All about Sunuwar

११ लाख ७५ हजार उपचार खर्च फिर्ता न्यूरो हस्पिटल बाँसबारीबाट ।

न्यूरो अस्पताल बाँसबारी सुनुवारको लागि अफाप सिद्ध भएको छ । आजको दिनसम्म तीन जना सुनुवारको अनहकमा ज्यान गएको था छ । हिड्दा हिड्दैको राम्ो मान्छे लग्यो अस्पतालमै मारेर फर्किनु पर्दाको पिडा आफन्तमा खपीनसक्नु छ । आज पनि सुनुवार सेवा समाजसहितका अन्य साथीहरु पुगेर ११ लाख ७५ हजार उपचार खर्च फिर्ता गराइयो । मध्येस्था कर्ता सुसेस केन्द्रीय उपाध्यक्ष रणवीर सुनुवारको उपस्थितिमा दिनभरी न्यूरो हस्पिटलमा बसेर साँझ उक्त रकम फिर्ता गरे पछि दोलखा जिल्ला हाँवा गाविस नेपानेका होम बहादुर सुनुवार गारशि याताको २० वषर्ीय छोरी कञ्चनको मृत लाश हस्पिटलबाट निकालेर पशुपति आर्यघाटमा दहासंस्कार गरिएको छ ।
अब प्राइभेट अस्पतालहरुमा भर्ना भएर उपचार गर्न सबैले सोच्नु पर्ने भएको छ । पैसाको लागि नेपालका डक्टर र अस्पतालहरु मानिसको ज्यानसँग खेलबाड गर्ने भएका छन् । मृतकका आफन्तका अनुसार अस्पतालमा सफल अपरेशन पछि जनरल वार्डमा सारेर राखेपनि सही उपचार र सेवा सुसार नगर्दा यस्तो घटना भएको दावी गरेका थिए । तर हस्पिटल त्यो कुरा मान्न तयार भए पनि कुनै पनि कर्मचारीहरुको मिस व्यवहारप्रति खेद प्रकट गर्दै क्षमा मागले पनि क्षतिपर्ूर्ति दिन भने तयार भएन ।
यसैले डा. उपेन्द्र देवकोटको नाम सुनेर उपचार गर्न जाँदा कोइँचहरुले र्ससराउँदो तीन जनालाई गुमाउनु परेको तीतो यथार्थ सबैले एक पटक मनन् गर्ने पो हो कि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *