All about Sunuwar

सुसेस दक्षिण कोरियाको साधारणसभा सम्पन्न

koreaaसुनुवार डट ओआरजी संवाददाता ।

सिउल, २६ माघ । सुनुवार सेवा समाज दक्षिण कोरिया शाखाको प्रथम साधारणसभा सम्पन्न भएको छ । सालनाल कोरियन चाड विदाको अवसरमा राजधानी सऊलको तोङ्देमुनमा सम्पन्न भएको छ। साधारणसभाले कार्यसमितिमा केही हेरफेर गरी हुसन सुनुवारको अध्यक्षतामा १३ सदस्यीय समिति तथा २ जना सल्लाहकार चयन गरिएको कुरा सचिव हर्क सुनुवारले बताए ।
दक्षिण कोरियामा विभिन्न व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा बसोबास गर्दै आएका सुनुवारहरु भेलामा उपस्थित भएका थिए ।
कोरिया रहेका सुनुवारहरुको हित एकताका लागि कोइँच सुनुवार भेषभूषा, कला संस्कृतिलाई त्यहाँका समुदायमाझ पहिचान बनाउन तथा विभिन्न संघ संस्थाहरुसँग हातेमालो गर्दै अघि बढ्नुपर्ने सल्लाहकार बालकृष्ण सुनुवारले बताए । संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै सचिव हर्क सुनुवारले स्थापनाको छोटो अबधिमा नै साधारणसभा गर्नुपरेकोले सोचेअनुरूप काम गर्न नसके पनि संस्थाको आन्तरिक मजबुतका लागि सुनुवारहरूको सहभागिता बढाउन जोड दिनुपर्ने बताए । संस्थाको कोषाध्यक्ष सुवास सुनुवारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
देशमै सिमान्कृत समूहमा रहेका सुनुवारहरु दक्षिण कोरियाजस्तो मुलुकमा सुनुवार सेवा समाजको स्थापना गर्नु निकै चुनौतिपूर्ण भए पनि उत्साहका साथ हातेमालो गरेर अगाडि बढ्ने कुरा सुनुवार महिला सहभागिले पनि बताए ।
ेकार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष हुसन सुनुवारले विभिन्न पेशा, व्यावसाय तथा अध्ययनमा रहेका सुनुवारहरुले कार्यव्यस्तताका बाबजुत पनि अमूल्य समय दिइ उत्साहजनक उपस्थित भएकोमा धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *