All about Sunuwar

कञ्चना सुनुवार स्मृति कोष स्थापना

kanchannaसमीर मुखिया (सुनुवार) । सुनुवार डट ओआरजी
काठमाडौं, फागुन १० । दोलखाको हावा गाविस सुवेदार टोल नेपानेका स्व. कञ्चना सुनुवारको सम्झनामा कञ्चना सुनुवार स्मृति कोष २०७१ स्थापना भएको छ । सुनुवार सेवा समाजको भवनमा आयोजित कार्यक्रममा उहाँका आफन्तजनहरुबाट रु. एकलाख पाँचसय रुपैया केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारलाई हस्तान्तरण गरे । उक्त रकम हस्तान्तरणका क्रममा मृतकका दाजु रुद्र सुनुवारले सो रकमको ब्याजबाट हरेक वर्ष फागुन १० गते मृतक कञ्चना सुनुवारको नामबाट आर्थिक अवस्था कमजोर भएका सुनुवारहरुलाई सहयोग गर्ने कुरा बताए । सामाजिक, शैक्षिक आदि क्षेत्रमा सो रकमको प्रयोजन गरिने र आगामी दिनमा कोषमा अझ रकम थप गर्दै जाने पनि बताए ।
कञ्चना सुनुवार एक जेहेन्दर र कुशाग्र भएको भए पनि उपचारका क्रममा चिकित्सकहरुको प्राविधिक त्रुटिका कारण गत मंसिर २८ गते निधन भएको थियो । बुबा होमबहादुर सुनुवार माता पदमकुमारी सुनुवारका ६ जना छोरीछोरीमध्ये कान्छी छोरी हुन् । उनका तीन दाजु र दुई दिदी छन् ।
यो सुनुवारहरुका लागि अत्यन्त मननयोग्य कार्यक्रम रहेको र हालसम्म सुनुवारहरुले यस्तो कार्यका लागि अन्य विभिन्न ठाउँमा दान दक्षिणा मात्र दिएको कुरा सुनिदै आएकोमा आज स्व. कञ्चना सुनुवारको स्मृतिमा आफ्नो मातृसंस्थामा कोषको रकम हस्तान्तरण गर्ने पहिलो भएको सुनुवार सेवा समाजका केन्द्रीय कोषाध्यक्ष मनप्रसाद सुनुवारले बताए । आगामी दिनमा स्व. कञ्चना सुनुवारजस्ता अन्य विभिन्न सुनुवारहरुले पनि आफ्ना आफन्तको सम्झना यस्ता खाले कार्यलाई अगाडि बढाउनुपर्ने कुरामा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *