All about Sunuwar

आदिवासीको आप्mनै सन्चार इन्डिजिनिअस टि.भि. आजबाट

IMG_1939tvसुनुवारडट ओआरजि समाचारदाता ।
९ साउन, काठमाडौं । सञ्चार बहिष्करणको पीडा खेपेका आदिवासी जनजातिको कथा व्याथा र सूचना पस्किन आजदेखि इन्डिजिनिअस टेलिभिजनले आप्mनो प्रसारण सुचारु गरेको छ । इन्डिजिनअस फाउण्डेशनले दु्ई वर्ष अगाडिदेखि गृहकार्य गर्दै आएको इन्डिजिनअस टेलिभिजनले आजबाट बौद्ध परम्परानुसार पूजापाठ गरी टेलिभिजनको विधिवत् उद्घाटन गरेको हो ।
यो टेस्ट प्रसारण हो । अब केही समयपछि हामी आदिवासी जनजाति दृष्टिकोणका समाचार बुलेटिनको तयारीमा छौं, फाउण्डेशनका जगत दोङले बताए । आदिवासी जनजातिको आप्mनै छुट्टै सञ्चार स्थापना गर्ने क्रम तीसको दशकदेखि भएको पाइए पनि विद्युतीय सञ्चार माध्यामका हकमा आदिवासी जनजाति सञ्चार स्थापना गर्ने क्रम बढे अनुसार इन्डिजिनिअस टेलिभिजन बल्ल प्रसारणमा आएको छ ।
हाम्रो उद्देश्य भनेको आदिवासीको सूचना तथा उनीहरुको जीवनशैली संस्कृति र नीति निर्माणमा आदिवासी जनजातिको पक्षमा भएका कुराकानी, विषयलाई सबै सामु पस्किनु हो । हामीलाई धेरै चुनौतिहरु छन् । तर हामी ती चुनौतिहरुसँग सामना गर्ने जमर्को गरेका छौं । मुख्यतः हामीलाई आदिवासी जनजातिय दृष्टिकोणबाट लेख्ने, बोल्ने जनशक्ति उत्पादन गर्नु छ, देबकुमार सुनुवारले बताए ।
आजबाट नियमित प्रसारणमा आएको इन्डिजिनिअस टेलिभिजनले आदिवासी जनजाति समाचारको साथै विभिन्न मातृभाषाका म्युजिक भिडियो, वृत्तचित्र र चलचित्र नियमित प्रसारण गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *