All about Sunuwar

कञ्चना सुनुवार स्मृति सभा सम्पन्न

kanchanaकाठमाडौं । कञ्चना सुनुवार स्मृती कोषको सहयोग रकम रामेछापका सरोज सुनुवार लाई हस्तान्तरण गरिएको छ । सुनुवार सेवा समाज केन्द्रिय समितिको कार्यालय कोटेश्वरमा आयोजित स्वर्गीय कञ्चना सुनवारको स्मृति सभामा कोषको बार्षिक ब्याजबाट रामेछाप जिल्ला फर्पु–८ का सरोज सुनुवारलाई रु. १४,०००÷– सहयोग प्रदान गरियो । आर्थिक अवस्था नाजुक भएका सरोज सुनुवार जण्डीस रोग बिग्रिएर कलेजो र मृगौला दुबै खराब भई लामो समयदेखि अस्पतालमा उपचार गराईरहेका छन् ।

सहयोग रकम हस्तान्तरणका क्रममा कार्यक्रममा सहभागीहरुबाट पनि व्यक्तिगत रुपमा सहयोग प्रदान गरिएको छ । जसमा सुसेसका उपाध्यक्ष अमृतबहादुर सुनुवारबाट रु. एकहजार, सुसेस रामेछाप जिल्ला चन्द्र सुनुवारबाट रु. एकहजार, फर्पुका पूर्णबहादुर सुनुवारबाट रु. एकहजार, नैना सुनुवार, सुमित्रा सुनुवार, सविता सुनुवार र शुशिल महतबाट क्रमशः रु. पाँचपाँचसय प्रदान गरियो ।

सभामा कञ्चना सुनुवारका तर्फबाट अमृत बहादुर सुनुवार स्मृति सभाबारे प्रष्ट पार्दै आगामी दिनमा कार्यक्रमलाई अझ भव्य रुपमा आयोजना गर्ने कुरासमेत बताए । सुनुवार सेवा समाजमा यो नै पहिलो स्मृति कोष स्वतः स्फूर्त रुपमा स्थापना गरिएको कुरा पनि बताए ।

बिरामीको आर्थिैक अबस्था अत्यन्तै नाजुक देखिएको उक्त रकम हस्तान्तरण गरिएको कोष संचालक समितिका अध्यक्ष प्रितीसिंह ठकुरी सुनुवार ले बताए । मन्तव्यका क्रममा सुनुवार सेवा समाज निवर्तमान अध्यक्ष मनप्रसाद सुनुवारलगायत सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारसमेतले मन्तव्य राखेका थिए ।

दोलखा जिल्ला हावाँ गाबिस स्थित पिता होम बहादुर सुनुवार र माता पदममाया सुुनुवारको कोख बाट २०५१ साल फागुन १० गते जन्मिएका स्वर्गिय कञ्चना सुनुवारको ब्रेनको समस्या भई उपचारको क्रममा न्युरो अस्पताल बाँसबारी काठमाडौं स्थित २०७१ साल मंसिर २८ निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *