All about Sunuwar

के यो संविधान संसारकै सर्वोत्कृष्ट छ ?

साथीहरु आजदेखि हाम्रो फेसबुक लगायत सबै सामाजिक सञ्जालको trend‪#‎ForPeacefulNepal‬ हुनेछ ।
——————————–

कुरा के हो भने जाडोमा माझमा सुत्ने साथीले छेउमा सुत्न मान्दैन । उसलाई छेउमा सुताउन संघर्ष नै गर्नु पर्छ । यो माझमा सुतेका शासक साथीहरु उसै त कोखामा दाह्र भएको भनिन्छ, त्यति सजिलै छेउको बासमा सुत्न राजी हुने कुरै भएन । हामी छेउ लागेकाको कुरा माझमा सुत्न पाम पाम भनेर अनुनय विनय गर्ने बानी परेको हुँदा बच्चा जस्तै डाइला गरिरहेको छाम् ।
जाउँ हिँड पोखरा र कब्बडी कब्बडी एकै दिन रिलीज भो । जाउँ हिँड पोखराका निर्देशकले यति गुणगाण गाए कि कब्बडी कब्बडी काबाडी नै हो । सन्सारको उत्कृष्ट फिल्म जाउँ हिँड पोखरा नै हो । र, जाउँ हिँड पोखरा भनेको फिल्मविज्ञहरुले बनाएको हो । आफ्नो २५ औं फिल्म निर्देशनको अनुभवले जोडदार, उत्कृष्ट प्रस्तुति भन्न भ्याए । आफ्नो फिल्मको त प्रशंसा र व्याख्या प्रचार प्रसार गरे नै कब्बडी कब्बडीलाई नौटंकी गर्नेहरुको फिल्म, त्यसमा नाटक खेल्ने कलाकारलाई लिएर बनाएको फिल्म भन्न पछि परेनन् । हो, यस्तै नेपाली फिल्मी क्षेत्रको खोकी र सस्तो लोकप्रियताको प्रचारशैलीमा प्रधानमन्त्री ओली र तिनका मतियार प्रचण्ड “नेपालको संविधान” लाई संसारकै सर्वोत्कृष्ट भनीरहेका मात्र छैनन्, आफ्ना कार्यकर्ताहरुलाई पढ्न नजानेर राम्रो छैन भनेका हुन् पढ्न सिकाउनुहोस् भन्दै विज्ञापन गर्दै हिडेका छन् । अबका नेपाली जनता उल्लु छैनन् र त्यत्तिको मुर्ख पनि होइनन् कि पार्टीका कुनै कार्यकर्ताले भन्दैमा विश्वास गरिहाल्ने ।
२०४७ सालको संविधानलाई पनि संसारको सर्वोत्कृष्ट संविधान भनेकै हो । अहिलेको तीन बाहुनको सम्झौतामा बनेको संविधानालाई पनि उत्कृष्ट भन्दै आफ्नै पार्टी च्यानालबाट स्थानीयस्तरसम्म ह्विप जारी गरी जबर्जस्ती मान्छे थुपारेर खोक्ने प्रयास गरिएको छ । संसारको सर्वोत्कृष्ट भनेको २०४७ सालको संविधानले पाँच बर्षमा जनयुद्ध निम्तायो । अहिले त संविधान जारी नहुँदै अघोषित युद्धको जग हालेको छ । खसबाहुनले गरेको आन्दोलन मात्र आन्दोलन, आदिवासी जनजाति, मधेसीहरुले गरेको आन्दोलन नदेख्ने काठमाडौंले दश वर्षे जनयुद्धभन्दा खतरा दिनलाई निम्तो दिएको हो कि भन्ने आभाष मिल्छ । यसैले सचेत नेपाली नागरिकहरु सबै सचेत हौं । जागौं । त्यस्तो अवस्था आउन नदिना शासकवर्गलाई आ–आफ्नो क्षेत्रबाट शान्तिपूर्ण दबाब दिऔं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *