Recent Comments

मिम–सि

–कोइँच बु काःतिच
“एक”
सा–साना साँगुरो टेलिफोन बुथमा मानिसहरु फोन गरीरहेका छन् । साइबारमा बच्चाहरु भिडियो गेम खेलीरहेका छन् । बच्चाहरु एकले अर्कोलाई अह्राइरहेका देखिन्छन् । कोही टेबलमा बसेर एकापसमा कुरा गरिरहेकाछन् । कोही कम्प्युटरमा टाइप गर्ने काम गरिरहेका छन् । फोटोकपी गर्न आएका ग्राहकहरुको फोटोकपी गरि सकेर ग्राहकसँग फोटोकपीको पैसा लिएको कुराकानी गरेको परैबाट मुखको चाल र अन्य हाउभाउबाट अनुमान गर्न सकिन्छ ।
एक जना केटा मानिस आफ्नो हाकिमसँग इन्टरनेट कुराकानी गर्दै छ । कम्प्युटर स्क्रिनमा अक्षर देखिन्छ, “सर, पर्सि माघ १ गते, माघे संक्रान्ति । त्यस दिन कोइँचहरुले चेलीबेटीलाई पूजा गर्ने सामि पिदार चाड र उनीहरुको नयाँ वर्ष येले थोचे ५०७३ पर्छ । कोइँच गाउँबाट प्रत्यक्षा रिपोर्टिङ गर्दा हाम्रो लागि एक्सक्लुसिभ रिपोर्ट हुने थियो कसो गरौं ?”
कम्प्युटरको कि–बोर्डमा औंला चलाउँदै इन्टर कि थिचेको आवाज सुनिन्छ । कम्प्युटरको कि–बोर्डमा औंला चलाउँदै इन्टर गरेको आवाज नजीकबाट सुनिन्छ । उता रेडियो अफिसका हाकिमले जवाफ लेख्छन् ः “के त्यति इफेक्टिभ होला त ? धुमधामसँगै मनाउने गर्छन् ? कति ठूलो हुन्छ ?”
कम्प्युटरको कि–बोर्डमा औंला चलाउँदै इन्टर गरेको चर्को आवाज सुनिन्छ । कम्प्युटर स्क्रिनमा थप जानकारी दिएको अक्षरका लर्कन तनन तन्किएर गएको देखिन्छ ः “ठूलो भन्दा पनि सबै कोइँचले घरघरमा सामि पिदार, पारमो पिदार गर्छन् र गोठमा सबै जम्मा भएर चाइँपिदार अर्थात् गोठ धुप गर्छन् । नयाँ वर्षको उपलक्ष्यमा नाचगान सहित रमाइलो गर्छन । हालि खेल्छन् । अति रमाइलो गर्छन् । यसको प्रत्यक्ष प्रसारण गर्दा सबैको लागि नौलो हुन्छ सर ।”
उताबाट कम्प्युटर स्क्रिनमा जवाफी अक्षर निस्किन्छ ः “हवस् त गर्नु नि । दिउँसोको समयमा । पाँच मिनेटले पुग्छ ?”
“पाँच मिनेट नै भए पनि ठीक छ सर ।”
“ल हुन्छ ।”
“हुन्छ, सर ।”
नेपथ्यको पात्रको च्याटिङ टाइपमा कि–बोर्डको आवाज आउँछ । हाकिमले हुन्छ भन्छ । हुन्छ लेखेर औंलाले कि–बोर्डमा इन्टर कि थिच्छ केटोले ।

“दुई”
सागुन कम्युनिकेसन सेन्टर, मन्थलीमा सागुन र बार्मन आ–आफ्नो कम्प्युटरमा व्यस्त छन् । सरेर हातको गति सँगै टेबुलको फन्कालाई फनक्क घुमाएर पछाडि सरेर अडिन्छ ।
सागुन (खुशीको मुद्रमा आफ्नो टेबुलमा रहेको कम्प्युटरको डेक्सटपबाट बर्मनपट्टि फर्कदै) उसको साथी वर्मनलाई भन्छ, “ओइ, माघे सक्रातिमा कोइँच गाउँ घुम्न निस्कीने होइन ?”
बर्मन जवाफ फर्काउँछ, “काँ ? तेरो गाउँ ? … कति पाइन्छ नि ?”
सागुन, “के कति पाइँन्छ ? … कोइँच गाउँ हो, कोइँच गाउँ । हिँड्न न । कस्तो चाहिन्छ ।” सागुन आफ्नो कम्प्युटरतर्फ फर्कन्छ ।
बर्मन ः “यो जागिर खाएदेखि आफ्नो घरमा एक वर्ष पनि माघे सङ्काराइ मानेको छैन । कोइँच गाउँमा मनाउनौ त ? तर … दरो जान्छ नि मगरको त ।” हातको चालले देखाउँछ । बर्मन पनि आफ्नो काम गर्न कम्प्युटर मै घोनिछ ।
“पहिला त जान्छु मात्र भन न ।”
“ल डान।”

“तीन”

आँखाले भएसम्म धेरै उता टाढा विभिन्न डाँडा काँडा देखिँदै छ । डाँडाकाँडा लमातन्न बगेको तामाकोशीको दाहिने किनारमा मन्थली उपत्यका छ । जुन रामेछाप जिल्लाको सदरमुकाम भएको हुँदा विस्तारै शहरकिरणमा उन्मुख हुँदै गरेको अनुभूति गर्न सकिन्छ । करिव दिनको १२ः०० बजेको समय छ । बाहिरी बजारमा चहलपहल बढेको छ । मन्थली बजारको चोक र गल्लीहरु आँखाबाट चिप्लिँदै जान्छन् । जिल्लाको सदरमुकाम भएको हुँदा सरकारी कार्यालय त देख्न सकिने नै भयो । बसपर्क नजिकै सुनुवार सेवा समाजको कार्यालय पनि देखिन्छ । तीनै सुनुवार सेवा समाजको कार्यालय विभिन्न सरकारी, गैर सरकारी र निजी घरहरुका वीचमा एक घरमा सागुन कम्युनिकेसन सेन्टर, मन्थली, रामेछाप भन्ने एक कम्युनिकेसन पसल आँखा अगाडि टक्क अडिन्छ । दुई जना केटा मान्छे झोला बोकेर बाहिर निस्कन्छन् । जाडोको समय बाक्लो लुगा लगाएका छन् ।
‘ल है ल हिड्नै लाग्यो, तामाकोशी–तामाकोशी, चरिकोट’ भन्दै नेपथ्यमा खालासी कराइरहेको छ । ‘ए दाइ जाने हो ?’ अर्को मानिसलाई उता फर्केर सोधिरहेको छ । ‘ खलासीले पछाडि फर्किँदा आफु नजीकै आएको ती दुई जना ठिटा सागुन र बर्मनलाई देख्छ र ‘चाढौं चाढौं सिट खाली छ’ बस चढाउँछ ।

“चार”
पर टाढा घना जंगल । सुनसान वातावरण । घाम विस्तारै डुब्न लागिरहेको छ । विस्तारै दुरुङ दुरुङ केही खनीरहेको आवाज नजीकबाट सुनिन्छ । सानो वन तरुलको लहरोको देखिन्छ रुखमा बेरिएको छ । रुखको लहरालाई पच्छाउँदै सेरेम त्यसको जरामा पुग्छे । बनतरुलको बोटलाई राम्ररी सफा गरेर हेर्छे । सुक्नलागेको बनतरुलको बोटमा टुसा आउन लागेको हुन्छ । बोटलाई जोगाएर त्यसको एक मुठेल तलबाट बनतरुल खन्न शुरु गर्छे । अर्को रुखको फेदमा सिर–मि बनतरुल खनिसकेर खाल्डो पुरीरहेकी छे । छेउमा खनिसकेको तरुल छ । कोइँच संस्कार–संस्कृतिमा बनतरुल खनीसके पछि खाडल पुर्नु पर्छ । खाडल पुरिएन भने कहिल्यै पनि ऋणले छाड्दैन अर्थात् त्यो खाल्डो जहिलेसम्म आँपैंm पुरिँदैन ऋणबाट मुक्त हुन सकिँदैन भन्ने जनविश्वास छ ।

“पाँच”
सागुनको गाउँ । मानिसहरुको हल्ला । पल्लो गाउँको सिरानमा लेखमा घाम विस्तारै डुब्न लागिरहेको छ । इसकोली लहरोको फेदमा सागुनको बुबा इसकोलीको जरा निकालीरहेका छन् । छेउमा खनिसकेको केहि इसकोलीको जरा छन् । आँगनबाट सागुनको आमा फत्फताउँदै सिपरिङगे डोकोमा बोकेर इसकोली जरा लिन आउँदै छिन् । नजीकै कुकुराको माउले चल्लालाई चारो खुवाइरहेको दृश्य पनि देखिन्छ । टाढा मानिस कराइरहेको सुनिन्छ ।

“छ”
सेरेमको आमा । घर भन्दा मुनि बारीमा । घरतरुलको जरा निकालेको खाल्डो पुर्छिन र ‘खिँरेअÞबिको नेः’ काटेर हातले नै पुर्छिन् र झाक (फचिल) घरतरुल हाल्छिन् । हातमा भएको कोदालो पनि त्यस झकमै राखी घर तरुल बोकेर आँगन नजीकै धारामा विसाउँछिन् । कुखुराको भाले बासेको, सुँगुर कराइरहेको आवाज सुनिन्छ ।

“सात”
सेरेम र सिर–मि । कान्छी किरा भन्भनाइ रहेको छ । सिर–मि दाहिने हातको ठूली र कान्छी औंलामा थुक दल्छे र कान्छी किरालाई बस्न अनुरोध गर्छे ।
सिर–मिः (हातको औंला तेर्साउँदै) पिउ पिउ । बाअÞको । दायुमि आँकालि वाः चाअÞबामे दे माचाअÞबामे ?
(सेरेम पनि उत्सुकताका साथ हेर्दै छे पछाडिपट्टि)

“आठ”
उता पर गाउँले घरबारी, खेतहरु देखिन्छ । पिच सडकमा बस गुडिरहेको छ । पहाडी वातावरण, चरा कराइरहेको, मानिस कतै टाढा कराएको सुनिन्छ । केही मधुरो पश्र्व संगीतले वातावरणलाई मनमोहक बनाइँदिन्छ । सडकको छेउमा गाईबस्तु चरीरहेका छन् । मानिसहरु हिँडीरहेका छन् ।
बसभित्र सागुन र बर्मन गफ गर्दै यात्रा गरिरहेका हुन्छन् । बस यात्रीहरुको हल्ला र गाडी गुढीरहँदाको आवाज सुनिन्छ । सागुन र बर्मन निदाइरहेको छन् बसको सिटमा । बस घेच्चेक आवाज दिएर रोकिन्छ । बसको रोकाइसँगै यात्रीहरु हल्लिन्छन् र अगाडि झुक्न पुग्छन् । निन्द्राबाट सागुन झसंग भएर व्यूँझिन्छ । जीउ मिलाउँछ । बाहिर हेर्छ । गुडीरहेको बस सडकमा भैंसी तर्सेर उफ्रेको हुँदा अचानक रोकिएको हुन्छ ।
सागुन ः (बसबाट झ्याल बाहिर हेर्न खोज्दै) के भयो ?
बर्मन बुढा ः (राजिब, विपरित दिशाबाट सागुन र बर्मनकै साइडबाट बस बाहिर राम्री केटीहरु आइरहेका छन् । बस गुड्न थाल्छ । बर्मन सागुनलाई कोट्याउँदै…) ओइ, उ हेर न, कस्ती राम्री केटी । ठ्याक्कै तँलाई सुहाउँने … ।
सागुन ः पख् न हाउ, के चिन्ता गर्छस् ? कोइँच गाउँका केटा देखेपछि त तैंले जागिर नै छाड्लास् जस्तो छ नि । (बस फेरि घच्याक्क रोकिन्छ) फेरि के भयो ?
मानिस बसभित्र चढ्छन् । बस गुड्छ । सीटभरि मानिस भए पनि मानिस हाल्न भने खलाँसीले छाड्दैन ।

“नौ”
अगेनोमा ठूलो आगो बलिरहेको छ । आगोको उज्यालोमा गम्भीर मुन्द्रमा अनुहार नजिकबाट देखिन्छ । नाकमा पाते मुन्द्री फेल फेल हल्लिरहेको छ । माथिबाट अगेनमा बसाइरहेको कराईमा इसकोलीको चाना भुटीरहेको देखिन्छ । सागुनको बहिनी र आमा अँगेनो वरिपरी घेरेर बसेका छन् । सागुनको बुबा यता मुलबासको खाटमा डबकामा जाँड लिएर बसेको छ । मझेरीको कुनामा दाउरा छ । अगेना नजीकै पनि एक दुईवटा दाउरा छ ।
सागुनको आमा ः (आगो चलाउँदै सिर–मितिर हेर्दै) मामे इ दायु नु फुपु दा मुलाइ माजास शाँ मार पाँम–से ?
कुकुर झम्टेर भुकेको आवाज आउँछ । सागुन परिवारको आँखाले ढोकातिरै ताकेर हुर्छ । चकामन्न अँध्यारो रात ।
सागुन ः (कुकुरलाई हकार्दै) बÞाल, मायामा दे मारेमे ।
सिर–मि ः ए दायु जाअÞतेम् है । (सिर–मि उठेर बाहिर निस्कन खोज्दा सागुन र बर्मनको ढोकाबाट प्रवेश हुन्छ) आम्माइ बर्मन दाइ पनि आउनु भए छ । नमस्ते दाइ ।
बर्मनः नमस्ते । (सिर–मि उठेर बाहिर निस्कन खोज्दा सागुन र बमसागुन)
सागुन ः (घरको खुलु बासमा गुन्द्रिमा वसे पछि बुवा आमालाई चिनाउँदै) उहाँ मेरी आमा अनि उहाँ चाहिँ बुबा ।
बर्मन ः नमस्ते आमा, नमस्ते बुबा ।
नमस्कार आदानप्रदान हुन्छ ।
सागुनको आमा ः (बर्मनलाई चिनाउँदै) आँ चिँ आँ वारचि । कालाच वार–चि बा दे देँशो नाङ शाँ ।
सागुनको आमा ः (बुझे जस्तै गरी) ए … इँः नु बुम–था पासाल दाइबा वार–चि ?
सागुन ः आँ मेकोन कालाच वार–चि मे । (स्पष्ट पार्दै)
सागुनको बुवा ः (हातमा जाँगको डबका लिँदै कोइँच लबजमा खास नेपाली) आनि बार–मान बाबुको घर चिँ कता परेउ होला ?
बर्मन ः मेरो घर चिँ उता रोल्पा ।
सागुनको बुबा ः आन् त याता रामेछापतिर चिँ कासोरी ?
बर्मन ः म बुबा ?
सागुनको बुबा ः हाजुर ।
बर्मन ः ए, यहाँ कृषि विकास बैंकमा सानोतिनो जागिर खाइएको थियो । त्यही जागिरको सिलसिलमा बुबा ।
बर्मन ः आन त हाई, काँ को मान्छे काँ । कस्तो सान–जोक ।
आमाले डबकामा जाँड सारेर सिर–मिलाई दिन्छीन र सिर–मिले बर्मनलाई जाँड दिन्छ । होइन, हजुर यो चाहिँ नलिम कि ।
सागुनको बुवा ः होइन, बाबु । यो त लिनु पर्छ । हाम्रो सुनुवारको त संस्कारै यहि हो । यि आफु त … ।
बर्मन ः हजुर, हामी मगरको संस्कार पनि उही त हो । हामी आदिवासी जनजाति सबैको जाँड रक्सी त साँस्कृतिक धरोहर नै हो । (राजिबले पनि जाँड खान्छ । सागुन यो वाः चेन्ज गरेर खुलु बासमा बस्न आइपुग्छ ।)
आमा ः ल ह्याँ दायुकालि यो गेउवु । (सिर–मिले दाईले जाँड सागुनलाई दिन्छे ।)
सागुन ः सुनुवार गाउँको टेस्ट कस्तो लाग्यो । (बर्मन र सागुन मुखामुख गरेर हाँस्छन् । सिर–मि, दाजु सागुन र साजीवको कुराकानी सुनेर मुसुक्क मुस्किउँदै मुलबासतिर लाग्छिन्।)

“दश”
भान्सा कोठा । साँझा ८ः०० बजेको समय । सागुन, बर्मन, सिर–मि, बुबा, फुपु छन् गफ गर्दैैै । अँध्यारो छ । नजिकबाट कुकुर झम्टेर भुक्छ । फुपु जाअÞतेमे एँ । सिर–मि जुरुक्क उठेर ढोका बाहिर निस्कीन्छ । कुकुरलाई खि एको कुचुम दा बाल पाउ । सिर–मिले कुकुरलाई गाली गरेको सुनिन्छ । फुपु ढोकाबाट भित्र छिर्छ । कुम्लोमा कोसेली हुन्छ । उता माझेरीको मुल थामसँगै अढेश लगाएर कुम्लो बिसाउँछ । अनि दाजुलाई पहिला र भाउजुलाई ढोग्छ । अनि अगेनाको छेउमा बस्छ । सिर–मि फुपुसँगै लेपसेर कुरा गर्छे ।
सिर–मि (फुपुको पाखुरा समाउँदै) फुपु मार दे देश पानि ?
सागुनको बुबा ः एको गेनाङानाइयो देश दा जाअÞबा ? ङाद मार पाइबा मे ?
फुपु ः मामे, देँशो खोदेब फोअÞ गुःशा गाअÞचा ते ताइँसे ? आलपुकिकालि माराइ माराइ रातथापापथा गारपाइशशा गाअÞचा मालताउ ।
आमा ः सिर–मि, फुपुकालि शाँबु ख्लेततो ।
सागुन ःफुपु, इन गिचचा । मिकुनकालि दोदेँशो बा ?
फुपु ः हेर, चिँ तेङा आल मे ?
सागुन ः आँ वारचि, एरे प्युथानङा कालाच ?
आमा ः लो दिसुनिन बोअÞशा गे पाचा बा । खामे जाशा शामकुम पा इमने गोचा मालबा । सिर–मि लो, दायु, फुपुआनकालि बÞाकु गेउवो ? (रात वितेको इफेक्ट कालो हुँदै विहानको मधुरो सिन)

“एघार”
भाले क्वाइँया तीन पटक बास्छ । बाहिर अँध्यारो छ । आकाशमा तारा देखिन्छ । नाजीकबाट सोर्र सोर्र बास लिपेको आवाज आउँछ । नजीकबाट पाते मुन्द्री हल्लेको देखिन्छ । मानिसले हात चलाइरहेको सँगै भुईँमा बास लिपेको देखिन्छ । बास लिप्ने पोतो टक्क रोकेर भाँडामा राखेर पछाडि सर्छिन सागुनको आमा । सिर–मि, उसको फुपुले खल्याङबल्याङ कराइरहेको आवाज सुनिन्छ ।

continue…

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives