All about Sunuwar

युवा महासंघमा अध्यक्ष पूर्ण राई

16681565_400753883609238_3855811929741057850_n-सुजता सुनुवार/इलाम माघ २९
नेपाल आदीवासी जनजातिका पहिचानको मुद्धा रहरले होइन बाध्य भएर उठाउन जरुरत भएको नेपाल आदीवासी जनजाति केन्द्रिय उपाध्यक्ष किरण सुनुवारले बताउनु भएको छ ।
नेपाल आदीवासी जनजाति युवा महासंघ नेपाल इलामको आज सम्पन्न दोस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले भष्मेखोरिया फाडेर बस्ती बसाल्ने जनजातिलाई संविधानमा जुन रुपमा परिभाषा गरिएको छ त्यो गलत रहेको धारणा राख्नुभयो ।
यस्तै युवा महासंघका केन्द्रिय उपाध्यक्ष राम कुमार राईले सैद्धान्तिक मात्र होइन व्यवहारिक तवरले अघि बढ्नु पर्नेमा जोड दिनु भएको छ । जिल्ला महासंघका अध्यक्ष संगीता थामीको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष राम राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्घाटन सत्रमा केन्द्रिय महासचिव सुदर्शन चौधरी , आदीवासी जनजाति महिला महासंघका सचिव देवी सुनुवार , किँरात राई यायोख्खाका प्रविना राई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यता अधिबेशनले पूर्ण राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षद्धयमा सुसन बम्जन तामाङ्ग, प्रविन सुनुवार, सचिवद्धयमा सन्तोष लिम्बु, इस्मायल राई , सहसचिवमा अनिता मगर , कोषाध्यक्षमा सञ्जिका थामी चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा कृष्ण श्रेष्ठ, जीवन थामी, अर्जुन मगर र हुकुम थामी रहनु भएको पुर्व अध्यक्ष संगीता थामीले जानकारी दिनुभयो । सहभागी नभएका प्रत्येक जातिय सस्थाका प्रतिनिधिलाई आगामी बैठकमा सहभागी गराउने वर्तमान अध्यक्ष राईले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *