Recent Comments

कोइँच दृष्टिकोणमा नेपालको संविधान र हतास कोइँच युवाप्रति

DSCN8979–कोइँच बु काःतिच
१९१० मा जंगबहादुर राणाले मुलुकी ऐन जारी गरेदेखि नेपालमा लिखित कानुनको शुरुआत भएको पाइए ता पनि इष्ट इन्डिया कम्पनी त्र्रिटिश उपनिवेशबाट भारत स्वतन्त्र भइसकेको अवस्थामा हुकुमी शासन नटिक्ने ठानी पद्म सम्सेरले नेपालको बैधानिक कानुन २००४ नामक पहिलो लिखित संविधान बनाउन लगाए तर यो आंशिकरुपमा मात्र लागु भयो । जसमा शक्ति बाँडफाँडको सिद्धान्तानुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको संवैधानिक व्यवस्था गरिए पनि राणा शासनलाई लामो समय टिकाइ राख्न श्री ३ महाराज राणा प्रधानमन्त्रीको अधिकारलाई कुनै कन्जुस्याई नगरि पूर्णरुपमा अधिकारसम्पन्न बनाइएको थियो । तर नागरिकको मौलिक हक, स्थानीय निकायको व्यवस्था, महालेखा परिक्षक, लोकसेवा आयोग, निशूल्क अनिवार्य प्राथमिक शिक्षाको व्यवस्था भने विना कञ्जुस्याईँ संविधानमा गरिएको थियो । यतिसम्म कि मुलुकको शासन सञ्चालन गर्न निर्वाचित तथा मनोनित प्रतिनिधिले मात्र सक्ने कुरा संविधानमै उल्लेख गरिएको थियो । त्यस्तै त्यस्तै नक्कल संविधान सभाले २०७२ सालमा बनाएको छ ।
उही खस बाहुनलाई माथिल्लो दर्जाको संवैधानिक जाति र हामीलाई चाहिँ तेस्रो दर्जाको नागरिक । यसमा होमा हो का साथ लाहाछाप लाउने आदिवासी जनजाति भनौदा पाजीहरुको के कुरा गर्नु तर चिन्नु जरुरी छ जनताको शक्ति हामीसँगै छ । दिन आउँछ । नथाक्नुहोस् आदिवासी जनजाति नेता र नथाक्नुहोस् आदिवासी जनजातिको अधिकार वहस पैरवी गर्ने सामाजिक कार्यकर्ताहरु । हाम्रो पहिचानको लडाईँ निरन्तर जारी छ ।
सुनुवार र मुखिया जडौरी पहिचानबाट मुक्त भै खाँटी कोइँच पहिचानको लागि अहोरात्र खट्नुहुने सबै कोइँच सामिबुमा आफ्नो पहिचानको युद्धमा कहिल्यै हतास नहुन अनुरोध छ । यो युद्धमा हिड्ने युवा साथीहरुमा हिजै मात्र पनि आत्मग्लानि र दिक्दारीको रुवावासी चल्यो । तर यि आँशुले एक दिन सार्थकता पाउने छ । हाम्रा शत्रु खस बाहुन हुन् भनेर रट्नु भन्दा पनि कोइँचको नाममा राजनीति गरेर ढाँडमा टेकेर घाँटीमा हान्ने सुनुवारहरु नै हाम्रो पहिलो शत्रु हुन् भन्ने कुरालाई पनि अब बिर्सनु हुन्न । सर्पसँग थोरै भए पनि बिख हुन्छ, खोइ कुन्नी अब कोइँचमा इख छ कि छैन समयले देखाउने छ । जाग युवा सधैं यही अवस्था रहँदैन, हाम्रो पनि पालो आउँछ । जालझेल र हेपुवाचेपुवा प्रवृति सधैं रहँदैन । छेउको सियो वीच र कुनामा पनि पुग्छ । कोइँच पहिचानको लागि लागी पर्ने एक जना जुझारु कोइँच युवाले सुनुवार सेवा समाजको भवनमा झारेका नुनिला आँशुले तमाम कोइँचको मन पोल्छ पोल्दैन कितनसाथ भन्न नसके पनि पहिचानवादी हामी कोइँचहरुलाई सदादिन पिरोली रहनेछ । हेरौं अभैंm बाहुनवादी कोइँच बन्न नसकेका सुनुवारको बाँकी दिनहरु कति नुनचुक दल्नमा उत्प्रेरित हुनेछन् । तर मन अमिलो बनेको छ, भाई … हतास नहुनु, हरेस नखानु, हिजोभन्दा भोलिको दिन सुनौलो छ अवश्य । अरु सधैं अरुकै लागि लडीरहेको बेला तिमी आफ्नै पहिचानको लागि लडेका छौं यो लडाइमा हाम्रा खाँटी कोइँचहरुले सम्झीरहनेछन् ।

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives