All about Sunuwar

नेपालआदिबासी जनजाति महासंघको बिशेष भेला सम्पन्न ।

ukगत ११ अक्टोबर आइतबार सन् (२०१५ ) का दिन बेलायतको अल्डर्सट स्थित भेटघाट रेस्टुरेन्टमा नेपाल आदिबासी जनजाति महासंघ बेलायतको आयोजनामा एक बृहत बिशेष भेला सम्पन्न भएको छ ! नेपालमा हाले जारि भएको २०७२ को संबिधानमा आदिबासी जनजाति ,महिला ,मधिसी ,मुश्लिम र अन्य उत्पीडित ,उपेक्षित ,सिमान्तकृत बर्गको पहिचान र अधिकारलाई कुण्ठित पार्नुको साथै संबिधान साझा दस्ताबेज बन्न नसकेको , साथै गोर्खालीहरुको बम्शजको आधारमा प्राप्त नेपाली नागरिकता जस्तो नैसर्गिक अधिकारलाई समेत अहिलेको अलोकतान्त्रिक राज्य सतता दुवारा खोस्ने घिनलाग्दो षडयन्त्र भएकोले, बेलायतबासी सम्पूर्ण नेपालीहरुको जातिय संघ संथा ,राजनीतिक संघ संस्था , गोर्खाजहरुको आधिकारको लागि काम गरिरहेका बिजी डब्लु एस ,गेसो ,बिगेसो ,सिगेसो सत्याग्रह जस्तो सामाजिक संघ संथाहरु ,पत्रकार,संचारकर्मी ,बुद्दिजिवि तथा मानव अधिकाराबादिहरुलाई आमन्त्रण गरि, अध्यक्ष तुल छन्त्यालको अध्यक्षतामा सम्पन्न उक्त भेलामा, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति आयमेली कवि तथा साहित्यकार बैरागी काइलाको प्रमुख आतित्थ रहेको थियो ! यसै गरि सिर्जनशील आरजकताका एक अभियन्ता, मदन पुरस्कार बिजेता (दमिनी भीर ) कवि तथा आख्यानकार राजन मुकारुङ्ग र पत्रकार तथा साहित्यकार राजकुमार दिक्पालको बिशेष आतिथ्य रहेको थियो ।

सभा अधक्ष छन्त्याल तथा निबर्तमान अध्यक्ष सिरी प्रसाद लिम्बु दुवारा प्रमुख अतिथि तिल बिक्रम नेम्बाङ्ग बैरागी काइला र बिशेष अतिथिहरुलाई सम्मान गरिएको थियो ! विशिष्ट अतिथिहरु तथा आमन्त्रित सम्पूर्ण अतिथिहरु र सहभागी सम्पूर्णलाई नेआजम बेलायतका बरिष्ठ उपाध्क्ष जंग सुनुवारले स्वागत गर्नु भएको थियो ! स्वागत मन्तव्यको साथै नेपालको आदिबासी जनजाति बारे र बर्तमान रानीतिक परिपेक्षमा समेत सुनुवारले प्रकाश पार्नु भएको थियो ! जनताको साझा भावना र चिन्तनमा आधारित मूल कानुन नै संबिधान हो ! संबिधान सभामा आदिबासी जनजातिका प्रतिनिधिहरु कमजोर रहेको र आफ्नो वोली नबोलिकन अरुको बोली बोलि दिएकाले आदिबासी र उत्पीडित बर्गका भावना र चिन्तनहरु संबिधानमा समेटिन नपाएको र आदिबासीहरुले आफ्नो प्रतिनिधित्व आफैले गर्न नपाउदाको पिडा मुलुकले भोग्नु परेको बिषयमा प्रमुख अतिथिले मन्तव्यमा राख्नु भएको थियो ! चिन्तन र दृष्टिकोणमा फरक प्रतिनिधित्वको राजनीति नै आदिबासीहरुको दुर्भाग्य बनेको छ ! हालै जारि संविधानले ब्रिटिश गोर्खाज र उनका सन्ततिहरुलाई अनागारिक बनाउने नीति ,आदिबासिहरुलाई र नया पिडिका आदिबासी बौदिक वर्गहरुलाई बिदेशी बनाउने मूल सड्यन्त्र रहेको कुरा प्रति उहाले संकेत गर्नु भयो ! जाति विशेषलाई लक्षित गरेर रेसियल डिस्क्रिमिनेसन राज्यमा सदियौदेखि भई रहेको छ भन्दै , मुलुक बाहिर रहेर शुद्द जातिगत संघ संस्था र नेपाली एकता यी प्रमुख दुइ बिषयमा प्रबासी नेपालीहरु सक्रिय रहेको कुरा सकारात्मक रहेको उहाले बताउनु भयो ! आफ्नो हक अधिकारको लागि दोषमुक्त रहेर बिदेशमा बस्नेले उठान गरेको कुनै पनि सकारात्मक आवाज र आन्दोलनले देशमा हुनेहरुलाई उर्जा मिल्ने गर्छ ! बौदिक र चिन्तन युक्त काम जताबाट पनि गर्न सकिन्छ र केन्द्रबाट कार्यन्यान हुनु पर्छ भन्ने कुरामा काइलाले जोड दिनु भएको थियो ।

मन्तब्यकै क्रममा २२ बर्ष देखि पहिचानको बिषयमा कलम चलाई रहेका प्रखर साहित्यकार मुकारुङ्गले बिशेष अतिथिको आसनबाट भन्नु भयो, जो पहिचानको खातिर लडाई गर्छ उ आदिबासी जनजाति हो ! हिजो राज्यले सिमान्तकृत पारेका र पहिचानको मुद्दामा प्रतिबद्दता भएर लड्नेहरु आदिबासी जनजाति हुन् ! कुनै पनि राष्ट्रलाई सम्ब्रिद्द तुलाउनको लागि आदिबासीहरुको भाषा ,संस्कार ,संस्कृति र इतिहासले राज्यबाट संरक्षण र सम्बर्धन पाउनु पर्छ ! आफ्नो पहिचानको लागि निरन्तर आन्दोलित हुदै आवाज बुलन्द पार्नु पर्ने कुरामाथि जोड दिदै , विभेदमा परेकाले विभेद भएको कुरा आफैले मात्र राख्न सक्ने कुरा माथि उहाले प्रकाश पार्नुको साथै आफ्नो पुरा जीवन पहिचानको निम्ति कलम चलाई रहने प्रतिबद्दता समेत जाहेर गर्नु भयो ।

मन्तव्यको क्रममा बिभिन्न बक्ताहरुले हाल जारि भयको संबिधान र नेपालको बर्तमान राजनीतिक परिस्थितिको बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो ! आदिबासीहरुको आवाजहरु राज्य सत्ताले कहिले पनि सुन्न चाहेन र संचार माध्यममा जहिले पनि ओझेल पारिने काम भयो ! अबका दिनमा आदिबासीहरुको समस्या र पीडालाई स्थान दिनको निम्ति पत्रकार र संचार कर्मीहरु संग मन्तब्यकै दौरानमा ध्यान आकर्षण गराउनु भएको थियो नेपाल आदिबासी जनजातिका पुर्व सचिव भक्त दुराले ! ब्रिटिशको आवस्यकता र तात्कालिन नेपालका निरङ्कुश राज्य सत्ताको निहित स्वार्थको निम्ति बेलायति शेनामा भर्ति भएका गोर्खाली र उनका सन्ततिहरुलाई हालको अलोक त्रन्त्रिक र अप्रिय राज्य सत्ताले नागरिक अधिकार खोसेर बिदेसी बनाउन लागेको भन्दै अशन्तुष्टी व्यक्त गरेका थिए ! सत्याग्रहका निर्देशक ज्ञान राज राइ ,आदिबासी जनजाति बेलायतका संस्थापक अध्यक्ष थर्क राना ,संघिय समाजबादी पाटीका केन्द्रिय सदस्य तथा कवि भगवान चाम्लिङ्ग , सुन बहादुर तामांग ,जनमुक्ति पाटीका पदम गाहा ,सन्तोष थालन ,काजि शेर्पा ,जितेन्द्र राइ ,आदि बक्ताहरुले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा हालै जारि २०७२ को नया संबिधान र आदिबासीको समस्या तथा नेपालको पछिल्लो राजनीतिक घटना क्रम र ब्रिटिश गोर्खाली र उनका सन्ततिलाई नेपालि नागरिकता त्याग्न बाद्ध पार्दै गैर आवासीय नेपाली नागरित्का दिने (जुन नागरिकता नभई परिचय पत्र मात्र ) सम्बन्धि बिषयमा बिशेष अन्तरक्रिया भएको थियो ! उक्त बृहत भेलाले नेपाल आदिबासी जनजाति युकेका संस्थापक अध्यक्ष थर्क रानाको संयोजकतामा तीन सल्लाहकार सहितको १३ सदस्य रहेको सर्व पक्षीय संघर्ष समिति गठन गरेको छ ! उक्त समितिको नाम” ब्रिटिश गोर्खा नागरिकता संघर्ष समिति बेलायत” रहेको छ ! प्रतेक जातीय , राजनीतिक र सामाजिक संघ संस्थाबाट एक एक जना प्रतिनिधिहरु चैन गरिएका छन् ! उक्त गठित समितिले ब्रिटिश गोर्खाहरु माथि लगाइएको नागरिकता बन्देजको बिरुद्दमा कानूनी यबम मौलिक अधिकार हनन बिषय उपर लडाइको निम्ति सक्त नीति निर्धारण गर्ने छ र नेपाल आदिबासी जनजाति महासंघ बेलायत संग सहकार्य गर्दै अभियानको थालनी गर्ने उद्घोष गरेको छ ! कार्यक्रममको संचालन संस्थाका महा सचिव कर्म शेर्पाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *