All about Sunuwar

कोइँच महिला चित्रकारले पढ्न पाउने : सारा तुनिचले धमाधम पर्ढाई सौजन्य प्राप्त गर्दै तर अभाव बढ्दो

-कोइँच बु काःतिच
नपाउनेले पायो बोक्रैसित खायो । कोही फेसबुक -मुहारपुस्तिका) लाई चौविसै घण्टा खुला राख्छन् र अनावश्यक फोटो अपलोड गर्न र उट्पट्याङ गफ गर्न बाहेक अरु जान्दैनन् । तर कोही भने फेसबुकलाई समाजसेवा गर्न समाचार तथा विभिन्न जानकारी खोजी रहन्छन् । जेउ, जब धनुषा जिल्ला बेंगाडाबारका कोइँच तामि सारा तुनिच -दर्ुग सुनुवार)ले चित्रकार बन्ने इच्छा गर्दा गर्दै ललितकला क्यापसमा बि एफ ए पढ्न नपाएको समाचार पढ्न पुगे समाजसेवामा उद्दत्त कोइँच मन किन चुपचाप बस्न सक्थ्यो र ! प्राज्ञिक रुपमा कोइँच तामि चित्रकार बनेको हर्ेन कस्को पो मन आतुर हुँदैन । राज्यको विभेदकारी नीतिका कारण थिचोमिचो, होचोअर्घर्ेेे, विभेद र वहिस्करण शिकार बनेर आफ्नो मूल थलो कोइँच भूमिबाट बाहिर कार्यरत कोइँच युवा तथा समाजसेवीहरुले अन्ततः सारा तुनिचलाई चार वर्षबि एफ ए पढ्नको लागि सौजन्यकर्ताको खोजविन कार्य अगाडि बढाइरहेका छन् । सुनुवार सेवा समाज कतार शाखाका पर्ूव अध्यक्ष किशोर सुनुवारको संयोजनमा सौजन्य सहयोग जुटाउने कार्य अगाडि बढेको छ ।
किरात सुनुवार सेवा समाज, बेलायतका पर्ूव अध्यक्ष जंग सुनुवारले चार वर्षो पर्ढाई शुल्क र परिक्षा शुल्कको सौजन्य गर्नु भएको छ । यो कार्य रु. १५,००० सारा तुनिचाको पर्ढाईको लागि उपलब्ध गराउनु भएको छ । जुन सहयोगले अहिले उनले ललितकला क्याम्पस भोटाहिटीमा भर्ना भई पढाइ शुरु गरेकी छन् । गोदार निवासी मिन सुनुवारले अतिरिक्त खर्च स्वरुप रु. ५००० सहयोग गर्नु भएको छ भने हालसालै गठित सुनुवार सेवा समाज मलेसियाले रु. १९,००५ सारा तुनिच र सुनुवार सेवा समाज काठमाडौं जिल्ला कोषाध्यक्ष शोभ सुनुवारको नाममा नेपाल इन्भेस्टमेन्ट बैंकमा खोलिएको सारा तुनिच बि एफ ए पर्ढाई सौजन्य संयुक्त खातामा जम्मा गरिदिनु भएको छ । महिला साहित्यकार मौसमी कालाङ -मिनकुमारी सुनुवार) ले पनि सात महिनाको घरभाडा सौजन्य गर्ने बचन दिनु भएको छ र रु. २००० पहिलो किस्ता सारा अध्ययन खातामा जम्मा गरिदिनु भएको छ । किरात सुनुवार सेवा समाज, बेलायतका सचिव भक्तमान सुनुवारले पनि चार वर्षो लागि खाना बस्नको लागि सौजन्य स्वरुप वाषिर्क रु. १५र्०र्०० उपलब्ध गराउने बचन दिनु भएको छ । सुनुवार समाज हङकङले पनि सारा तुनिचको पर्ढाई सौजन्यको लागि सहयोग संकलन कार्यक्रम अगाडि बढाएको भन्ने जानकारी प्राप्त भएको छ । किरात सुनुवार सेवा समाज, बेलायतले पनि सारा तुनिच सुनुवार पर्ढाई सौजन्यकर्ता खोजी कार्यलाई बैठकमा छलफल चलाई र्सार्वजनिकरुपमा सहयोगको लागि अपिल जारी गरेको छ ।सारा तुनिच (दगा सुनुवार)ले बि.एफ.ए पर्ढाई सकिए पनि कोइँच मर्ूत अमर्ूत सम्पदासम्बन्धि संयुक्त वा एकल चित्रकला पर््रदर्शनी गर्ने प्रतिवद्धता जाहेर गरेकी छन् । सुनुवार सेवा समाज, केन्द्रीय समितिले कोइँच पहिचनको लागि पहिलो कोइँच तामि चित्रकार बनाउन सौजन्य गरिदिन सबै पवित्र कोइँच मनहरुलाई आव्हान सिफारिस गरेको थियो ।
===========================================================
सारा तुनिचलाई थप सौजन्य रकम प्राप्त भएको छ । यो समाचार लेख्दा लेख्दै रु. ९०६४७। सारा तुनिचलाई पर्ढाई सौजन्यको लागि बेलायतबासी कोइँच सुनुवारले सहयोग पठाएको खुशीको खबर प्राप्त भएको छ । किरात सुनुवार सेवा समाज बेलायतका सचिव भक्तमान सुनुवारले रामकुमार सुनुवारको हातमा पठाएको जानकारी दिदनु भयो ।
===========================================================
अहिले उनी वि एफ ए पढ्न ता भर्ना भइन तर दैनिक पर्ढाई र चित्रकला अध्यासको लागि आवश्यक सामाग्री रङ्ग, ब्रुस, क्यानभास, आर्ट प्याड, अध्ययन सामाग्रीहरु खरिद गर्न खर्च अभाव भएको छ । दैनिक स्थलगत चित्रकला अध्ययनमा जान खर्च अभाव हुने नै भयो साथर्सार्थ खाजापानी पनि उत्तिकै खर्च लाग्छ ।
हाम्रो घर वैठक कोठामा सजावटका लागि विदेशी चित्रकार र अन्य पोस्टरहरु झुण्डिएका छन् । त्यस्ता पेन्टिङहरुले कोइँच पहिचानको लागि कुनै अर्थ र महत्व राख्दैनन् । न त आर्थिक समृद्धिको लागि देशलाई कुनै सहयोग नै हुन्छ । तर तपाई कोइँच तथा अन्य आदिवासी जनजाति बुद्धिजिवी र नव धनाढ्यहरुले आदिवासी जनजाति कोइँचको चित्र खरिद गरी दिनु भयो भने प्रत्यक्ष-अप्रत्यक्षरुपमा कोइँच पहिचानको लागि योगदान दिएको मानिने छ । सबै पवित्र मनहरुलाई अनुरोध : आफ्नो घर कोठा सजाउने सामाग्री पनि कोइँच मर्ूत अमर्ूत सम्पदालाई नै आधार बनाउने पो हो कि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *