All about Sunuwar

कुलदीप सुनुवारको आठौं स्मृति दिवस सम्पन्न

Kuldeepसमीर मुखिया सुनुवार
ललितपुर, २६ मंसिर । स्व. कुलदीप सुनुवारको सम्झनामा आठौं स्मृति दिवस सम्पन्न भएको छ । कुलदीप सुनुवार स्मृति कोष समितिको कार्यालय धापाखेलस्थित कोषका अध्यक्ष टीकाराम मुलिचाले दीप प्रज्ज्वलन तथा स्व. सुनुवारको तस्विरमा माल्र्यापण गर्नुका साथै सुनुवार परम्परानुसार कुलपुरोहित नाःसोले जोर सगुन राखी पिदार गरी आरम्भ गरियो । ‘शुरुका केही वर्ष विभिन्न साहित्यिक प्रतियोगिता गर्दै आए पनि विगत वर्षदेखि गतिविधि शून्यजस्तै भएको बताउँदै स्थानीय जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएकोमा सो कार्यलाई निरन्तरता दिन नसकिएको’ कुरा कोष अध्यक्ष मुलिचाले बताए ।
आठौं स्मृति दिवसको अवसरमा कोषले खिजीकातीस्थित प्रस्तावित कुलदीप स्मृति भवन निर्माण गर्ने निर्णय गर्दै उक्त भवन निर्माणका लागि समिति बनाएर प्रारम्भिक कार्य अगाडि बढाउने कुरा बताउँदै विगत केही वर्षदेखि स्थगित रहेको छात्रवृत्ति वितरणलाई यो वर्षदेखि निरन्तरता दिने कुरा कोषका उपाध्यक्ष राजन सुनुवारले बताए । सो स्मृति भवन निर्माणपश्चात् स्थानीयस्तरका विभिन्न कार्यक्रम सञ्चालन गर्न सहज होस भन्ने उद्देश्य रहेको कुरा पनि प्रष्टयाए ।
विगतमा राम्रो कार्यक्रम गरिए पनि कोषको उद्देश्य परिपूर्तिका लागि केही वर्षदेखि कार्यगति अगाडि बढाउन नसकिएको कुरा कोषका सल्लाहकार तथा सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष रणवीर सुनुवारले बताए । साथसाथै कार्यक्रमलाई निरन्तरता दिन सम्पूर्ण मुलिच दाजुभाइको सहयोग तथा गुठीको आवश्यक रहेको र समन्वय गरेर अगाडि बढ्नुपर्ने कुरा कोषका सल्लाहकार ओमबहादुर सुनुवारले बताए ।
ओखलढुंगा जिल्ला खिजीकाती गाविस फोतीमा जन्मिएका सुनुवार सामाजिक तथा साहित्यिक क्षेत्रमा विशेष रुचि राख्ने स्व. सुनुवारको २०६४ मंसिर २६ गते असामयिक निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *