All about Sunuwar

कालीमायालाई सहयोग रकम हस्तान्तरण

kali_2समीर मुखिया सुनुवार
ओखलढुंगा, २६ मंसिर । लामो समयदेखि ओढारमा बस्दै आएकी कालमिाया सुनुवारलाई सुनुवार सेवा समाजले नगद सहयोग प्रदान गरेको छ । बैदेशिक रोजगारमा रहेका सुनुवारहरुबाट प्राप्त ३२ हजार ८ सय ८० रुपैयाँ सुनुवार सेवा समाज केन्द्रीय प्रथम उपाध्यक्ष रणवीर सुनुवारको उपस्थितिमा सुनुवार सेवा समाज ओखलढुंगा जिल्ला समितिका सचिव देवीध्वज सुनुवारमार्फत सुनुवार सेवा समाज पात्ले गाउँ समितिका सचिव खड्गबहादुर सुनुवारद्वारा ‘कालीमाया संरक्षण सरोकार समिति’का अध्यक्ष शारदा सुनुवारलाई हस्तारण गरियो ।
‘नासम’ मासिक वर्ष २, अंक ७, २०६८ भाद्र महिनाको अंकमा पहिलोपटक कालीमायाको अवस्थाबारे प्रकाशन भएको थियो । त्यसपछि सुनुवार सेवा समाजका केन्द्रीय प्रथम उपाध्यक्ष रणवीर सुनुवार र केन्द्रीय सदस्य उत्तमकुमार सुनुवार पुगी निरीक्षण गरेका थिए । २०७१ चैत ६ गते कान्तिपुर दैनिकमा कुम्भराज राईले पुनः समाचार प्रकाशन गरेपछि विभिन्न संघसंस्था तथा व्यक्तिहरुको चासोको विषय बन्न थालेपछि सहयोग जुट्न थालेको हो । कान्तिपुरलगायत विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशनपश्चात् जिल्लाका राजनीतिक नेता, स्थानीय बुद्धिजिवीको सहयोगलगायत गाउँ विकास समितिबाट पनि आर्थिक सहयोग प्राप्त हुनका साथै स्थानीय संघसंस्था तथा जनश्रमदानबाट आवास निर्माण गरिएको छ । कालीमाया सुनुवार आफैं नगद व्यवस्थापन गर्न नसक्ने भएकाले स्थानीय संघसंस्था तथा बुद्धिजिविहरु मिलेर कालीमाया संरक्षण समिति गठन गरि सो समितिबाट खर्च व्यवस्थापन गर्ने कुरा समितिका कोषाध्यक्ष काजी तामाङले बताए ।
ओखलढुंगा जिल्लाको पात्ले गाविस लप्सेडाँडामा वि.सं. २००५ मा वर्जमान सुनुवारसँग विवाह गरेपछि ८ जना सन्तान भए पनि हाल जिवित रहेका दुई जनाले पनि नहेरेको स्थानीयबासीको भनाइ छ । पति बर्जमानको क्षयरोगले मृत्यु भएपछि आफूसँग भएको थोरै जग्गा जमिन पनि कान्छो छोराले बेचेर सिध्याइ आमाको पैसा चोरेर हिँडेपछि हालसम्म नफर्केको स्थानीयले बताए । आफूले जन्म दिएको छोराले विष ख्वाएर मार्ने प्रयास गरेपछि कालीमायाको मानसिक सन्तुलन गुमाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *