All about Sunuwar

अन्तराष्ट्रिय नारी दिवस एक छोटो चर्चा !

bhawanaप्रतेक बर्ष मार्च आठ तारिखका दिन मनाइने अन्त्राष्ट्रिय नारी दिवस कुनै खुशियालीको उत्सव नभएर उत्पीडित महिलाहरुको लैगिक बिभेद बिरुद्धको आवाज हो संघर्ष हो । महिला सशक्तिकरणको अभियानलाई बिश्वब्यापी रुपमा बुलंध पारिदै, महान संकल्प र अठोटको साथ् निरन्तर जारि राखिने अनन्तकालिन महायात्रा हो । बिगत बर्षहरु जसरि यो बर्ष पनि “१०५ औ” अन्तराष्ट्रिय नारी दिवसलाइ मार्च आठको दिन संसार भरिका महिलाहरुले नारी दिवस मनाउदै छन् ! उसो त पुरै हप्ता नारी दिवस सप्ताहको रुपमा महिला अधिकार सम्बन्धि चर्चा परिचर्चा गरिदै मानिने प्रमुख महिला दिवस हो ।

प्रतेक नारी दिवसमा एउटा एउटा मुख्य बिषय (थिम) मा आधारित नाराहरु बनाइन्छ । प्रतेक देशले आ आफ्नै समसामयिक बिषयहरुलाई समाबेस गरि नाराहरु बनाउने गर्दछन । यो पटकको “१०५ औ) को नेपालको लागि राष्ट्रिय नारी दिवस नारा (राष्ट्रिय महिला आयोगबात् ) “लैगिक मैत्री संबिधान महिला हिंसाको निदान” रहेको छ । यी नाराहरुलाई नाराको रुपमा मात्र सिमित नराखेर कार्यात्मक रुपमा अगाडी बढाउनु सबै भन्दा महत्वपूर्ण रहन्छ । यसरि नारी चेतनासँग सम्बन्धित नाराहरु निर्माण भई.बिकासको यस अवस्थासम्म आइपुग्नुमा नारी जागरणको सिंगो इतिहास जोडिएको छ भन्नुमा कुनै अतियुक्ति नहोला ।

अन्तराष्ट्रिय नारी दिवसको इतिहासलाई फर्केर हेर्ने हो भने एक सय पांच बर्ष भन्दा पनि पुरानो प्रारम्भिक चरणको काल खण्डलाइ हामीले स्मरण गर्नु पर्ने हुन्छ । २९ फेब्रुअरि सन् १९०९ ताका जसको प्रथम अध्याय लेखिने काम सयुक्त राष्ट्र संघमा केहि सामाजिक ,जागरुक र चेतनशील महिलाहरुबाट थालनी भएको थियो । त्यसपछि सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा अन्त्राष्ट्रिय महिलाहरुको बृहत भेला भएको थियो । जसमा १७ वटा देशका १०० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । पुरुष सरह श्रमिक महिलाहरुले समान ज्याला र सुविधाहरु पाउनु पर्ने ,सदियौ देखि नारी माथि सामाजको नाममा ,धर्मको नाममा ,जाति र बर्गको नामा हुदै आइरहेको बिभिन्न खाले अन्याय ,अत्याचार ,शोषण ,दमन ,हिंसा जस्ता लैगिक र अमानबीय ब्यबहारहरु प्रति खुलेर संघर्षको यात्रालाई अघि बढाउने जस्ता महान कार्यको थालनी भएको थियो ति साहसिक महिलाहरुबाट । जसको फल स्वरुप लैगिक विभेद ,सामाजिक ,शैक्षिक ,राजनीतिक ,सांस्कृतिक ,आर्थिक जस्ता बिबिध क्षेत्रहरुमा भएको शोषण ,दमन र विभेदको बिरुद्धमा आवाज बुलान्दित गर्दै ,अन्तराष्ट्रिय स्तर सम्म प्रभाव जमाउन सफल भए ति नारी अग्रजहरु । सन् १९११ मा यस प्रकारको महिला जागृतिले बिभिन्न राष्ट्रमा पहिलो पटक अन्त्राष्ट्रिय नारी दिवस मनाउने क्रमको शुभारम्भ गराई छाड्यो । यहि क्रमलाई निरन्तरता दिदै रशियाका नारीहरुले १९१३ मा ८ मार्चको दिन नारी दिवस मनाए । यसै समय देखि सबै युरोपेली राष्ट्रका नारीहरुले सोहि दिन उक्त दिवसलाई मनाउन थाले महिला मुक्ति संघर्षको अभियानलाई अघाडी सारेर । सन् १९१७ ताका आइ पुग्दा रसियाका नारीहरुले विश्व युद्धको बिरुद्ध ,शान्तिको निम्ति ,रोटीको निम्ति ,प्रेमको निम्ति ,महिलाहरुको मत अधिकारको निम्ति ,तथा सबै क्षेत्रमा पुरुष समान हक अधिकार प्राप्तिको निम्ति मार्च आठकै दिन आवाजलाई झनै बुलान्दित पारेका थिय। जसको फल स्वरूप रसियाका नारीहरुले मत अहिकार सुनिश्चित गराउन सफल भएका थिए । यसरि नै सन् १९१७ देखि १९७६ सम्म मार्च आठले नारी दिवसको निरन्तरा पाई रह्यो l सन् १९७७ मा संयुक्त राष्ट्र संघले नारि दिवस मनाउने सबै राष्ट्रका प्रतिनिधिहरुलाई बोलाएर ,आठ मार्चकै दिन प्रतेक बर्ष अन्तराष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै अधिकारिक रुपमा घोषणा गरेको थियो। त्यस पश्चात आठ मार्चमा मनाइने उक्त नारी दिवसले बिश्वब्यापी रुप लिदै आजको अवस्था सम्म आइ पुगेको हो।

नेपालको सन्दर्भमा नारी दिवसलाई महिलाहरुको समस्या समाधान र नारी मुक्तिको आन्दोलन संग जोडेर मनाउन थालेको तीन दशक पार भई सकेको अवस्था छ । यधपी नारीहरुलाई समाज र राज्यले गर्ने विभेद गनी नसक्नु माथि थपिदै गएको महसुस हुन थालेको छ जुन राष्ट्रको निम्ति पूर्ण अहितकारी छ । एक तिर समयको परिबर्तनशिलता संगसंगै गणतान्त्रिक ,लोकत्रान्त्रिक ब्यबस्था भई सकेको अवस्था र संघिय समाबेशी लोकत्रान्त्रिक व्यबस्थाको क्रममा विभिन्न बर्ग ,क्षेत्र ,र समुदायका जनताले आ आफ्नो हक अधिकार सु निश्चित गर्नको खातिर लागि परेको बर्तमान परिपेक्षमा ,आधा आकास र आधा धर्ति ओगट्ने नारी शक्तिलाई ,मात्री शक्तिलाई राज्यले पुरुषहरु समान हर तह तप्कामा समान हक अधिकार ग्यारेन्टी गर्नु पर्ने टडकारो महसुस चुलिदो छ ,चेतनशील र जागरुक नारीहरुको दरिलो पाइलाको झड्काले गर्दा । यधपी ग्रामिण परिवेश र शिक्षाको उज्यालोबाट बन्चित नारीहरु माझ भने नारी मुक्ति बिषयसंग जोडिएको नारी दिवसले प्रभाब जमाउन अझै सकेको छैन। पिछ्वाडा बर्ग ,राज्यले समेत अपहेलना गरेको दुर दराजका कैयो दुर्गम बस्तीमा पुरुषहरुको अवस्था नै दयनीय छ भने नारी रा बाल बालिकाहरुको अवस्था त कल्पना गर्दा मात्र पनि आत्माकम्पित गराउने खालको छ । बिगत देखि बर्तमान सम्म पनि नेपाल भित्र अन्त्राष्ट्रिय नारी दिवस महिला हिँसा र लैगिक विभेद अन्त्य गरिनु पर्ने बिशयमाठी केन्द्रित थियो र छ पनि । अन्तराष्ट्रिय स्तरबाट नै पनि महिला हिँसा रोक्ने माग गर्दै बिभिन्न खाले कार्यक्रमहरु भई रहेको पनि देखिन्छ । हाम्रो देश नेपालको सन्दर्भमा भने जति नै महिला अधिकार र हिँसा विभेद अन्त्य गर्नु पर्ने नीति निर्माण भए त पनि ,दिनानु दिन महिलाहरु माथि बर्बर हिँसा भई रहेको छ ! यसरि महिला हिँसा बढ्नुको मूल कारण राज्यको कमजोर कानूनी प्रक्रियाको साथ् साथै ,सामाजिक ,धार्मिक ,संस्कृतिक कारणहरु नै मुख्य जिम्मेवार छन् l घर भित्र देखि विभेद खेप्दै नारी समाजको मैदान सम्म बिभिन्न खाले जायज नाजायज नीति नियमको शिकार बन्दै प्रताडित भई रहेकी छिन । पिढी जति सुकै परिबर्तन भए पनि ,समाज जति सुकै शिक्षित भए पनि र सभ्य भए पनि नारी प्रतिको सामाजिक सोच भने पुरानै संस्कारको घेरा भित्र कैद छ अझै पनि । पुरातनबादी सोच र पुरुषबादी मानासिकतामा शुद्दीकारण नभए सम्म नारि मुक्ति कतै सम्भव छैन। तसर्थ यो अन्तराष्ट्रिय नारी दिवस चेतनशील नारिहारुको मात्र अभिभारा नभई कन समाज राज्यको नारी मुक्ति प्रतिको गहन जिम्मेवारी हो प्रमुख सरोकारको बिषय हो ।

पुरातनबादी सोच र पुरुषबादी मानासिकतामा शुद्धिकरण नभए सम्म नारी मुक्ति कतै सम्भव छैन । तसर्थ यो अन्तराष्ट्रिय नारी दिवस चेतनशील नारिहारुको मात्र अभिभारा नभईकन समाजको , राज्यको नारी मुक्ति प्रतिको गहन जिम्मेवारी हो प्रमुख सरोकारको बिषय हो ।
प्रतेक बर्ष अन्तराष्ट्रिय नारी दिवस मान्नुको पछाडी कुनै खुशियालीको उत्सव थिएन र छैन पनि तर कामना गरौ भविष्यमा खुशियालीको उत्सव बनोस भनेर ! १०५ औ अन्तराष्ट्रिय नारी दिवसको शुभकामना देश भित्रका ,विश्वभरिका नारीहरुलाई !!!
-भावना परिष्कृत सुनुवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *