All about Sunuwar

साउदी आरेबियमा सुनुवार सेवा समाज गठन हुदै

swssसुनुवार डट ओआरजी सम्वाददाता
साउदी अरेबिया, ५ डिसेम्बर । खाडी मुलुक साउदी अरेबियामा सुनुवार सेवा समाज गठन हुने भएको छ । संस्था गठनका लागि हिजो साउदी अरेबियाका विभिन्न शहरमा छुट्टाछुट्टै शहरमा भेटघाट कार्यक्रम राखिएको थियो । जसअनुसार दमाममा देव सुनुवार संयोजकमा नौ सदस्यीय समिति, रियादबाट बुद्धिराज सुनुवार सहसंयोजक र प्रचारप्रसार संयोजक गणेशकुमार सुनुवार रहेका छन् । सोही भेलाबाट आगामी दिनमा औपचारिक रुपमा संस्था गठनसम्बन्धी छलफल गरिएको कुरा संयोजक देव सुनुवारले बताए । सो अवसरमा साउदी अरेबिया निकै ठूलो देश भएकोले यहाँ कार्यरत सुनुवारहरु निकै टाढा टाढा बस्ने र एकठाउँमा आउन कठिन भएको बताउँदै आआफ्नो कार्यक्षेत्रबाट सहयोग गर्न समेत अपिल गरे ।
सुनुवार सेवा समाज साउदी अरेबिया गठनका सुरुवात भएकोमा सम्पूर्ण सुनुवार बन्धुहरुले सहयोग गर्नुभएको खुशी व्यक्त गर्दै प्रवासमा रहेर विभिन्न देशमा सुनुवार सेवा समाज गठन गर्न संयोजन गरिरहेका किशोर सुनुवारले बताए । साउदी अरेबियास्थित सबै जिल्लाबाट नेतृत्व हुने विश्वास र सहयोग गर्न अनुरोध गर्दै ऐतिहासिक भेटघाट भएकोमा जिम्मेवारी पाउने मित्रहरुका साथै साउदीका कार्यरत कोइँचहरुलाई धन्यवाद तथा कार्य समिति गठनका लागि शुभकामना समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *