All about Sunuwar

किरातीहरुले दोहामा प्रकृति र पितृ पूजा गर्ने

bhanun–भानु सुनुवार
सुनुवार डट ओआरजी

दोहा कतार, २४ अप्रिल । किरातीहरुको महान चाड तथा राष्ट्रिय पर्व उभौली यक्वा तङनाम, साकेला उभौली र शाँदारपिदार–५०७५ कतारमा भव्यताका साथ मनाउने भएका छन् ।

किरात समुदाय सुनुवार, राई, लिम्बू र याक्खाले उधौली र उभौली गरेर वर्षको २ पटक प्रकृति तथा पूर्खा पुजा गर्ने परम्परालाई घरदेशदेखि परदेशसम्म निरन्तरता दिदैँ आएका छन् । यसरी मनाइने चाडहरु विशेष गरी अन्नबाली सप्रियोस, सहकाल होस् भन्ने कामना गर्दै यो पर्व मनाइन्छ ।

किराती बस्तिहरुमा धुमधामसाथ उभौली चाड मनाउँने प्रचलनलाई निरन्तरता दिन कतारमा स्थापित तीन किराती संस्थाहरु किरात याक्थुङ चुम्लुङ कतार, किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारको संयुक्त आयोजनामा भव्याताका साथ सफल पार्न किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष मनकुमार आङ्बोको संयोजकत्वमा मूल कमिटीसहित विभिन्न समिति गठन गरीएको छ ।

आगामी ८ मे शुक्रवारका दिन हुने कार्यक्रममा तीनवटै संस्थाहरुले आ–आफ्नो परम्पराअनुसार प्रकृति र पितृ पूजा गर्ने तथा विविध झाँकीसहितको साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेर मनाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *