sunuwar.org
Recent Comments
Gallery

दसै वहिस्कार गर्नु भन्दा…

-Jesho mi Ngawach
दसैको विवाद भैरहेको वर्तमान समयमा हामीले के बुझ्न खिजेका छैनौ भने दसै वहिस्कार या नमान्ने कुरामा भन्दा दसैलाइ दसै किन भनियो भनेर पहिला प्रस्न गर्न जरुरी छ। दसै किरात भुमिमा मौलाएको हिन्दु सस्कृती हो। यस्लाइ किरातहरुको पर्व होइन भन्ने आधार धेरै छन। तर दसैको मात्रै कुरा गर्दा हाम्रो मौलिक र प्राकृतिक किरात पर्व ओझेलमा पर्दछ। किरातहरु युद्द र युद्दबाट विजयी भएर कुनै पर्व मनाएको पाइदैन। युद्दकला को वर्णन गरिए पनि धेरै जसो आफू कहाबाट आएको? हामी के थियौँ? हाम्रो इतिहास के हो? हामीले के गर्नुपर्छ? आदि इत्यादि ऐतिहासिक घटनाक्रम को मात्रै वर्णन किरात सस्कृतिले गर्छ। तेसैले दसै वहिस्कार गर्नु भन्दा आफ्नो वास्तविकतालाई नै पहिला एकिन गर्न जरुरी छ।

दसै आफैमा विजय पछि मनाइने उल्लासमय चाड हो। यस्को प्रकृति हेर्दा यस्तै लाग्छ।रगतकै खोला बगाएर रगतले नै विभिन्न स्थान रङ्गाउने अनि अस्त्र प्रदर्सन गर्नु दसैको मौलिकता हो। यो क्षेत्रीय परम्परा हो। अर्कोतिर हामी किरातिहरु प्रकृतिको उपासक हौँ। यस्मा दुइमत छैन।पित्री र प्रकृति पुज्नु नै किरात को प्रमुख पहिचान हो। अन्नबाली लगाउदा, अन्नबाली स्याहार्दा हामी किराती खुसियाली मनाउने गर्दछौँ। यस्तै हिन्दु सस्कृती दसै र किरात सस्कृती फसल भित्र्याउने पर्व एकै समयमा पर्दछन। किरात भुमीमा हिन्दु सस्कृतिको आगमन पछि मात्रै भएको इतिहासले एकिन गरिसकेको छ। यस दृष्टिकोणबाट हेर्दा पनि हिन्दु सस्कृती दसै किरात सस्कृती अन्न भित्र्याउने पर्वसंग मिसिएको भनेर ठोकुवा गर्न सकिन्छ। हिन्दु धर्म अनुयायी सासकहरुको धएअपकड को कारण दसैसंग मिसिन पुगेको किरात प्राकृतिक पर्व हिन्दुकरण हुँदै गयो। नेपाली भाषी साहित्यकारहरुको लेखहरुको आसय हेर्दा,बुझ्दा हामीले यो निस्कर्स निकस्ल्न समय लगाउनु हुन्न कि हिन्दु सस्कृती अरु सस्कृतीको अस्थित्वमा धावा बोल्न कुनै पनि हालतमा पाछी पर्दैन थियो।तेस मध्य किरातहरुको प्रमुख चाड हिन्दुकरण हुन थाले। मानिस एकैपटकमा मानिस हुदैन। उ मानिस हुन पहिला कुनै समुदायको एउटा सदस्य हुन्छ अर्थात उ पहिला कुनै जातिको सदस्य हुन्छ।फरक फरक जाती समुदायको मिलन नै सद्भावयुक्त समाज हो। तेसपछी मात्रै उ कुनै देसको नागरिक हुन्छ।उसलाई त्यहासम्म आइपुग्न धेरै नीति नियम अबलम्बन गर्न आवस्यक हुन्छ। आफ्नो सस्कृती,भाषा र सभ्यताको पाठ उसले राम्रोसँग अंगिकार गरेको हुनुपर्छ। सस्कृती,भाषा मध्य कुनै पनि एक पक्ष नभएको खण्डमा तेस्तो मानिस घुमन्ते हुन्छ। उस्को समाज हुन्न।राष्ट्र हुन्न।कुनै पनि जाती समुदायको अस्थित्वलाई सखाप पार्न त्यो समुदायको सस्कृती तहसनहस पर्न जरुरी हुन्छ। किन कि सास्कृतिक अतिक्रमण छिटो माध्यम पनि हो। यहि रणनीति लागू गरेर हिन्दु सज्कृतिले किरात सस्कृती माथी अतिक्रमण गरेको हो भनेर भन्न सकिन्छ। यस अर्थमा किरात पर्व जहाको तेहि छ। समय उस्तै हो। परिस्थिति र परिवेश उस्तै हुन। जहाँ अहिले दसै विराजमान छ। किन कि किरातिहरु वालिनाली भित्र्याउदा भव्यताका साथ खुसियाली मनाउने गर्दछन। किरातिहरुले आफ्नो गोठमा उत्पादन गरेको दहि र नया चामल मुछेर निधार भरी टीका लगाउने गर्दथे। यो मनगढन्ते तर्क होइन। समय, रिति र प्रकृतिको नियमलाइ बुझ्दा यस्तो हो भनेर भन्न सकिन्छ। अझैसम्म पनि गाउँ घरमा गोठ धुप गरिन्छ। गोठधुप गर्दा खिर पकाएर खाने चलन छ।

दसै वास्तविकता मा पछि न्वारन गरिएको नाम हो। दसै हुनुभन्दा पहिला सायद न्वागी हुनुपर्छ। त्यही न्वागिलाई हिन्दु सस्कृतिले विजया दसमी बनाइदिए को हो। न्वागी को अर्थ नया वाली भित्र्याउदा प्रकृति र पित्रीलाई नया अन्न समर्पण गर्नु हो। यो कुनै युद्द विजयको पर्व नभएर न्वागी पर्व हो भनेर भन्न सकिन्छ। यस्मा हिन्दु सस्कृतिले व्यापक अतिक्रमण को कारण न्वागी पर्व ओझेलमा पर्न गयो। प्रकृति र पित्री लोप हुन पुगे र हिन्दु देवि देउता राम,दुर्गा जोडिन पुगे। रातो रगत र तेस्को प्रतिकको रूपमा रातो रङ्ग पहिचान बन्न थाले। दहि र चामले मुछिए को टिकामा रगत को प्रतीकको रूपमा रङ्ग मिसिन थाले।

दसै वहिस्कार गर्नु केही हदसम्म जायज होला। तर यतिले मात्रै हामिले पर्याप्त उपलब्धि पाउन सक्दैनौं । दसैले थिचेको हाम्रो आफ्नो प्राकृतिक पर्व न्वागी लाई पुनर्जीवन प्रदान नगरेसम्म दसै पलायन हुन सक्दैन। दसैसंग टाढा हुनको लागि हाम्रो युग बोकेर सिथिल बनेको चाडलाई छिटोभन्दा छिटो जीवन प्रदान गरे* पछि,उधौली/उभौलीको वास्तविक अस्थित्व प्रकासमा आए पछि मात्रै दसैले हामीबाट विदा लिने छ। दसै हामिबाट जनु र नजानुमा किरात समुदाय र किरात सस्कृती नै कारक तत्व हुनेछ।

Share

One Response to “दसै वहिस्कार गर्नु भन्दा…”

  • Padam Kumar Sunwar jespucha Suryebangsi kirati:

    जेशो मि
    नी बलेतेने हिनी दे मारेमे
    गो बलेचा सुरु पंग नु आँके परिचय पहिला नु अँ-तिम-मि यो बलेनुंग हजुर सुरु पात मूल/
    जोसी जिउ नमस्कार सर्ब प्रथम/ मा पदम कुमार सुनुवार जेस्पुचा सुर्य बंग्सी किराती ( बेलायेत ) हजुर / हो ठिक कुरा गर्दै हुनु हुन्छ मैले पढे तपाई को लेख को केहि कुरा / सहि कुरा गर्न नादराउनूस कुरो प्रस्ट छ हो तेही हो कुरो/खै बुझेका छन् हाम्रा कोइच हरु ले केहि कुरा गरे बुझनु सुझ्नु छैन को छन् कोइच हरु तेती पढे लेखेका देख्दीन मा-त/अनि रिसाउनु को अर्थ केहि देखादिना ढुक-क लेखानुहोस कोहि कसै-ले बुझेकै छैनन् सुनुवार को बिशयेमा अनि चासो पनि छैन भने रिसाएको अर्थ के / भन्दै छु मा खालि हात आएका हरु लाई हाम्रा बा हरु ले दिएका भुमि को लाल पुर्जा अनुसासन अनि बुझनु पर्ने कसले/ लालपुर्जा हिजो पौने ले कि लालपुर्जा दिने ले हो यो कुरा बुझनु अवासेकता छ/तेसै-ले को कसले के के गरे कोइच हरु-ले पहिला खै बुझेका कोइच हरु-ले/कसरि लडे सासकिये हरु संग जो जसले नेपाल मा पदना लेखन हात काटी दिदै पदना लेखन बन्देज गराए क थिए खै बुझेका एस्त कुरा हुन्छा ढोल मात्रै बजाएर तेस्को पनि अर्थ त पाक-कै छ होला/लौ हेर सुनुवार सेवा समाज को भवन बनायो तेस्को अर्थ नै छैन बुझे को कति बर्ष बिति सक्यो बिरामी बोक्ने सुब भेन किनी दियो छैन तेस्को अर्थ बुझे को येस्ता महामुली कुरा पनि बुझेकै छैनन् अझै हेर हरि बिजोग ति सुनुवार समाज का लागि चाहिने समान हरु अनि अरु के गर्नु कुरा/उखान हुन्छ होला एस्त कुरा गर्दा नरिसाउनु होला/को हुन् बिर्ख बहादुर सुनुवार चिने कै छैनन् अझै जुन नेपाल का पढे लेखेका देखे हात काटी दिने सास्किये संग कसरि लडे कसरि हटाउन सफल भए अनि अहिले कति बर्ष मात्रै हुदै६ नेपाल मै हात काटी नमागी आफनै मुलुक मा बनारस नगई नेपाल मै पदना लेखन पाए को बतौनुहोस मलाई आज्ञा सुनुवार बुझने बन्दु हो /सम्झना लग्छ मलाई सुनुवार गएक पन्ड़प सुनुवार ले भनेको कुरा सुन्छु मा चण्डी पाठ बात वा भारत मा बाहेक कहाँ थियो स्कुल नेपाल मा/यिस्मरण रहोस उहा आजा भगवान कहाँ हुनु हुन्छ/ दुख लग्छ थिए नि धोको तेतिबेला का हाम्रा कोइच हरु पनि खै अहिले का हरु ले बुझेका एस्त कुरा तेही हैन उनकै बुबा धोक्रे मुखिया ओखल्धुनागा का के थियो बिर्ख बहादुर अनि धोक्रे मुखिया का समन्ध हो तेसै ले छिन्-नु पर्छ आफनै कोइच पहिला भन-ने मेरो कुरा/तेसो भन्दा नरिसाउनु होला कोइच हरु ले पहिला देखिने आफ्नु भुमि अनि तेस्त सास्किये हरु बाट आफना पछिका लागि आफनै टाउको को मुल्य को पैसा ति सासकिये हरु ले असुले पनि जाने ठाउँ अनि पढेर सिक्छे लिने अनि बन्दुक को पनि सिक्छे पौने ठाउँ त उही भर्ति नै थियो रहेछ-नि तेतिबेला/तेसै-ले ति बिर्ख बहादुर सुनुवार जस्ता ले सिन्धुली दोलखा रामेछाप को कमाण्ड गरेर सुरक्छे नगरेर नबचाएको अनि ति हात काट्ने सास्किये हरु को जित हुने थियो भने कहाँ सासन छाड्ने थिए होला अनि हामि कुन यिस्थिति मा रहनु पर्ने थियो किरात बाट ३ किरात सुनुवार रे लिम्बु मा विभाजित भो ३ ठाउँ मा विभाजित भो वोल-लो किरात मझ किरात अनि पल-लो किरात अ ब सोचानुहोस ति सास्किये हरु संग दोलखा सम-मा लडेकै हुन् अनि पो अहिले हामि कोइच येसरी हाम्रो परिचान को मतलब बुझने मौका पयेकछौ अनि अझै कोइच को कुरा गरे हिजो ति बिर्ख बहादुर सुनुवार जस्ता को पल देखि सुरुवात भएको पडन भनेर थाहै छैन अझै खोयो कहाँ छ प्रमाण अनि लिखित मा भन-ने प्रस्न आउन सक्छन हरेक लाई हिजो जन्मेर पदने हरु-ले अ ब भन-नुस कोइच भाषा बाट तेस्ता लाई किराती को सासन मन्तर को सासन थियो किराती हरु-ले कसम खुलाएर तन्त्र का सासकिये लाई छाडी दियो हिजो मात्र बिर्ख बहादुर सुनुवार जस्ता ले पड़ना पाउनु पर्छ भनेर लडाई गरेर जिते पछि पड़ना लेखन सुरु भएको हो/ भन-नु पर्यो अनि कोइच भाषा सिकाउनु पर्यो
    ( ने देस्यो मारहो ) भन्दा सबै ले आफ्नु सरिर को ग्यनिंद्रे घोचेर यो हो भन-ने सम-मा बनाउनु पर्यो अनि ( ने देस्यो नाख मात्रै हैन कोइच जाति ले बुझनु पर्ने आफ्नु यिज्येत लाई पनि भनिन्छ तर सब्द अनुसार बुझनु पर्ने हुन्छ ता कि पढेको छु भन-ने सुनुवार हु भन-ने खस खस भाषा पढेर अनि हो एस्तो आफ्नु कुरा गर्दा लिखित खोज्ने नहोस भन-ने मेरो पनि सोचाई हो / तेसकारण अ ब दशैँ को बिशाये मा औतई दाजु कर्मचारी अनि मिलिटरी मा जागिर खाने अनि जागिर नखाने भाई-भाई बिच औतई घर मा मिलेकै छैन कुरो यो कस्तो अनौठो सास्किये हरु-ले हेर एस्तो आफ्नु सासन सजिलो को लागि १० दिन छुट-ति अनि भात-ता पनि कस्तो मुर्ख बनाएको कुनै कतै पाउनु हुन्-न संसार मा येति धेरै लामो छुट-टि तेही पनि कसै-लाई तलबी छुट-टि छैन नाजागिरे लाई न तलब न भात-ता यो सोचेर सोचन नसकिने बिशाये यो पनि देखिए को छ/एउट्यी घर दायि कर्म चारी को माला-माल भाई नकर्म चारी को घर खेत एस्त कुरा ले नै प्रस्ट हुने कुरा हो/तेसै ले आफ्नु धर्म नै आफ्नु हिजो लेखि आएको कर्म हो जस्तै मैले लेखेको मेरो नाम मेरो पुर्क्हस हरु-ले मेरो नुवारण को दिन मा मेरो घर को धुरी मा तुकरेको नाम मैले लेखेको हो ता कि बुडो उमेर मा बिदेशी हरु ले राखेको नाम हैन अनि हुनु हुदैन हाम्रो कोइच हरु को चलन अनुसार हजुर हो येस्तै एस्त देखेको कुरो सोझै लेखने चलन छ यो पदम को हजुर आजा लाई येति मयिब्या कोइच पुकी कोम-मेन्ट पढेर नरिसाउनु होला भनि हाले देखेको कुरा सोझै लेखने मानिसह हो भनेर छिन्-ने हुन्छ रिसाउनु को सात-टो हस्त मेरो आजा लाई येति १० औला जोडी हजुर हरु लाई सेउ हजुर

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives
Sekuwa
advertise
Facebook