All about Sunuwar

ससामाजिक सञ्जालमा रापवा शाँदार पिदारको वारेमा चर्चा र समाचार

सेउ/नमसेवल, किराती महान चाड रापवा श्याँदार पिदार गत शनिवार काठमान्डौ टुढीखेलमा सम्पन्न भएको छ l अग्रजहरुको जिब्रोमा झुन्डिएको वाक्यहरुले कता कताबाट कानको जाली सम्म आएर ठोक्किदा खुशी र कतिपय वाक्यले मनमा त्रास पनि उत्पन्न गर्दै थियो l खुशी यस कारण कि “आफ्नो चाडपर्वमा युवायुवतीको जमात अनि आफ्नो जातीय भेषभुषा पहिरनको बाहुल्यता र संस्कृति प्रतिको चेतना” लाई लिएर बोल्नु भएको वाक्यहरुले खुशी पार्दै थियो भने त्रास यस कारण कि “यदि यो सब तस्विर कैद मात्रको लागि र रमाइलोको लागि मात्र हो की ?” भन्ने उहाँहरुको आन्तरिक प्रश्नले आफुमा नि प्रस्न खडा गरेको र त्रास पनि पैदा गरेको छ l यी हाम्रा पुर्खाले हामीलाई छोडेर गएको संस्कार संस्कृति नै हाम्रो पहिचान हो यसलाई बचाउनु हाम्रो कर्तव्य हो र दायित्व पनि बनेको छ l आफैलाई पनि भित्री फोक्सो सम्मै खुसीको स्वासले छुन्छ जबकि तेत्रो युवा युवति उफ्रिदा उढ़ने टुढीखेलको धुलोले भरिने यो फोक्सोलाई कुनै असरले छुदैन l 

बिहान देखि स्थलमा आएर पोल, डोरी हाल्न, ब्यानर टाङ्ग्न खट्नु हुने सम्पूर्णमा, खाजाको व्यबस्था मिलाउनु हुने सवि सिवानी, ललितपुर तथा अन्य सम्पूर्ण व्यक्तिहरुमा, न्हासो, स्वयंसेवकको भूमिका निर्वाह गर्नु हुने सम्पूर्णमा, गुइंदुवा (ढोल), बुम्थेल (झ्याम्टा) बजाउनु तथा श्याँदार कुम्सो बनाउनु, गाउनु अनि नाच्नु हुने सम्पूर्ण कलाकारहरुमा, अनुहार पेन्टीङ् गरेर कोइँच पहिचान दिनु हुने सम्पूर्ण कलाकारहरुमा, ब्यानर बनाउन दिनु हुने र बनाउनु हुने सम्पूर्णमा, आवश्यक सामाग्री उपलब्ध गराउनु हुने सम्पूर्णमा, मुर्त अनि अमुर्त सहयोग गर्नु हुने सम्पूर्णमा र उपस्थित सम्पूर्णमा श्युश श्युश चेरेदुमीन (धेरै धेरै धन्यवाद) तथा आभार प्रकट गर्दछौ… र आगामी दिनहरुमा अझै सहयोग गर्नु हुनेछ भन्ने आशा गर्दछौ.. सल्लाह सुझाब तथा धेरै भन्दा धेरै साथको आवश्यकता रहेको छ र दिनु हुनेछ वन्ने पूर्ण आश गर्दछौ, तपाई हाम्रो आफ्नो भन्ने सोचाई नै मुर्त रुप हुन्, चेरेदुमीन l
इँगि होपो कोइँच सुनुवार
सुनुवार सेवा समाज
जिल्ला समिति, काठमाण्डौ

प्व प्व प्व…..सङ्सो……को उद्घोषणसगै नाह्सो श्री कान्छाराम सुनुवार ज्यूले पिदार गर्नु भएपछि र ढोलेहरुले श्याँबु श्योब्सा देलेमेले, अफु ड्याम ड्यामको भाकामा ढोल- झ्याम्टाको ताल दिएपछि किरात यले थोचे(सम्बत) ५०७४ को रापवा श्यादर पिदार (उधौली)को सुरुवात भएको थियो हिजो मंगसिर २७ गते सन्चबारको दिन काठमान्डौ टुडिखेलमा l समय बित्दै जादा श्यादरमा रमाउनेको भिड पनि बाक्लिदै थियो l थरिकुटि जातक ,सुरोगासो चातक… हासल दाम्सल पाईतक, कोइंच के मुलकेम कोइतक.. ह हा हासल हासल.. भाकामा रम्दै गर्दा इलामका कोरिना बैनीलाई देखेर ओखलढुंगाका अरुण कोर्मोचा ज्यूले अचार खानु सिलामको केटि राम्रो इलामको भनेर भाका हाल्नुहुदाKoreena Sunuwar बैनी पनि सारै दंग पर्दै ह हा हासल हासल.. भनि साथ दिएकी थिइन् l यतिकैमा दोलखाका Lekh Bdr Sunuwar Kirat ज्युले पनि किला गाड्नु खाबाको, केटा राम्रो हाँबाको भनेर भाका थप्नु भएपछि त सिन्धुलीका Kërr Köîñçh Lïñüçh Sunuwarज्यु पनि तातिनु भएछकि क्या हो.. टाकाटुलि बाटुली, आँके खि:द सिन्धुली भनेर अर्को भाका थप्नु भयो l ओखलढुंगाका Arun Kormocha Sunuwar ज्यू पनि के कम र? उहाले पनि दिनु भयो.. फलफुल खानु खर्बुजा, केटा राम्रो कोर्मोचा l सबैले आफ्नो-आफ्नो ठाउँ र आफ्नो नामको श्यादर भाका गाउन थाले म पनि के कम र अनि दिए मेरो पालो..बीर हामी गोर्खाली, केटा राम्रो दोलखाली, बारीमा फल्यो खर्बुजा, आयो जीवन दुर्बिचा. ह हा हासल हासल…l यसरि नै एक-आपसमा भेट-घाट गरि ,माया-पिरती गासि ,आत्मियता बाडी, श्यादर गाउदै ,नाच्दै अब आउने सालिवा श्यांदर पिदार (उभौली)मा फेरी भेट्ने बाचा गर्दै यो बर्षको रापवा श्यांदरलाई धुमधामले मानाएर बिदा गरियो l

किराँत हरुकाे महानचाड रापवा उधौलिकाे श्याँदर पिदार(२०७१) (येलेथोचे५०७४) को पावन अवसरमा टुडिखेलमा भएको कायक्रममा विभिन्न ठाउमा ब्यबासय गरेर बस्नु हुने सुनुवार बाट श्याँदर पिदारको शुभकामना टेवल पानी खाजा दिएर सहयोग गरि दिनुहुने सविसिवनि साथै स्वायम सेवक गरिदिनुहुने स्वायम सेवक मित्रहरु सबैलाइ हार्दिक धन्यवाद ब्यक्त गर्दछौ
सुनुवार सेवा समाज
काठमाडौं जिल्ला समिति

रापवा स्यादर को अन्तिम दिन तुदिखेलमा धुमधाम का साथ समापन गरियो काठमाडौं जिल्ला समिती सु से स ले जिम्मा लियेको उत्त्क्त कार्यक्रम मा सके सम्म आफ्नु क्षेत्र बाता राम्रो दिने कोसिस गरेको थियो र सबैलाइ येकरुपतामा लिनु तेति सजिलो पनि थियेन।हामी काठमाडौं जिल्ला समिती को तर्फ बाता विशेष गरि ललित्पुर जिल्ला समिती का कोष अध्यक्ष श्री श्याम सुनुवार जिउ लाई धेरै धन्यवाद दिनु चाहन्छौ उहाले अअफ्नु बेक्तिगत बाता सबि सिबानी सेकुवा बाता बिहानिको कार्ये मा सहयोग गर्नु हुने भाइ बहिनिहरुको लागि मिथो खाजा उप्लब्ध गराइ दिनु भयेको छ ।येस्तै सहयोगी मन हरु हामी कोइच सुनुवार हरु मा मअत्र पाइन्छ होला।

अर्को नया कुरा हामिले सुनुवार बेबसाये गरेर बस्ने कोइच हरुको कम्पनिको पनि प्रचार बोर्द बनायेर बिग्यापन गरेर जति सकेको सहयोग दिनु भयो उहाहरुलाई अनि धन्यवाद भनु चाहन्छौ। यो कुराको चुरो उथाउने हाम्रो अग्रज दाजु केन्द्रीय कोष अध्यक्ष श्री उकुसु कातिच लाई पनि धन्यवाद छ।

13 December at 23:01 ·

 अब ६ महिनाको लागि श्यादर पनि सकियो र हिजो अन्तिम दिन जे होश राम्रो सग नै मनयेको महसुश भएको छ सुनुवार सेवा समाज काठमाडौं जिल्ला को संयोजनमा कार्य गरियेको थियो सके सम्म राम्रो नि दियेको हो कि भने लगेको छ् र विशेष गरि हाम्रो कोइच लो भासा कक्षा का भाइ बहिनी हरुलाइ धेरै धेरै धन्यवाद दिनु चाहन्छु अमुर्त सहयोगको लागि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *