All about Sunuwar

गीता सुनुवार वचाउ अभियानलाई थाँति

सुनुवार डट ओआरजी समाचारदाता ।
सुनुवार सेवा समाज, कोलबुङ गाउँसमितिका कोषाध्यक्ष टिका सुनुवारको श्रीमती गीता सुनुवारका लागि रु. १७७, ६७० सहयोग प्राप्त भएको छ । सुनुवार सेवा समाज जिल्ला समिति इलाम र कोल्बुङ गाउँ समितिको मिर्गौला पीडित गीता सुनुवारलाई सहयोग गर्न आव्हान गरे अनुसार सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौंका कोषाध्यक्ष रमा सुनुवारले चलाएको मृर्गौला पीडित गीता सुनुवार सहयोग अभियानका लागि उक्त रकम प्राप्त भएको हो ।
वि.पि.मेमोरियल अस्पताल धरानमा डाइलासिस गरिरहेको गीता सुनुवारलाई उक्त रकमले ३५ पटक डाइलसिस गर्न पुग्छ । हप्तमा दुईपटक डाइलसिस गर्दा पनि सो रकमले साँढे चार महिना डाइलसिस गर्न सहयोग पुग्ने भएको छ । चार महिनाभित्रमा उनको मृर्गौला फेर्न वैकल्पिक उपाय अप्नाउन सकिने सुसेस इलाम जिल्लाका अध्यक्ष तथा सुसेस केन्द्रीय उपाध्यक्ष किरण मुखिया सुनुवारले बताउनु भयो । उहाँ अगाडि थप्नुहुन्छ, सुनुवारलाई आपतविपत पर्दा सबै सुनुवार चुप लागेर बस्न सक्दैनन् । कुनै पनि सुनुवारलाई परेको चोट प्रति सुनुवारहरु सबैको मनमा चोट लागेको अनुभूत गर्नु सकारात्मक कुरा हो । यही अनुभूतिले मर्महत भएर देशविदेशबाट सहयोग गर्नु हुने सम्पूर्ण सहयोगदाताहरुमा इलाम जिल्ला सुनुवार सेवा समाज तथा कोल्बुङ गाउँ समितिको तर्पmबाट हार्दिक धन्यवाद ज्ञापनसहित गीता सुनुवार बचाउ अभियानलाई यहीँ थाँति राखेको जानकारी गराउँदछु । मृर्गौला प्रत्यारोपण गर्नको लागि आर्थिक अभाव भएको खण्डमा हामी फेरि पनि यहाँहरुको माया ममतालाई उच्चा कदर गर्दै सार्वजानिक आव्हान गर्ने छौं ।
मानवीय नाताले यो अभियान चलाएको हुँ । त्यसमा पनि म आपैंmपनि सुनुवार सेवा समाजमा आवद्ध भएको हुँदा पनि यस अभियानलाई अगाडि बढाएको हुँ । गीता सुनुवार बचाउ अभियानमा जुन, जहाँबाट जे जति सहयोग गरिदिनु भयो । सबै सहयोगदाता दाजुदिदीहरु प्रति हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यहाँहरुको अमूल्य सहयोगलाई सबै मानवताप्रेमी महानुभावहरुले सह्राना गरिरहनेछन् । उहा (गीता सुनुवार) को जीवनरक्षाको लागि सुनुवार सेवा समाज इलाम तथा गाउँ समिति कोल्बुङको आव्हानको आधारमा अगाडि बढेको अभियानलाई उहाँहरुको आधिकारीक जानकारीका अनुसार आजबाट अभियान थाँति रहेको जानकारी गर्दै पुनः सहयोग गर्नुहुने मेरा आदरणीय दाजुदिदीहरु प्रति हार्दिक धन्यवाद दिन चाहान्छु, अभियनका सञ्चालक तथा सुसेस काठमाडौंका रमा (मनोरमा) सुनुवार भन्नुभयो । अहिलेलाई निःशूल्क डाइलसिस गरिरहेको हुँदा उक्त रकम गाउँबाट धरान अस्पतालसम्म हप्तमा दुई पटक लान ल्याउन खर्च भइरहेको सुसेस कोल्बुङका कोषाध्यक्ष टिका सुनुवारले जानकारी गराउनुभयो ।
सहयोगकर्ताहरुको सूची ः
१.महेन्द्र सुनुवार रु. २,०००
२. जेशो मि सुनुवार रु. २,०००
३. शुभराज राई रु. २५,०००
४. अमर सुनुवार रु. ४,४७७
५. खगेन्द्र सुनुवार रु. १,१११
६. कमल सुनुवार रु. २,८२८
७. सुनुवार सेवा समाज मलेसिया रु. १८,५२८
८. गिरीराज सुनुवार रु. ७,०००
९. सुनुवार सेवा समाज दुबई, रु. ६७,०००
१०. एस बि एल सुनुवार रु. ५,२६७
११. रुद्र सुनुवार रु. २,५२५
१२. लोकेन्द्र सुनुवार रु. ५,०००
१३. दुबइबाट (…सुनुवार) रु. ४,५००
१४. सुनुवार सेवा समाज साउदी रु. २७,५०१
१५. भक्तमान सुनुवार बेलायत रु. ५,०००
जम्मा रु. रु. १७७, ६७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *