All about Sunuwar

के गर्दै छ सुनुवार सेवा समाज ?

–कोइँचबु काःतिच

एक महिना नाघेको छ, सुनुवार सेवा समाज नवौं राष्ट्रिय सम्मेलन भएको । धेरैलाई कौतुहल हुनुपर्छ, यतिबेला सुनुवार सेवा समाज के गरिरहेछ ? यसरी जनचासो हुनु सबैको सूचना पाउने अधिकार हो । यसर्थ सुनुवार सेवा समाजले एक महिनामा गरेको कार्य विवरणहरु देहाय बमोजिम छन् ।

प्रथम बैठक

प्रथम बैठक वैशाख २६ गते विहान ३ बजे बसेको थियो । उक्त बैठकले आठौं पुरक समितिलाई विदाई तथा सम्मेलनमा सहयोग गर्नेहरुलाई सम्मान गर्ने र सुनुवार सेवा समाजको तत्कालिन कार्य सम्पादन गर्नको लागि वैठक बसी निर्णय गर्न गराउनको लागि ७ सदस्यीय सचिवालय गठन गरेको थियो ।

सोही निर्णय बमोजिम सुनुवार सेवा समाजले तत्कालीन राष्ट्रिय चाड शाँदार पिदारको उपलक्ष्यमा जेठ ७ गते विहान ११ बजे सुनुवार सेवा समाजका अग्रज संस्थापक सचिव गुञ्जबहादुर सुनुवारको आतिथ्यमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको थियो । त्यस्तै गरी जेठ २१ गते आठौं समितिका पदाधिकारी तथा सदस्यहरुलाई विदाई तथा सम्मेलनमा सहयोग गर्नेहरुलाई सम्मान गर्नेक्रममा कलाकार, स्वयम्सेवकहरुलाई सम्मान गरियो । उक्त विदाई कार्यक्रममा निवर्तमान अध्यक्ष मनप्रसाद सुनुवार, सचिव अमरदीप सुनुवार, सदस्य मोहन सुनुवार, नारायणबहादुर सुनुवार, प्रेमकुमार सुनुवार, शोभादेवी सुनुवार, दिर्घबहादुर सुनुवार उपस्थित हुनुहुन्थ्यो ।

कामहरुको समिक्षा

समाजको दोस्रो बैठक जेठ २२ गते बस्यो । सो बैठकमा सर्वप्रथम कार्यसमितिले गरेका कामहरुको समिक्षा गरियो । उक्त समिक्षामा अध्यक्षले केन्द्रमा बसी दैनिक कार्य सम्पादन गर्दै शाँदार पिदारका दिन हात्तिवन मन्दिरमा र सिन्धुलीको बस्तीपुर शाँदारथानमा आतिथ्यता ग्रहण गर्नु भएको साथै सुनुवार सेवा समाज ललितपुरले ठूलो दुर्लुङमा आयोजित अमूर्त सम्पदा संरक्षण सचेतना कार्यक्रममा आतिथ्यता गरी त्यहाँका सुनुवारहरुलाई सचेतनामा जागरुक गराउनु भएको जानकारी भयो । उपाध्यक्ष अमृतबहादुर सुनुवार लगायत सदस्य रमेश सुनुवारले रामेछाप दुरागाउँमा धेरै वर्ष पछाडि पुनः शुरु गरिएको शाँदार पिदारमा आतिथ्यता गर्नु भएको र रेडियो लिखु मार्पmत शाँदारपिदारको प्रचार प्रसारमा संयोजनकारी भूमिका निर्वाह गरेको जानकारी भयो । उपाध्यक्ष किरण मुखियाले झापाको कालिकास्थान स्थित शाँदारथान तथा झापा सुसेस जिल्ला सम्मेलनमा आतिथ्यता ग्रहण गर्दै रेडियो लिखुबाट झापा शाँदारको छ मिनेट प्रत्यक्ष प्रसारण गरेको जानकारी दिनुभयो । महासचिव समिर मुखियाले हात्तिवन शाँदारथान संलग्न हुँदै सुनुवार सेवा समाज काठमाडौंद्वारा लब्सीफेदि सुनुवार गाउँमा आयोजित भूकम्प जोखिमबाट बच्ने उपय र सुनुवार सेवा समाज ललितपुरले ठूलो दुर्लुङमा आयोजित अमूर्त सम्पदा संरक्षण सचेतनाको स्रोत व्यक्तिको रुपमा सचेतना कार्यक्रममा सहभागी हुनुको साथै होटल सोल्ठीमा आदिवासी प्रतिष्ठानले आयोजना गरेको भुकम्प विपद व्यवस्थापन विचारगोष्ठीमा समाजको तर्पmबाट सहभागी भएको जानकारी गराउनु भो । सचिव कोइँचबु काःतिचले इलाम जिल्लाको पहिलो शाँध्दारथान पुवा मझुवाको चैतेमा सदस्य देवकुमारी सुनुवार, सुनुवार विद्यार्थी समाजका उपाध्यक्ष सागर सुनुवार, सचिव विवक सुनुवारसहित सहभागी भएको र सुनुवार विद्यार्थी समाज केन्द्रीय समितिले पाँचथर इथुङ र काठमाडौंमा आयोजना बगरेको एक हप्ते सुनुवार भाषा शिक्षक प्रशिक्षण  कार्यक्रमको प्रशिक्षक भएको जानकारी दिनु भो । कोषाध्यक्ष शोभा सुनुवार सुनुवार सेवा समाजले गरेको शुभकामना आदानप्रदान तथा विदाई र सम्मान कार्यक्रममा कोइँच खाजा व्यवस्थापन गर्नको साथै सुनुवार सेवा समाज काठमाडौंद्वारा लब्सीफेदिमा आयोजित भुकम्प विपद व्यवस्थापन सचेतना कार्यक्रमको सहजीकारण गर्नको साथै सुसेस ललितपुरको शाँदार पिदारमा घरघरमा सुरो हुल्ने कार्यक्रममा सहभागी भएको जानकारी गराउनु भयो । त्यसै गरी सदस्य किशोर र सुरज सुनुवारले सुनसारी धरानको शाँदारथानमा सहभागिता जनाएको, सदस्य आशिषले खिजीकातिको शाँदारथानमा, ओखलढुङ्गामा, सदस्य चम्पक सुनुवारले खिजी चण्डेश्वरीको शाँदारथानमा सहभागी भएको, सदस्य रेवातिरमणले पोकलीको शाँदार पिदारको वारेमा जानकारी गराउनु भयो भने सदस्य जीवनकुमार सुनुवारले दोलखाको हाँवा र सिन्धुली दुधौलीको मगरकट्टी शाँदारथानमा आतिथ्यता गरेको जानकारी गराउनु भयो । सदस्य बुद्धिबहादुरले सर्लाही शाँदारथानको आयोजना गरेको र सदस्य महेन्द्रमानले सिन्धुली महादेवाडाँडा र दुधौलीको शाँदारथानमा आतिथ्यता गरेको साथै सदस्य टंककुमारी सुनुवारले सिन्धुलीमाडीको शाँदार पिदार नाअ्शो जुठो परेको हुँदा शाँदार पिदार हुन नसकेको जानकारी गराउनु भो । पदेन सदस्य मानबहादुर सुनुवारले मातृभाषा संरक्षणको लागि विद्यार्थीले पाँचथर र काठमाडौं गरी ५४ जना कोइँच मातृभाषा प्रशिक्षक उत्पादन गरेको जानकारी दिनुभयो । अन्तमा सचिवले सदस्य देवकुमारी सुनुवार, बुद्धिबहादुर सुनुवार, दिपा सुनुवारले विशेष काम परेको हुँदा वैठकमा उपस्थित हुननसक्ने जानकारी दिएको सबैलाई जानकारी गराउनुभयो ।

त्यसपछि बैंक खाताको हस्ताक्षर परिवर्तन, विधान संसोधन, विभाग गठन, पदाधिकारी तथा सदस्यहरुको काम बाँडफाँड, सल्लाहकार मनोनयनजस्ता प्रस्ताव माथि निर्णय गरियो ।

तीन सदस्यीय सल्लाहकार परिषद गठन

निवर्तमान अध्यक्ष मनप्रसाद सुनुवारको अध्यक्षतामा तीन सदस्यीय सल्लाहकार परिषद गठन गरियो । संस्थापकको तर्पmबाट टीकाराम मुलिचा, महिलाबाट पूर्व माननीय सभासद् दालकुमारी सुनुवारलाई सदस्यमा मनोनयन गरियो । सो बैठकले सातवटा विभाग गठन गरियो र विभागीय प्रमुख पनि तोकियो ।

सुनुवार सेवा समाज केन्द्रीय समिति, काठमाडौंको विभाग र विभागीय प्रमुखहरु
१. आदिवासी जनजाति मामिला तथा विदेश विभाग : रणवीर सुनुवार
२. संगठन तथा अनुगमन मुल्याङ्गन विभाग : समीर मुखिया सुनुवार
३. संस्कृति तथा अनुसन्धान विभाग : कोइँचबु काःतिच
४. आर्थिक विभाग : शोभा सुनुवार

५. सूचना तथा सञ्चार विभाग : रमेशकुमार सुनुवार
६. समाज कल्याण, महिला तथा वालवालिका विभाग : सागरकृष्ण सुनुवार
७. युवा तथा अतिरिक्त क्रियाकलाप विभाग : जीवनकुमार सुनुवार

सचिवालयका सदस्यहरुको काम कर्तव्य-
सुनुवार सेवा समाज केन्द्रीय समिति प्रथम वैठकले अध्यक्ष, ३ उपाध्यक्ष, महासचिव, सविच र कोषाध्यक्ष रहेको ७ सदस्यीय सचिवालय प्रथम गठन  । र, सचिवालय साथै सचिवालयका सदस्यहरुको काम कर्तव्य तथा जिम्मेवारीहरु देहायबमोजिम तोकियो ।
१. तीन जना उपाध्यक्षमा किरण मुखियाले १ नं. प्रदेश, सान्तकुमारी सुनुवार २ न. प्रदेश र अमृतबहादुर सुनुवार ३ नं. प्रदेशदेखि पस्चिमका सबै प्रदेशको संयोजक भई अध्यक्षको अनुपस्थितिमा अध्यक्षको सम्पर्ूण्ा काम गर्ने ।
२.महासचिव र सचिवले संस्थाको प्रशासनिक कामको जिम्मेवारी वहन गर्नु पर्ने छ ।
३. वाषिर्क कार्यतालिका महासचिवले सबैको योजना, कार्यक्रम बुझेर बनाउनु पर्ने छ ।
४.  संस्थाको सम्पत्ति र लेखाको जिम्मेवारी कोषाध्यक्षले वहन गर्नु पर्ने छ ।

केन्द्रीय सदस्यहरुको काम कर्तव्य-
केन्द्रीय सदस्यहरुको हकमा भने केन्द्रीय समिति तथा सचिवालयले तोकेको काम पुरा गरि प्रतिवेदन पेश गर्ने निर्णय गरियो ।

2 Comments to के गर्दै छ सुनुवार सेवा समाज ?

  1. jeevan sunuwar kirat says:

    Sindhuli ko dudhauli nagarpalika marghatti (मर्घट्टी) hune parne ma anyatha bhayax.

  2. jeevan sunuwar kirat says:

    Sindhuli ko dudhauli nagarpalika marghatti (मर्घट्टी) hune parne ma anyatha bhayax.

Leave a Reply

Your email address will not be published. Required fields are marked *