All about Sunuwar

नाम–सि फु नामक गीति एल्बम लोकार्पण ।

namsiphuपाम बा. सुनुवार ।
काठमाडौं ।कोइँच सुनुवार मातृभाषा, साहित्य, संगीतको संरक्षण तथा विकासको लागि उत्पादित “नाम–सि फु”नामक गीति एल्बम शुक्रबार राजधानीमा एक ऐतिहासिक कार्यक्रमको आयोजना गरि लोकार्पण गरिएको छ । उक्त लोकार्पण कोटेश्वरस्थित सुनुवार सेवा समाज केन्द्रीय भवनमा चर्चित नाट्यकार मानबहादुर मुखियाको प्रमुख आतिथ्यमा लोकार्पण भएको हो ।

लोकार्पण समारोहमा शुभ–कामना व्यक्त गर्दै प्रमुख अतिथि मुखियाले कार्यक्रमको आयोजक नाम–सि फु सांगीतिक टोलीलाई उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरे । सुनुवार भाषाको जगेर्नाको लागि नाम–सि फु टिम तथा गायक गायिकालाई उच्च मनोवलका साथ आगामी दिनमा पनि यस्तै किसिमले युवा पुस्तामाझ सुनुवारहरुको पहिचान र संस्कृतिलाई अझ उजागर गर्दै आउँदो पिडिलाई संगीत मार्फत पनि आप्mनो मौलिक संस्कृतिको जगेर्नामा थप टेवा पुग्ने र यसलाई निरन्तरताको लागि शुभ–कामना व्यक्त गरे ।

कार्यक्रमको स्वागत मन्तव्यको क्रममा नाम–सि फु उत्पादक श्याम सुनुवारले यस एल्बमको लागि निकै मिहेनत भएको व्यक्त गरे । यसका साथै यो मिहेनतबाट आम कोइँच सुनुवार बन्धुबाट आगामी दिनमा सर सल्लाह र सुझावको आपेक्ष रहनेमा विश्वास्त रहेको व्यक्त गरे ।
करिव एक वर्षको खोज–अनुसन्धानबाट तयार पारिएको सुनुवारहरुको रितिरिवाजमा आधारित उक्त एल्बमको शब्द संकलन उत्तम सुनुवार काःतिजले गरेका छन् भने उत्पादनमा श्याम सुनुवार, पाम सुनुवार र मदन सुनुवारको विशेष सहयोग रहेको छ ।

लोकार्पण कार्यक्रममा गायक शिशिर सुनुवार, महेश मुखिया सुनुवार र गायिका रमिला र बबिता सुनुवारले आप्mनो प्रस्तुति पस्केका थिए । नाम–सि फु एल्बममा ७ वटा गीत समावेश गरिएको छ । जसमा नाम–सिफु, इर इर ताँबे चुइँचिमि, क्लिङक्लिति दुमो ताप–शामिन, ब्लेअशो बाअत एँ कुपफिमी, जुजिल चुइँ–चिमि, शाँपशाँप दुमो ताप–शामिन, बाइशि लाअशा, साङथुल हाइश–शा शब्द रहेकोनाम–सि फुएल्बममा शिव, शिशिर, महेश, काःतिच, पाम, लेखबहादुर, कोर्मोच अरुण, बबिता, सर्मिला, रमिला सुनुवारको आवाजमा समेटिएको छ । सलाक, ठाडो भाका (रामदले), टुङ्ना, बास्सैबाजा र पूर्वेली मारुनीको जुवारी लगायत शिर्ष गीत लोक आधुनिकमा आधारित छ ।
त्यसैगरी कार्यक्रमको सभाध्यक्ष सुनुवार सेवा समाजका प्रथम उपध्यक्ष तथा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले नाम–सि फु टोलीलाई बधाई तथा शुभ–कामना दिँदै कलाकर्मीहरुको भावना आपूmसँग पनि जोडिएको हुनाले सांगीतिक समूहलाई आप्mनो व्यक्तिगत तर्फबाट र संस्थाको तर्फबाट जस्तोसुकै परिस्थितिमा पनि आप्mनो साथ सहयोग रहने वचन प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *