All about Sunuwar

गाम्रा स्मृति दन्त शिविर सम्पन्न

kaatओखलढुंगा, खिची काति २४, पुस । समाजसेवी स्व. हर्कबहादुर सुनुवार (गाम्रा)को सम्झनामा सञ्चालित दुई दिने दन्त शिविर आज सम्पन्न भएको छ । शिविरमा उपस्थित दाँतका बिरामीहरुका अनुसार स्थानीय रेडियोबाट प्राप्त सूचनाका आधारमा भुसिंगा, रावादोलु, खिजीचण्डेश्वरी, पि्रतीबाट आएको जानकारी आयोजक समितिले दिएका थिए । सो शिविरबाट २०० भन्दा बढी रोगीले दाँतसम्बन्धी उपचार तथा परामर्श पाएका थिए । शिविर समापन पश्चात बसेको समीक्षा बैठकमा गाम्रा मार्ग, गाम्रा स्मृति भवन र छात्रवृत्ति कोषको पनि प्रस्ताव प्रस्तुत गरिएको छ । स्थानीय समाजसेवी तथा समाजिक कार्यकर्ताको समुपस्थितिमा भएको समीक्षात्मक कार्यक्रमले २०२६ मा स्थापित श्री कुण्डली मा. वि.को पुरानो भवनलाई जस्ताको तस्तै पुरानो संरचनामा नयाँ प्रविधि अनुसार नै स्थापना गरिनुपर्ने विषयमा सबैले समर्थन जनाएका थिए । विभिन्न संघसंस्थाले आयोजना गरेको कार्यक्रममा मात्र आफू उपस्थित भएको एउटै परिवारले मात्र आयोजना गरिएको यस्तो कार्यक्रममा पहिलो पटक सहभागी भएको जानकारी स्वास्थ्य तथा विकास समाज, ललितपुरका संयोजक अजय बस्नेतले बताए । शिविर उद्घाटन क्रममा स्थानीय कलाकारहरुले मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेर दिएका थिए । सोही अवसरमा खिजीकातीका ज्येष्ठ नागरिक १०३ वर्षका मंगले तामाङ लगायत स्व. हर्कबहादुर काःतिच सुनुवार (गाम्रा)का सहयोगीहरुलाई सम्मान गरिएको थियो । शिविरमा खिजीकातीका विभिन्न व्यक्तित्वहरुले गाम्रा काःतिचको सम्झनामा विभिन्न कार्यक्रम गर्नुपर्ने सल्लाह सुझाव दिएका थिए । शिविरले स्थानीय बासिन्दा लगायत आसपासका छिमेकी गाउँहरुका दाँतका रोगीहरुले उपचार तथा परामर्श लिने कुरामा विश्वस्त भएको र प्रमुख अतिथि सुनुवार सेवा समाज केन्द्रीय समितिका प्रथम उपाध्यक्ष रणवीर सुनुवारले बताए । उक्त उद्घाटन कार्यक्रम गाम्राका जेठी सुपुत्री विष्णुमाया सुनुवारको सभापतित्वमा भएको थियो । दन्त शिविरको प्रत्यक्ष प्रसारण सार्वजानिक हितका लागि रेडियो लिखु ९१.३ मेघाहर्जले सहकार्य गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *