All about Sunuwar

प्रधानमन्त्रीले तोप होइन, अधिकार दिने प्रतिवद्धता दोहोर्याउनु भयो ।

tamang-ghedungमिङमा सिं तामाङ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङहरुलाई अधिकार दिन तयार रहेको बताउनु भएको छ । प्रदेश नम्बर ३ को भेला काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्रीले तोप होइन, अधिकार दिने प्रतिवद्धता दोहोर्याउनु भयो  । उहाँले भन्नु भयो ‘ल्होछारमा तोप पड्काएर काम छैन्, अधिकार दियो भने काम हुन्छ ।’
भेलालाई सुरुमा नेपाल तामाङ घेदुङको केन्द्रीय अध्यक्ष मोहन गोलेले ल्होछारमा टुडिखेलमा तोप पड्काएर प्रधानमन्त्रीज्यूलाई सलामी गर्नुपर्ने भन्दै माग राखेका थिए । प्रधानमन्त्रीले भेलाको सफलताको शुभकामना दिनु हुँदै आदिवासी जनजातिको कार्यक्रमहरुमा सरकार पनि मिलेर भव्य रुपमा मनाउने बताउनु भयो । उहाँले भन्नुभयो–माओवादीको दशबर्षे जनयुद्ध सफल पार्नमा तामाङहरुको बिशेष योगदान रहेका छ ।
भेला सुरु हुनुअघि दिउँसो १२ बजे काठमाडौंको भृकुटीमण्डपबाट भव्य र्याली शुरु भई सहिदगेट, एनएसी भवन, भोटाहिटि, जमल हुँदै कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइपुगेको थियो । र्यालीमा बृहत ताम्सालिङ प्राप्तीका नाराहरु लगाईएको थियो । नेपाल तामाङ घेदुङ– जिन्दवाद, तामाङ एकता – जिन्दवाद, तामाङ घेदुङ एक हौऔँ – एक हाँऔं, तामाङ युवा एक हौऔँ – एक हौऔँ, ताम्सालिङ विरोधि होसियार – होसियार होसियार, ताम्सालिङ प्रदेश घोषण गर – घोषण गर, पहिचान, संघिय संरचना कायम गर– कायम गर.., राष्ट्रिय जनवार गाई खारेज गर – खारेज गर, ताम्सालिङ बिनाको संविधान मान्दैनौं – मान्दैनौं, समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर–सुनिश्चित गर, आई एल ओ १६९ कार्यान्वयन गर– कार्यान्वयन गर, सरकार र ताम्सालिङ संघर्ष समिति बीचको सहमती कार्यान्वयन गर– कार्यान्वयन गर जस्ता नाराहरु लगाईएको थियो । र्यालीमा विभिन्न भाषिक संघसंस्था, तामाङ डाजाङ, तामाङ सेमलेङ न्हान, नाङसाल क्लब नेपाल लगायत संघसंस्थाहरुको ब्यानरसहित सहभागीता रहेको थियो ।

र्यालीमा घेदुङकै साँस्कृतिक विभागका साँस्कृतिक टोली, तामाङ कलाकार संघ, विभिन्न जिल्लाका घेदुङका समितिहरु, विद्यार्थी घेदुङ, महिला घेदुङ, युवा घेदुङ लगायतका संस्थाहरुको ब्यानरसहित सहभागीता रहेको थियो । भेलामा तामाङ कलाकारहरुले गीतहरु प्रस्तुत गरेका थिए। प्रादेशिक भेला उद्घाटन शत्र सकिएपछि बेलुकी ६ बजेबाट बन्दशत्र तथा प्रशिक्षण कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *