व स्रोत र जीवनदायिनी भनेर चिनिने मातृशक्तिको यो सारा सभ्यता, संस्कृति र सामाजिक निर्माणको क्षेत्रमा बराबरी सहभागिता हुन नसक्दा, नारीहरुको योगदान कम देखिएको छ पुरुषको दाँजोमा िआफूलाई सर्वश्रेष्ठ घोषित गर्दै हरक्षेत्रमा पुरुषले कब्जा जमाएको छ र एक्लो पुरुषशक्तिद्वारा निर्देशित समाजमा नारीहरुले आफ्नो उन्मुक्तिको निम्ति अविराम संघर्ष कोरल्नुपर्ने बिषयउपर बोध गराउँछ अन्तराष्ट्रिय नारी दिवस ( आठ मार्चले
िप्रत्येक वर्ष अङ्ग्रेजी महिनाको ८ मार्चको दिनलाई बिश्वभरिका महिलाहरुले, महिला हक हित र अधिकार सम्बन्धी मुद्दामा आधारित बिभिन्नखाले भेला, गोष्ठी नारी सशक्तिकरणर सचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै नारी दिवसको रुपमा मनाउँछन् िजसरी यस वर्ष पनि संसारभरिका महिलाहरुले ू१०७औंू अन्तर्राष्ट्रिय नारी दिवस मार्च आठलाई विभिन्न नारी जागरण कार्यक्रमहरुसहित धुमधामले मनाइरहेका छन् । उसो त पुरै हप्ता नारी दिवस सप्ताहको रुपमा महिला अधिकारसम्बन्धी चर्चा परिचर्चा गरिदै मानिने महिला दिवस अर्थात् ९इन्टरनेशनल वूमेन्स डे ० नै बिश्व महिला दिवस हो ।
प्रत्येक वर्ष मनाइने नारी दिवसमा एउटा एउटा मुख्य बिषय थिममा आधारित नाराहरु बनाइन्छ ि अन्तर्राष्ट्रिय नारी दिवसको यस वर्ष सन् २०१७ को अभियानको विषय – परिवर्तनको लागि साहस ूद्यभ द्ययमि ायच ऋजबलनभ स् ध्यmभल ष्ल तजभ ऋजबलनष्लन ध्यचमि या ध्यचप एबिलभत छण्(छण् दथ द्दण्घण्” रहेकोमा यसैको मूल आधारमा विभिन्न नाराहरु प्रष्फुटन गर्दै मनाइने क्रममा नेपालको लागि यो वर्षको थिम “बदलिँदो परिवेशमा कामकाजी महिला, सन् २०३० सम्ममा बराबरी पाइला” रहेको छ िप्रत्येक देशले आ(आफ्नै समसामयिक बिषयहरुलाई समावेश गरी नाराहरु बनाउने गर्दछन् । यो वर्ष २०१७ मा नेपालको लागि राष्ट्रिय नारा “महिला सम्मानको आधार स् सीपयुक्त हात र स्वरोजगार” ९महिला तथा समाज कल्याण मन्त्रालयरराष्ट्रिय महिला आयोगबाट प्राप्त० रहेको छ ि नारा बन्नु र बनिनु मात्र मुख्य कुरा भने हैन मुख्य कुरा त सहीरुपमा यी नाराहरुलाई नाराको रुपमा मात्र सिमित नराखेर कार्यात्मकरुपमा अगाडि बढाउनु सबैभन्दा महत्वपूर्ण रहन्छ ियसरी नारी चेतनासँग सम्बन्धित नाराहरु निर्माण भई वैचारिक जागरण भई आज १०७औँ अन्तराष्ट्रिय बिश्व महिला दिवसको तयारीमा आइपुग्नुको पछाडि, बिगतको साहसी महिलाहरुद्वारा गरिएको क्रान्ति र नारी जागरणको सिंगो इतिहास जोडिएको छ जसको बारेमा संक्षिप्तमा हामीले स्मरण गर्नेपर्ने हुन्छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको इतिहासलाई फर्केर हेर्ने हो भने बिगत सयवर्षभन्दा अगाडि प्रारम्भिक चरणको कालखण्डलाई हामीले स्मरण गर्नुपर्ने हुन्छ ि२९ फेब्रुअरि सन् १९०९ ताका, नारीमुक्ति आन्दोलनको सन्दर्भमा जसको प्रथम अध्याय लेखिने काम केही सामाजिक, जागरुक र चेतनशील महिलाहरुबाट थालनी भएको थियो ित्यसपछि सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा अन्तर्राष्ट्रिय महिलाहरुको बृहत भेला भएको थियो िजसमा १७ वटा देशका १०० जनाभन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो िपुरुषसरह श्रमिक महिलाहरुले समान ज्याला र सुविधाहरु पाउनुपर्ने, मतदानको अधिकार पाउनुपर्ने आदिजस्तो मुख्य मागहरु रहेको थियो िसदियौँदेखि नारीमाथि सामाजिक रीतिरिवाज, परम्पराको नाममा, धर्मको नाममा, जाति र वर्गको नाममा हुँदैआइरहेका बिभिन्नखाले विभेदहरु, लैँगिक र अमानवीय दुर्व्यवहारहरुको बारेमा खुलेर संघर्षको यात्रालाई अघि बढाउनेजस्ता साहसिक कार्यको थालनी भएको थियो ती अग्रज महिलाहरुबाट िजसको फलस्वरुप लैँगिक, सामाजिक, शैक्षिक, राजनीतिक, सांस्कृतिक, आर्थिकजस्ता विविध क्षेत्रहरुमा भएको शोषण, दमन र विभेदको विरुद्धमा आवाज बुलन्दित गर्दै, अन्तर्राष्ट्रियस्तरसम्म प्रभाव जमाउन सफल भए ती नारी अग्रजहरु िसन् १९११ मा यसप्रकारको महिला जागृतिले विभिन्न राष्ट्रमा एउटा क्रान्तिको आन्दोलन चर्काउन सफल भएको थियो र सोही समयमा पहिलोपटक अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रमको शुभारम्भ गराइछाड्यो उक्त क्रान्तिले ियही क्रमलाई निरन्तरता दिँदै रसियाका नारीहरुले १९१३ मा ८ मार्चको दिन नारी दिवस मनाए ियसै समयदेखि सबै युरोपेली राष्ट्रका नारीहरुले समेत मार्च ८ कै दिन नारी दिवसलाई मनाउन थाले महिलामुक्ति र संघर्षको अभियानलाई अगाडि सारेर िसन् १९१७ ताका आइपुग्दा रसियाका नारीहरुले विश्वयुद्धको विरुद्ध, शान्तिको निम्ति, रोटीको निम्ति, प्रेमको निम्ति, महिलाहरुको मत अधिकार आदिको निम्ति मार्च आठकै दिन, महिलामाथि भएको विभेदसम्बन्धी मुद्दाको आवाजलाई झनै बुलन्दित पार्दै लान थाले िजसको फलस्वरूप रसियाका नारीहरुले मतअधिकार सुनिश्चित गराउन सफल भएका थिए ियसरी नै सन् १९१७ देखि १९७६ सम्म मार्च आठले नारी दिवसको रुपमा निरन्तरता पाइरह्यो िसन् १९७७ मा संयुक्त राष्ट्रसंघले नारी दिवस मनाउने सबै राष्ट्रका प्रतिनिधिहरुलाई बोलाएर अन्तराष्ट्रिय बृहत सभा गराई, आठ मार्चकै दिन प्रत्येक वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै आधिकारिकरुपमा घोषणागरेको थियो ित्यसपश्चात आठ मार्चमा मनाइने उक्त नारी दिवसले बिश्वब्यापी रुप लिंदै आजको अवस्थासम्म आइपुगेको हो चेतनशील र जागरुक नारीहरुको दरिलो पाइलाको झड्का ले गर्दा ।
नेपालको सन्दर्भमा भने ३५ औँ वर्षको हाराहारीमा आइपुगेको अवस्था छ नारी दिवस मनाउने सिलसिला िमार्च आठको दिन हाम्रो देश नेपालमा पनि नारीहरुलाई सरकारी बिदा हुन्छ र नारी अधिकारसँग सरोकार राख्ने विभिन्न संघसंस्थाहरुले नारी जागरणसम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गर्ने गर्दछन् । ठूल्ठुला कार्यक्रममा गहकिला भाषण ठोकिन्छन् । राष्ट्रियदेखि अन्तराष्ट्रियस्तरसम्मका साहसी नारीहरुको चर्चा परिचर्चा गरिदै, विभिन्न क्षेत्रमा आफ्नो परिचय स्थापित गरिसकेका नारीहरुको गुणगान गाएर भब्यसँग आठ मार्चलाई उत्सवकै रुप दिएर मानिन्छ । तर वर्षको एक दिन सिमित सहरी क्षेत्रमा नारी दिवसको अभियान चलिरहँदा दुरदराजका महिलाहरु आफ्नो अस्तित्वको बिषयमा अझै कति अनविज्ञ छन् िधेरैलाई अझै थाहा छैन अर्थ नारी दिवसको र यसको नालीबेलीको, नारी चेतनाको, जानकारी भएपनि अनुभूति छैन समानताको, सहअस्तित्वको िपुरुषवादी सत्ताको जाँतोमा पिसिएको एक पाङ्ग्रामा चलेको समाजभित्र जन्मदेखि मरणसम्म नारीले अनेकौँ प्रताडना खप्नुपरेको छ िजन्मदै बुहार्तनको शिक्षा र दीक्षामा होमिनुपर्ने उनलाई सबै समस्याहरु लुकाउने, भारीभन्दा भारी दुस्ख पीडाका बोझहरु उठाउने, अरुको खुसीको लागि पूरा जीवन समर्प्रित गर्न सक्ने दक्षता नै आफ्नो धर्म ठान्ने मानसिकताले चपेटमा पारेको हुन्छ िधर्म र संस्कृतिको नाममा विभिन्नखाले उचित अनुचित नियमको साङ्ग्लोमा नारीले नै ज्यादा जकडिनु परेको छ । शिक्षाको क्षेत्रमा समाज समयसँगसँगै उदारवादी र परिवर्तित भएपनि, राम्रो घर र वरसँग विवाह गराउनकै निम्ति छोरीलाई उच्चशिक्षा हासिल गराउने मानसिकता छ अझै । डोको नाम्लो बोक्दै, कोक्रो हल्लाउँदै, चुलाचौका सम्भाल्दै, कलम चलाएर हर क्षेत्रमा आफ्नो क्षमताको प्रदर्शन गर्न सक्छिन्, घर समाजदेखि राज्यको हर तह तप्कामा आफ्नो योगदान पुराउन सक्छिन् नारीले भन्ने कुरा स्विकार्न सक्दैन भालेसत्ता समाजले हामीकहाँ । जबसम्म यो मानव सभ्यतामा, संस्कृतिमा, राज्यको हर निकाय क्षेत्रमा नारीजनको सहभागिता अथवा मातृशक्तिको योगदान पुरुष बराबरी पुग्दैन तबसम्म प्रेम र शान्तिको सम्वृद्धि र सन्तुष्टिको उदय विश्वमा हुन असम्भव छ । एक्लो पुरुष शक्तिद्वारा चलायमान बिश्वजगत प्रेम र कोमलताबाट, धैर्यता र करुणाबाट पर छुट्न गएको छ । नारी र पुरुष रथका दुई पाङ्ग्रा, एक अर्काका परिपूरक र सहअस्तित्व हुन् तर रथको एक पांग्रा मात्र सबल हुँदा, अर्को दुर्बल हुँदा यो सिंगो समाजले ठूलो दुर्घटनाहरु ब्यहोर्नु परेको छ । जहाँ कोमलता र सहनशीलता, करुणा र प्रेमले सघनता पाउँदैन, बल, बुद्धि र तर्क मात्र हावी हुन पुग्छ, हृदयभन्दा बढी मस्तिष्कले एकल निर्णय गर्छ, बस असमानताको कुरुप रेखाहरु त्यही कोरिन पुग्छन् । यही नै कारण पुरुष कठोरताद्वारा नारी कोमलतामाथि सदियौँदेखि प्रताडित हुँदै आइरहेको देख्न र बुझ्न सकिन्छ । नारी र पुरुषको, हृदय र मष्तिष्कको दुबैको सामन्जस्य जब मिल्छ तब मात्र यो सारा जगत सुन्दर अनि आनन्द प्रदायक बन्छ । नारीमाथिको हिँसा विभेद प्रकृतिकै अपमान हो जुन मानव सभ्यता र संस्कृतिकै लागि घातक छ । यदि प्रकृतिमा पनि अधिक हस्तक्षेप भएमा महाप्रलय उरालेर प्रकृतिले उन्मुक्तिको निकास अवश्य खोज्नेछ । यसरी नै बुझ्नुपर्ने हुन्छ नारी मुक्तिसँग जोडिएको आठ मार्च अन्तराष्ट्रिय नारी दिवसलाई पनि ।
त्यसो त उक्त अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएर नारी सशक्तिकरणको नमुना बन्न सफल प्रेरणादायिनीहरुलाई पुरस्कृत र सम्मानित पनि गरिन्छ । तर यो सानो सिमित पाटोले देशभित्रका, सबै वर्ग क्षेत्रका नारीहरुलाई समेट्न पटक्कै सक्दैन । सत्य कुरा त एक सम्भ्रान्त र सुशिक्षित नारी, कथित उच्च जात र वर्गको नारी, सामान्य मजदुर नारी र समाज, पुरुष र राज्यद्वारा नै विभेदमा परेका उत्पीडित, सिमान्तकृत आदिबासी नारीहरुको समस्या कदापि एकै कित्तामा राख्न मिल्दैन । तथापि नेपालको सन्दर्भमा नारी दिवसलाई महिलाहरुको समस्या समाधान र नारीमुक्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको तीन दशक कटिसकेको अवस्था भए पनि समग्र नारीहरुलाई समाज र राज्यले गर्ने विभेद र हेर्ने दृष्टिकोण उस्तै हुनाले समस्या जहाँको तहीँ छन् िजबसम्म राजनीतिक र सामाजिक सचेतनाको माध्यमबाट गम्भीर कदम चालिदैन तबसम्म नारी दिवस सहरिया नारीहरुबीच मंचको उत्सव मात्र बन्ने छ िसमाज निर्माण र राष्ट्रहितको निम्ति लैँगिक विभेद र पुरुषवादी सोच मुख्यरुपमा अनुचित छ िअनि जबसम्म एक नारीबाट अर्को नारीलाई सम्मान गर्ने संस्कारको अभ्यास गरिदैन तबसम्म जति नै पटक नारी दिवस मनाए पनि, लैँगिक विभेदको यो ज्वलन्त मुद्दा, सामाजिक चिन्तकहरुको लागि र समग्र नारीहरुको निम्ति चुनौती नै बनिरहन बेर छैन । त्यसैले यो १०७ औँ नारी दिवसमा सबै नारीहरु एकजुट हुँदै, एक नारीले अर्को नारीलाई सम्मान र सहयोग गरौँ, पछि परेका नारीहरुलाई आफूसँगै डोर्याुऔँ र अघाडि बढेका नारीहरुलाई फलो गरौँ यस्तै संकल्पले हामी आफ्नो स्वतन्त्रता, शारीरिक सुरक्षा, सामाजिक सुरक्षा, कानुनी सुरक्षा, शैक्षिक र आर्थिक अवसर, राजनीतिक नेतृत्व आदिजस्तो हरक्षेत्रमा समान अधिकार सुनिश्चित गर्न सक्नेछौँ । अनि हामी नारीहरुले भुल्न नहुने पाटो हो आफ्नो नितान्त भिन्न नारीको अस्तित्व, नारीको गुण, नारीको महिमा र गरिमा आदि । पुरुषसरह बराबरीको अधिकार हामी नारी बनेर नै लिन सक्छौँ । पुरुषसँगको प्रतिस्पर्धा नारीको निम्ति कतिपय ठाउँमा असहज हुन सक्छ, अशोभनीय लाग्न सक्छ स्थिति र बिषय पहिचान गरेर अगाडि बढ्नुपर्ने हुन्छ । त्यसैले आफ्नो अस्तित्वमा सान गर्दै, आफ्नो अपरिमित शक्ति र साहसको सम्मान गर्दै, नारीको प्रगतिमा आउने हर बाधा र चुनौतीको हर स्थितिलाई सामना गर्ने संकल्पको साथ वर्षको अभियान ूपरिवर्तनको लागि साहसू लाई आत्मसात गर्दै नारी दिवस मनाऔँ । प्रत्येक वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मान्नुको पछाडि कुनै खुशियालीको उत्सव थिएन र छैन पनि तर कामना गरौँ भविष्यमा खुशियालीको उत्सव बनोस् भनेर । १०७औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना ( देशभित्रका, विश्वभरिका नारीहरुलाई, नारी शक्तिलाई सम्मान गर्ने मनहरुलाई !!!

Share

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives
Facebook