All about Sunuwar

दुइ वर्षा नै लाभांश वितरण : सुनुवार सहकारी

sahakariसुनुवार डट ओआरजी समाचारदाता ।
२९ कार्तिक, काठमाडौं । हाम्रो लक्ष्य यहाँहरुकेा सुनौलो भविश्य मूल नारासहित कोइँचहरुले पहिलो पटक सामुहिक आर्थिक कारोवार गर्नको लागि स्थापित सुनुवार समाज ऋण तथा वचत सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई लाभांश वितरण गर्न सफल भएको छ । आज दोश्रो वाषिर्क साधारण सभामा र्सार्वजानिक गरेको लेखा परिक्षण प्रतिवेदनानुसार यस वर्षचार लाख तीन हजार आठ सय अन्ठानब्बे रुपैया त्रिचालीस पैसा आम्दानी गरेको छ । अकुपाई कोइँच ल्याण्ड सोँचसहित सुनुवार सेवा समाज आठौं सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले कोइँचहरुमा छरिएर रहेको अर्थलाई एकै ठाउँमा जम्मा गरी कोइँच युवायुवतीहरुलाई रोजगारी दिने ठूला व्यवसाय स्थापना गर्ने साथै सो व्यवसायको प्रचार प्रसार तथा आदिवासी जनजातिको भाषा, धर्म, कला संस्कृतिको संरक्षण गर्न पहिचान र विकासको लागि सञ्चार आदिवासी जनजाति रेडियो लिखु ९१.३ मेघाहर्ज स्थापना गर्ने अभियान अगाडि सारको थियो ।
सुनुवार समाज सहकारीको सदस्य हुन सुनुवार सेवा समाजको सदस्य हुन अनिवार्य छ । शुरुमा ३६ जना सुनुवार सेवा समाजका सदस्यहरु मिलेर स्थापित सहकारी संस्थाको हालको सदस्य ११२ जना पुगेको छ भने ४ जना कर्मचारीलाई रोजगारी दिएको छ ।
आसार मसान्तसम्मको शेयर पूँजी बीस लाख बयासी हजार पाँच सय छ भने संस्थाको विभिन्न कोषमा तीन लाग तेइस हजार एक सय अठार रुपैंया चौहत्तर पैसा छुटाइएको छ । त्यसै गरी उनन्तीस लाख सतासी हजार नौ सय सतचालीस रुपैया चैसट्ठी पैसा सदस्यहरुलाई ऋण लगानी भएको छ । नेपाल सरकारलाई असी हजार सात सय उनन्तीस रुपैया उनन्सत्तरी पैसा कर दाखिला गरेको साधारण सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाले अगामी दिनमा कोइँच जेहेन्दार विद्यार्थी हौसला नगद पुरस्कार, जेष्ठ नागरिक सदस्य सम्मान, उत्कृष्ट तथा असल ऋणी पुरस्कार प्रदान गर्ने योजना अगाडि प्रस्तुत गरेको छ ।
यस वर्षजम्मा त्रिचालीस लाख तेत्तीस हजार चार सय एक रुपैयाँ अठार पैसाको कारोवार भएको छ ।
अध्यक्ष विश्वकिरण सुनुवारले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ, सुनुवार कोइँच समुदाय आर्फैमा अल्पसंख्यक पिछडीएको वर्गमा पर्ने समुदाय हो । यसैले राज्यको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक एवं व्यवसायिक जस्ता कुनै पनि क्षेत्रमा सुनुवार जातिको पहुँच नपुगेकै कारण राज्यबाट उपलब्ध हुने कुनै पनि कार्यक्रमबाट सोझा, सिधा कोइँचहरु सधैं वञ्चित हुनु परेको पाइनछ । यसैले अबको समय भनेको कोइँच समुदायमा पनि हर क्षेत्रमा समूहगत रुपमा सहकार्य गर्दै आफ्नु समुदायको प्रगति एवं उन्नतिको पथमा लम्कनु आम सुनुवार शेयर सदस्यहरुको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले सहकारी नियम परिधी भित्र रहेर आफ्नो आर्थिक कारोवार सुरु गरेको यो सुनुवार समाज वचत तथा ऋण सहकारी संस्था लि. ले आज आफ्नो दोस्रो साधारण सभा यहाँहरु माझ भव्यताका साथ मनाउने शुभ अवसर प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *