All about Sunuwar

कोइँच (सुनुवार)हरुले नयाँ बर्ष तथा समिबुँ पिदार मनाए ।

yaleसुनुवार डट ओआरजी
काठमाण्डौं, माघ १ । किराँति कोइँच (सुनुवार)हरुको नयाँ बर्ष तथा समिबुँ पिदार अर्थात चेलीबेटिलाई पुजा गर्ने दिनको रुपमा मनाईन्छ । किराँती कोइँच (सुनुवार)को नक येले थोचे ५०७५ तथा समिबुँ पिदार सुनुवार सेवा समाज केन्द्रिय भवन कोटेश्वरमा आफ्नै संस्कृती अनुसार पिदार गर्नुका साथै , वन तरुल खाएर समि(चेली)हरुलाई टीका लगाउनुका साथै विभिन्न उपस्थित अतिथिहरुले संस्कार संस्कृतिको बिशेषता र संरक्षणको आवश्यकताको बारेमा बोल्नु हुँदै कार्यक्रम सु-सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न सस्कृतीक प्रस्तुती साथै  बछ्छे बाजामा रमाउदै नाचेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *