All about Sunuwar

बेलायत आदिबासी महासंघका अध्यक्ष तुल छन्त्याल !

uk_mahasangगत ३१ मे आइतबार नेपाल आदिबासी जनजाति महा संघ बेलायतको दोस्रो महाधिबेशनले बेलायत छन्त्याल संघका तुल छन्त्याललाई अध्यक्ष पदमा चयन गरेको छ ! यसै गरि बरिष्ठ उपाध्क्षमा किरात सुनुवार सेवा समाजका पुर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार जंग सुनुवार ,उपाध्क्षमा देबीमाया पुन र लोकेन्द्र लिम्बु ,महा सचिव कर्म शेर्पा ,सचिव जगत गुरुङ ,कोषाध्यक्ष पेम्बा शेर्पा र सह कोषाध्यक्ष पूर्ण दुरा चयन भएका छन् भने बेलायतमा रहेको ११ वटा जातिय संस्थाबाट एक एक जना कार्य समितिका लागि महा संघका सदस्य रहनेछन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *