All about Sunuwar

बेलायतमा श्यादर पिदार सम्पन्न !

uk1—–भावना परिष्कृत सुनुवार

किरातहरुको महान साझा राष्ट्रिय पर्व उभौली बैशाखे पूर्णिमा बुद्द जयन्तिको दिनमा पर्ने गर्दछ ! प्रतेक बर्ष धुमधामले हर्ष उल्लास सहित घरदेश देखि परदेश सम्म ,सुनुवार ,राई ,याक्खा,लिम्बु,जिरेल ,सुरेल ,हायू ,थामी आदि किरातीहरुले उक्त पर्वलाई परापुर्वकालदेखि मनाउदै आइ रहेका छन् ! पितृ र प्रकृति पूजक किरातहरु उभौली पर्वलाई ,सुनुवारहरुले श्यादर पिदार,सालिवा ,राइहरुले साकेला,,चसुवा ,तोसी ,लिम्बुहरुले चासोकताङ्गनाम आदि नामले मनाउने गर्दछन ! नया बाली लगाउने बेला र नया अन्न भित्राउने बेलामा पितृ ,इष्ट देवहरुको आरधना संग संगै प्रकृति शक्तिको पूजा गर्दै , नया बालीहरु सप्रियोस ,बिश्व भरि साकाल रहोस ,शान्ति छावस ,दैविक प्रकोप ,प्राकृतिक प्रकोप नहोस , ,बन पाखामा सदा हरियाली कायम रहोस, रोग भेद नहोस ,अकाल मृत्यु नहोस ,सबै कुरामा सुब्य फाब्य रहोस आदि जस्तो सामाजिक कल्यानार्थ कामना गर्दै ,नया अन्नबाट बनेको खान्कीको परिकार पितृ र देवलाई अर्पण गरेर नौगी खादै मानिने उभौली पर्वको सार सबै किरातहरुको एकै पाइन्छ !

नेपालको सन्दर्भमा सबै किरातहरुले आफ्नो मौलिक संस्कृतिमा आधारित उभौली पर्वलाई बुद्द जयन्तीकै दिन मनाए पनि बेलायत र अन्य मुलुकमा भने आ आफ्नो समय अनुकुल पारेर बैशाख जेठ भित्रमा मनाउने गरेका छन् ! यसै सन्दर्भमा बेलायतबासी कोइँच सुनुवारहरुले सन् २०१५ को श्यंदर पिदारलाई गत १० मे आइतबारको दिन फानब्रोरो स्थित ओकफम कम्युनिटी हलमा सम्पन गरेका छन् ! गत बैशाख १२ गते मातृ भुमि नेपालमा गएको महा प्रलयकारी भूकम्पबाट माटोको शोक पर्न गएको पीडादायी घडीमा कुनै हर्ष उल्लास नभए पनि , प्राकृतिक प्रकोपबाट ज्यान गुमाउन पुगेका नेपाली तथा गैर नेपालीहरुको आत्माको चीर शान्तिको कामना गर्दै बत्ति बालिएको थियो ! पितृ र प्रकृतिलाई पुजन गर्ने पर्व भएको हुनाले रुखमुनी दियो बालिनुको साथै फूल र जल पनि अर्पण गरिएको थियो दिबंगत आत्माहरुको नाममा ! नेपालको राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा माटोको शोक मनाउदै मौन धारन गरिएको थियो ! साथै महा प्रलयकारी भूकम्पमा परि घाइतेहुनेहरु प्रति शीग्र स्वास्थ्यलाभको कामना सामुहिक रुपमा गरिएको थियो !” प्रतेक बर्ष धुमधामले मानिदै आएको श्यादर पिदार यो बर्ष दुर्भाग्यबस माटोको शोक संग सम्पन्न गर्नु परेकोमा किरात सुनुवार सेवा समाज बेलायत अत्यन्त मर्महात भएको छ ” संस्थाका अध्यक्ष मोतिराज सुनुवारले भावबिभल आफ्नो मन्तब्यको क्रममा भने ! सामान्य पूजन संगै श्यादर सिल गर्दै ढोलेहरुको साथ् दिएका थिए अतिथि लगायत अन्य सबैले ! देशमा गएको महा भूकम्पबाट पिडितहरुको राहतको निम्ति संस्थाले आर्थिक संकलन पनि गरेको थियो ! यसै क्रममा साहित्याकार काङ्गमाङ्ग नरेश राइले आफ्नो हालसालै प्रकाशित कृति ” खुकुरीको धारमा दुई सताब्दी ” बिक्रीबाट £११० आर्थिक राहत संकलन भएको जानकारी दिए ! भावना परिष्कृत सुनुवरको कथाकृति ” उन्मुक्त यात्रा” र केदार संकेतको खण्ड काब्य “अफिम फुल्ने देशमा ” लाइ पनि राहत संकलनको निम्ति पाठकहरुले खरिद गरेर कल्याणकारी उद्देश्यमा सहयोग पुराएका थिए !

माटोको शोकमा मुर्छित भइ रहदा श्यादर पिदार पर्वमा सहभागी हुदै एकै मञ्चमा बिभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरु र किरात सुनुवार जमाज माझ पिडा साट्न पाएकोमा, मन केहि हल्का भएको भाव व्यक्त गरे मगर सङ्घ युकेका अध्यक्ष दुत पुनले ! सो कार्यक्रममाझ उनले मगर सङ्घ युकेको तर्फबाट टोकन अफ द लभ (मायाको चिनो ) किरात सुनुवार सेवा समाज बेलायतका अध्यक्ष मोतिराज सुनुवार र महा सचिब भक्तमान सुनुवारलाई खादा सहित प्रदान गरेका थिए !

उक्त कार्यक्रममा ,नेपाल आदिबासी जनजाति महा सङ्घ बेलायतका अध्यक्ष सिरी प्रसाद लिम्बुको प्रमूख आतिथ्य रहेको थियो ! यसै गरि आमन्त्रित अतिथिहरुमा मगर सङ्घ बेलायतका अध्यक्ष दुत पुन (चिमखुले काइला) ,बुद्दिष्ठ येसुसियसन बेलायतका अध्यक्ष श्रीमान श्रीमती काजि शेर्पा , थकाली सेवा समाज युकेका पुर्व अध्यक्ष रेशम शेरचन , नेपाल आदिबासी जनजाति माहासंघका महा सचिब तथा पहिचान पुरस्कार कोष संस्थापक नरेश काङ्गमाङ्ग राई, नेपाल आदिबासी जनजाति महिला महासंघकी उपाध्यक्ष बिमला कुमारी राइ ,गोर्खा च्यानल डाइरेक्टर तथा महिला महासंघ बेलायतकी महासचिब बिमला सुब्बा ,राइनो एफ एमका डाइरेक्टर तथा गोर्खा च्यानलका भिजे रणजित बस्नेत लगायत अन्य अतिथिहरुको गरिमामय उपस्थिति रहेको थियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *