All about Sunuwar

दन्त शिविर सम्पन्न

daat1 ओखलढुंगा २१, पुस । क्युाइतबु कल्याण कोषद्वारा सञ्चालन गरिएको दुई दिने दन्त शिविर आज सम्पन्न भएको छ । ओखलढुंगा र रामेछाप जिल्लाका विभिन्न गाविसबाट आएका करिव ३०० जना रोगीले दाातसम्बन्धी उपचार तथा परामर्श लिएका छन् । स्थानीय रेडियोबाट सुनेको सूचनाको आधारमा निकै टाढाबाट आएको कुरा सैपू, दुरागाउा, गाम्नाङटार र बेतेनीबाट आउने दाातका रोगहरुले बताए । समापान कार्यक्रममा बोल्दै श्री चण्डेश्वरी उच्च माविका प्राचार्य बेदबहादुर रोकाले क्युाइतबु कल्याण कोष क्युाइतिचहरुको मात्र नभएर सम्पूर्ण जातजातिको भएको कुरा बताए । त्यसैगरी शिविरस्थल श्री चुली निमाविका प्रधानाध्यापक बेदबहादुर महतराले आफ्नो विद्यालयमा सञ्चालन भएको शिविरले दाातका रोगीहरुलाई निकै राहत पुगेकोमा हर्ष व्यक्त गरे । त्यस्तै क्युाइतबु कल्याण कोषका सल्लाहकार गंगाबहादुर सुनुवारले यस्तो कार्यक्रम धेरै अगाडिदेखि गर्ने योजना सुनाए पनि यसपटक मात्र रगनीमा आएको कुरा बताउादै अबका दिनमा सुनुवार सेवा समाजसागको सहकार्यमा अन्य यस किसिमका उपयोगी कार्यक्रम ल्याउनुपर्ने बताए । यसै क्रममा सो समापन कार्यक्रमका प्रमुख अतिथि सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष रणवीर सुनुवारले यस किसिमको कार्यक्रम रगनीमा ल्याउनु निकै सकारात्मक भएको र कोषको मुल उद्देश्य शिक्षा, स्वास्थ्य र संस्कृति भएकोले आउने दिनमा अझ जोड दिएर लाने कुरा बताए । समापन कार्यक्रमका सभाध्यक्ष तथा क्युाइतबु कल्याण कोषका अध्यक्ष प्रकाशकुमार सुनुवारले कोष स्थापनाको उद्देश्यलगायत यो शिविर ल्याउनुपर्नेबारे प्रकाश पार्दै धेरैपछि आफ्नो पुख्र्यौली थलोमा आएर यस्तो खालको सेवामूलक कार्य सञ्चालन गरेको बताए । यो दुईदिने दन्त शिविरका लागि ललितपुरस्थित स्वास्थ्य तथा विकास समाज नेपालले प्राविधिक रुपमा सहयोग गरेको हुनाले यो कार्यक्रम सफल भएको कुरा पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *