All about Sunuwar

सुनुवार सेवा समाज कोरिया शाखा गठन

Korea-imageसुनुवार डट ओआरजि सम्वाददाता
सिओल, सेप्टेम्बर २७ । दक्षिण कोरियामा कार्यरत सुनुवारहरुले सुनुवार सेवा समाज शाखा गठन भएको छ । दक्षिण कोरियामा कार्यरत सुनुवारहरुको एक भेलाले कुमारी रेष्टुरेन्टमा आयोजना गरिएको सुनुवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा हुसन सुनुवारको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ । जसमा उपाध्यक्ष तोरण सुनुवार, सचिव हर्क सुनुवार, कोषाध्यक्ष सुवास सुनुवार र सदस्यहरुमा सपना सुनुवार, तृशा सुनुवार, सुशिल सुनुवार, राम सुनुवार, सन्देश सुनुवार, विवेक सुनुवार, कृष्ण सुनुवार, बेद सुनुवार रहेका छन् । जसमा बालकृष्ण सुनुवार र सुमन सुनुवार सल्लाहकार रहेका छन् ।
कोरियामा रहेका सम्पूर्ण सुनुवारहरु आफ्नो कार्य व्यवस्ताले एक ठाउँमा भेला हुन नसके पनि आगामी दिनमा सकेसम्म सम्पूर्णलाई भेला गरी अगाडि बढ्ने कुरा सल्लाहकार बालकृष्ण सुनुवारले बताए । सुनुवारहरुलाई एकबद्ध गरी संगठित गर्न निकै जटिल भए पनि पहिलो प्रयासमा उत्साहजनक रुपमा उपस्थिति रहेको सचिव हर्क सुनुवारले खुशी व्यक्त गर्दै बताए ।

विभिन्न देशमा छरिएर रहेका सुनुवारहरुको एकताका लागि चलाउँदै आएको अभियान अन्तर्गत सो दक्षिण कोरिया शाखा गठन गरिएको छ । जस अन्तर्गत दक्षिण कोरियामा रहेका सुनुवारहरुको एक अर्कामा हातेमालो गर्दै आफ्नो भेषभूषा र संस्कृतिलाई जिवन्त राख्न अभियान चलाएको कुरा अध्यक्ष सुनुवारले बताए । यसैक्रममा एनआरएनए सदस्य तथा सुसेस कतार शाखाका भू.पू. अध्यक्ष किशोर सुनुवारले सुनुवारहरुको एकआपसमा सहयोग गर्ने थलोका रुपमा संस्थालाई विकास गर्नुपर्ने कुरा बताउँदै केही महिनाभित्र जापानस्थित शाखा गठन गर्ने योजना रहेको कुरा पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *