All about Sunuwar

सुनुवार अञ्चल ट्याक्सी, दुरा समाज र लिभुरा विजयी ।

sws bhaktaसुनुवार डट ओआरजी समाचारदाता ।
२८ वैशाख, ललितपुर। दोस्रो आदिवासी जनजाति कप २०७३ को दोस्रो दिनको खेलमा सुनुवार अञ्चल ट्याक्सी व्यवसायी संघ, दुरा समाज र लिखुभुजी रामेछाप विजय भएका छन् । सुनुवार सेवा समाजविरुद्ध सुनुवार अञ्चल ट्याक्सी व्यवसायी संघले २–१ ले गोल अन्तरले जित हात पारे । सुनुवार सेवा समाज भक्तपुरका जर्सी नं. १६ ले खेल सुरु भएको ५ मिनेटमा सुदन गोसलले गोल गरेका थिए भने दोस्रो हाफमा सुनुवार अञ्चल ट्याक्सी व्यवसायी संघका जर्सी ९ लोक पुनमगरले ५२औं मिनेटमा गोल फर्काए । त्यसैगरी ६१औं मिनेटमा जर्सी नं. ७ का सुजन मगरले अर्को गोल थप्दै जित सुनिश्चित पारे ।
दोस्रो खेलमा सुनुवार समाज बचत तथा ऋण सहकारी संस्था लि. विरुद्ध दुरा समाजले ०–५ गोल अन्तरले जित हात पारे । दुरा समाजका जर्सी १० का निर्मल दुराले २० मिनेटमा गोलको खाता खोले भने जर्सी नं. ४ का सञ्जोग दुराले ३५ र ३७औं मिनेटमा दुईं गोल थपे । त्यसैगरी जर्सी नं. १० का निर दुराले ३९औं मिनेट र जर्सी नं. १४ का विनोद दुराले ५५औं मिनेटमा गरेका थिए ।
त्यसैगरी दिउँसोको खेलमा किरात राई स्पोर्टस् एसोसियसनलाई लिखु भुजी रामेछाप क्लब ०–१ गोल अन्तरले जित हात पारे । लिखु भुजीका जर्सी नं. ११ का अर्जुन गुरुङले खेल शुरु भएको ४ मिनेटमा गोल गरेक थिए । वर्षातका कारण मगर फुटबल टिम र मंगोलियन युथबीचको खेल स्थगित गरिएको छ । आजको खेल वर्षात नभएमा मगर फुटबल टिम र मंगोलियन युथ, सुनुवार विद्यार्थी समाज र मंगोलियन ग्रुप, सुनुवार सेवा समाज ललितपुर र आयोजक तथा रस्नालु युनाइटेड र नेवा युथबीच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *