All about Sunuwar

सुनुवार सेवा समाज पुवामझुवाको अध्यक्षमा रत्नदेवी

-सुजता सुनुवार

इलाम, ५ असार । सुनुवार सेवा समाज इलामका संयोजक पृर्थसिहं भुजुवार सुनुवारले आफ्नो भाषा र संस्कृतिको जर्गेना गर्न एकजुट भई अगाडि बढ्न सुनुवार समुदायलाई आग्रह गर्नुभएको छ । इलामको पुवामझुवामा हिजो आयोजित सुनुवार सेवा समाज पुवामझुवाको पाँचौ अधिवेशन उद्घाटनका क्रममा उहाँले आफ्नो पहिचानको संरक्षण गर्नकै लागि २०४८ सालमा संस्थाको जन्म भएको स्मरण गर्नुभयो ।
‘आदिवासी जनजाती सुनुवारहरुको भाषा, संस्कार र संस्कृतिलाई लोप हुन नदिन अग्रज व्यक्तिसँगै तमाम् युवाहरुले आफ्नो ढोल र कलम आफूसँगै अगाडी लैजान आवश्यक छ’ उहाँले भन्नुभयो, ‘त्यसो गर्नसके मात्र संस्थाको सबै प्रकारको चुनौतिको सामना गर्न सकिन्छ ।’कार्यक्रममा सांस्कृतिक समितीका संयोजक नरबहादुर सुचिचा सुनुवारले संस्थाको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । सचिव देवकुमारी प्रेतिचा सुनुवारले एक लाख ४५ हजार छ सय ९३ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रगति प्रतिवेदन सदस्य कमल थोलोचा सुनुवारले प्रस्तुत गर्नुभएको थियो ।
यस्तै अधिवेशनको अवसरमा चमैता–७ का समाजसेवी विष्णुप्रसाद राईलाई सम्मान गरिएको छ । आदीवासी जनजाति सुनुवारको स्यादर ग्योरमा एककोठे भवन निमार्ण गरी सहयोग गर्नु भएका राईलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको हो । राईले स्वर्गीय बाबु आशबहादुर राई र आमा मनमाया राई, पत्नी खिनमाया राई र छोरा काजी राईको स्मृतीमा भवन निर्माण गरीदिनुभएको थियो ।
समितिका अध्यक्ष रत्नदेवी रुपाच सुनुवारको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा सचिव देवकुमारी प्रेतिचा सुनुवारले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष उपेन्द्र प्रेतिचा सुनुवारले राख्नु भएको थियो ।
यसैबीच पुवामझुवा–८ स्थित चैतेमा भएको अधिवेशनले पुनः रत्नदेवी रुपाच सुनुवारको अध्यक्ष्यमा नयाँ कार्यसमिति चयन गरेको छ । नौ सदस्यीय समितिका उपाध्यक्षमा उपेन्द्र प्रेतिचा सुनुवार, सचिवमा देवकुमारी प्रेतिचा सुनुवार, सहसचिवमा समिक्षा लस्पाचा सुनुवार र कोषाध्यक्षमा कमल थोलोचा सुनुवार रहनुभएको छ । सदस्यहरुमा धनबहादुर सुचिचा सुनुवार्, रमिला भुजुवार सुनुवार, कर्णबहादुर दुर्विचा सुनुवार र देऊमान भुजुवार सुनुवार रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *