All about Sunuwar

सारा (दुर्गा) सुनुवारले विएफए प्रथम वर्षको परिक्षा दिइन ।

ललितकला पढ्ने धनुषा बेङ्गा डाबारका प्रथम कोइँच तामि सारा तुनिच (दुर्गा सुनुवार)ले विएफए प्रथम वर्षको परिक्षा दिएकी छिन् । उनको अध्ययनको लागि देश विदेशमा रहनु भएका सबै सुनुवारहरुले नियामित सौजन्य गरिरहनु भएकोमा हार्दिक कृतज्ञता प्रकट गरेकी छिन् । उनको प्रयोगात्मक परिक्षा भने तिहार पछि हुने भएको छ । कला क्षेत्रमा कोइँच महिलाको अनुपस्थिति रहेका बेला उनले पुरा गर्ने वचन वद्धता जाहेर गरेकी छिन् । अब उनले तीन वर्ष कडा मिहिनेत गर्नु पर्ने छ । पहिलो वर्ष प्रिन्ट आर्ट तथा विश्व कला इतिहास सम्बन्धि पढेकी छिन् । अबका दिनमा प्रथम वर्षमा भन्दा बढी खर्च पनि बढ्ने छ । विशेषगरी ललितकला पढाईमा क्याम्पस शुल्क भन्दा पनि पढाईको लागि चाहिने सामाग्री खरिदमा बढी खर्च हुन्छ । उनले अब क्यानभास र ओइल कलर किन्न बढी खर्च चाहिने छ । उनका कलाले कोइँच पहिचान पस्किनेमा हामी विश्वास्त छौं । उनको सहयोगमा संयोजनकारी भूमिका निर्वाह गर्ने कतार निवासी किशोर सुनुवार बताउनु हुन्छ । अहिले बेलायतबाट जंग सुनुवार, भक्तमान सुनुवार, किरात सुनुवार सेवा समाज बेलायत, सुनुवार समाज हङकङ, मिनकुमारी सुनुवार नेपाल, मिनबहादुर सुनुवार, सुनुवार सेवा समाज मलेशियाले सहयोग गर्नु भएको छ । हाल उनी बसन्तपुरमा कोठा भाडामा लिएर किर्तीपुर पढ्न धाउँछिन् । ललितकला क्याम्पसलाई भुकम्पले क्षति पुराएपछि किर्तीपुरमा क्याम्पस सरेको हुँदा पहिला बेँशी गाउँ जोरपाटीमा कोठा लिएर बसेकी सारा तुनिच अहिले बसन्तपुर सरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *