All about Sunuwar

कोइँच खाना खाद्य मेलामा : जनचासो अत्याधिक

20160624_165306[1]–कोइँचबु काःतिच ।
१० आषाढ, काठमाडौं । “कोइँच सुनुवार खाना … । ल कुनै पनि नसुनेको नाम छ त, ब्लाम प्लुतुक, गोर्मालि, पुुर्सुङ, एरि दिङ्ना … । यो भनेको के हो ? …” भन्दै कोइँच खाना प्रदर्शनीमा फरक स्वादका पारखीहरु “कस्तो हुन्छ ? चाखौं न ।” कोइँच स्वाद चाख्न अत्याधिक भीड लाग्यो । “परम्परागत, पोषिला र स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खाने बानीमा सुधार गरौं ।” नारासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको खाद्य मेला २०७३ मा सुनुवार सेवा समाजले पनि “पहिचानसहितको आय आर्जन ः युवाको उद्यमशील चिन्तन” अभियानका लागि मेलामा सहभागीता जनाएको हो ।
गत वैशाखमा सम्पन्न सुसेसको नवौं राष्ट्रिय सम्मेलनले इको–कल्चरल टुरिजम भावि नीति तथा कार्यक्रम पारित गरेको छ । सोही भावी नीतिअनुसार कोइँच पहिचानलाई अक्षुण्ण राख्न परम्परागत कोइँच खानाको प्रवद्र्धन आवश्यक रहेको हुँदा खाद्य मेला २०७३ मा सहभागिता जनाइएको बताउनुहुन्छ महासचिव समीर मुखिया सुनुवार । पारित इको–कल्चरल टुरिजम भिलेज अध्ययनका लागि पुवामझुवा इलाम, महादेवडाँडा सिन्धुली, प्लेत्ति रामेछाप र चण्डेश्वरी तथा पोकली ओखलढुङ्गा पहिलो चरण समेटिएको छ ।
“कोइँच इको–कल्चरल टुरिजम भनेर मात्र भएन । यसका पूर्वाधारहरु के–के हुन् भन्ने कुराहरु पनि अध्ययन हुनुप¥यो । अहिलेका नेपालीहरु पनि स्वादका पारखी भइसकेका छन् । यसैले फरक खानाको स्वाद चाख्न नयाँ–नयाँ ठाउँ घुम्ने बानी बसिसकेको छ । त्यसैले त्यस्ता पारखीहरुलाई कोइँच स्वादमा लोभ्याउन पनि हामीले कोइँच खानाको प्रवद्र्धन गर्नुपर्ने भयो । जब कोइँच खानाको स्वाद सबैले चाख्ने छन् अनि कोइँच स्वादका पारखीहरु कोइँच गाउँ पस्ने छन् अनि मात्र कोइँच इको–कल्चरल टुरिजमको सपना पूरा हुनेछ । पहिचान र आय आर्जनलाई सँगसँगै लैजान सकेनौं भने पहिचानको नारा मात्र फोस्रो हुनेछ । त्यसैले यो हाम्रो नमूना प्रदर्शनी पनि हो ।” सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले भन्नुभयो ।
“अमाम, कतिले पढे नि कोइँच भाषा । काम गर्दा अति नै दुःख भए पनि रमाइलो लाग्यो । कम से कम हामीले हजारभन्दा बढी मानिसलाई कोइँच भाषा र कोइँच खानाको परिचय त ’दियौं । हाम्रो स्टलमा आउने सबैले यस्तो खाना त कहिल्यै देखेका थिएनौं । अलिकति यसबारे बताइ दिनु न, यो कुन ठाउँको खाना हो ? अभैm पनि यस्तै अर्गानिक खाना खानुहुन्छ ? भनेर अचम्म मान्नेहरुको भिड थियो । कतिले त यो खाना पाइने होटेल चाहिँ कहाँ छ ? भनेर सोधे । कतिले यी खानाको नाम तपाईँहरुको आफ्नै भाषामा राखेको होला है, नेपालीमा के भन्छ भनेर सोधे । हामीले उनीहरुलाई भन्यौ– होइन, यी खानाको नाम खस भाषामा छैन, यहीँ हो यसको नाम । हाम्रो गाउँघरमा सबैले यही नामबाटै चिन्छन् । हुन पनि हामीले प्रदर्शनीमा राखेको ११ किसिमको स्वादमा चाम्रे बाहेक अरु कुनै पनि स्वादसँग मेल खाएन । जे होस् सुनुवार सेवा समाजको “पहिचानसहितको आय आर्जन ः युवाहरुको उद्यमशील चिन्तन” भन्ने अभियानको शुरुआतको अवस्था हो । रेस्पोन्स पोजेटिभ छ ।” कोइँच खाना प्रदर्शनी संयोजक तथा सुसेस कोषाध्यक्ष शोभा सुनुवारले बताइन् ।
विगतमा पनि कोइँच खानाको प्रदर्शनी नभएका भने होइनन् । होटेल मल्ल, द्वारिका होटल, आदिवासी दिवसमा कोइँच खाना प्रदर्शनी भए पनि सबैलाई समेटेर, सबैको पहुँचमा भएको सार्वजानिक स्थलमा कोइँच खाना प्रदर्शनी भएर पनि होला आदिवासी इतरका धेरै स्वादका पारखीहरुले कोइँच खानाको स्वाद चाख्न पाए ।
आज उद्घाटन भएको दुई दिने खाद्य मेला भोलि आषाढ ११ गतेसम्म भृकुटी मण्डपमा प्रदर्शनी हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *