All about Sunuwar

रमिता

–कोइँचबु काःतिच
एक जना जान्ने मान्ने गान्ने कोइँच बन्न नसकेको सुनुवार । भुइँमा एक वचन खस्न दिँदैन । एक दिन एक जना बाहुनले उसलाई भने छ, हौ मुखिया जि, यस्तो जान्ने मान्ने गान्ने मान्छे के त्यसै डुकु लट्ठाक बस्नु भएको ? आउनोहोस् सँगै काम गरौं ।
अझसम्म कोइँचहरुले उसलाई माया गरेर अग्रज मानीरहेका थिए । मञ्च दिएकै थिए र उ ठूला ठूला कुरा गरेर त्यही मञ्चबाट आयोजकलाई नै गाली गरेर हैरान पाथ्र्यो । कोइँचको भाषा संस्कृतिको ठेकेदार सम्झन्थ्यो । पाँच पाँच मिनेटमा प्रत्येक शब्दको पर्यावाची शब्द जन्माउँथ्यो । साँच्चिकै उ माहिर विद्वान थियो ।
एक दिन कोइँच युवाहरुले ति विद्वान महोदयलाई काठमाडौंमा बाहुनको धोति स्याहार्दै गरेको भेटे छन् । शायद बाहुनको कुराले चाँडै राज्यको मालिक बन्ने सपना देखेछन् क्यारे ति विद्वान महोदयले । व्यक्तिगत स्वार्थमा ती विद्वान महोदयले आप्mनो पहिचानलाई बाहुनको हजुरीमा खुसुक्क चढाएको देख्दा कोइँच युवाहरु उद्देलित भएको देखियो । प्रत्येक कोइँच पहिचानको अभियान जान्ने मान्ने गान्नेहरुले आफुलाई सिँडी चढ्ने भरेङ बनाएको देख्दा औधि मुर्मुरिएर उचाक्ली चौ उठाए । र, उनीहरु स्खलित सपना पोको पारेर कालो इतिहासको पात्रको चरित्र विश्लेषण गर्न लागीरहेको देखियो । तिनै विद्वान महोदय जस्ताका धेरै विद्वानहरुको सूची भ्याई नभ्याई तयार गरीरहेको देखियो । गुजिल्टीएर लागीपरेका ती युवाहरुको सपना अव के हुन्छ ? के निस्कर्ष निकाल्छन् कुन्नि ? सोच्दै सोच्दै म भने रमिता हेरीरहेको छु ती अग्रगामी युवाहरुको, उग्रावादी, र प्रतिगामीहरुको हर्कत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *