All about Sunuwar

सिंहदरबार भत्काएर नयाँ बनाउनुपर्छ : कुमार लिङदेन

swsaaaसंघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङदेनले सिंहदरबार र नेपाल प्रज्ञा प्रतिष्ठान भत्काउनुपर्ने बताएका छन् । प्रज्ञा प्रतिष्ठानलाई भत्काउनुपर्छ’ शुक्रबार काठमाडौंको खुल्ला मञ्चमा आयोजित २२ दलको विरोधसभामा लिङदेनले भने-‘ताप्लेजुङका जनताको समस्या नसुन्ने र अलैंचीको करमात्रै उठाउने सिंहदरबार भत्काएर नयाँ सिंहदरबार बनाउनुपर्छ ।’ अरुण पूर्व लिम्बुवान स्वायत्त राज्य नभए आन्दोलन गर्ने लिङदेनले बताए । लिम्बुवान दिँदा देश नटुक्रिने दाबी गर्दै उनले भने, ‘लिम्बुवान सदा सदा नेपालमा रहन्छौं । हामीले बनाउने लिम्बुवान सबै जातजातिको साझा लिम्बुवान हुनेछ ।’ सिंहदरवारले लिम्बुवानलाई अस्वीकार गरे आफूहरुले पनि सिंहदरवारलाई नमान्ने उनले बताए ।

कांग्रेस र एमालेले समानुपातिक निर्वाचन प्रणालीलाई अस्वीकार गरेकोमा लिङदेनले आपत्ति जनाए । ‘कांग्रेस र एमालेले समानुपातिक काटेर जान्छ भने यो देशमा विद्रोह हुनेछ,’उनले भने, ‘त्यो विद्रोह लिम्बुवानबाटै द्वन्द्व सुरु हुन्छ ।’  एमाओवादी, मधेसवादी र जनजाति पार्टीहरुको सहभागितामा आयोजित विरोधसभामा लिङदेनभन्दा पहिले बोलेका परशुराम तामाङले संविधानसभाभित्र मात्रै होइन, बाहिरका शक्तिको पनि सहमति लिनुपर्ने बताए । तामाङले संसद छाडेर सडकमा आउन मोर्चाका नेताहरुलाई आग्रह गरे ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेस-एमाले विगतको सम्झौताविरुद्ध गए अर्को शान्तिपूर्ण जनविद्रोहको नेतृत्व गर्न आफू तयार रहेको घोषणा गरेका छन् । २२ दलीय गठवन्धनले शुक्रबार खुलामञ्चमा गरेको प्रचण्डले आफूले फेरि युद्ध गर्ने नभनेको र बन्दुक उठाउन अपील पनि नगरेको बताए । उनले भने- ‘तर, यदि विगतका सन्धि सम्झौताविरुद्ध तथाकथित बहुमतको पछि लाग्ने हो भने अर्को एउटा शान्तिपूर्ण जनविद्रोहको नेतृत्व गर्न गर्न तयार छु ।’ हतियार बुझाउनुस्, सात दिनमा संविधान बनाउँछौं भनियो । तर, कांग्रेस र एमालेबाट मलार्इ विश्वासाघात भएको छ

जनयुद्ध सुरु गर्नुअघि मंसिर २२ मा खुलामञ्चबाट जनता विद्रोहमा जाँदैछन् भनेको स्मरण गराउँदै प्रचण्डले २२ दललाई खेलाँची नठान्न आग्रह गरे । उनले भने- ‘२२ दलले विद्रोह गरे १० वर्षे जनयुद्ध भन्दा ठूलो विद्रोह हुन्छ ।’ उनले खुलामञ्चको सभा आन्दोलन नभएर सरसल्लाह एवं कांग्रेस र एमालेलाई सुझाव दिने सभा मात्रै भएको बताए । उनले भने- ‘यो त सरसल्लाह सभामात्रै हो, उनले भने हामी सरसल्लाह गरिहरेका छौं ।’

पछिल्लो दिनमा कांग्रेस र एमाले नेताहरुले आफूलाई राजनीतिक संयन्त्रको नेता कि २२ दलको पहिला प्रष्ट पार्न आग्रह गरेको भन्दै प्रचण्डले आफू दुबैको नेता भएको बताए । दुबैको उद्देश्य सहमति गर्ने र संविधान बनाउने भएको भन्दै उनले तँ यता कि उता भनेर प्रश्न गर्नु नै इमान्दारिता नभएको बताए । उनले अघि भने- ‘कांग्रेस संयन्त्र रोज्छन् कि जनताको एजेण्डा रोज्छन् भन्नुहुन्छ भने मलाई संयन्त्र चाहिँदैन, म जनता रोज्छु ।’

संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले एमाले र कांग्रेसलाई जनताले कठालोमा समातेर पछार्ने दिन अब धेरै बाँकी नरहेको बताएका छन् । खुल्लामञ्चमा आयोजित २२ दलको विरोधसभामा नेता राईले भने-‘००७ सालको क्रान्तिले राणाहरुलाई पछार्‍यो, ०४६ सालको आन्दोलनले पञ्चायतलाई पछार्‍यो, ०६२/०६३ को आन्दोलन र माओवादी जनयुद्धले राजालाई पछार्‍यो, अब हुने आन्दोलनले कांग्रेस र एमालेलाई कठालोमा समातेर पछार्ने अवस्था नआओस् ।’ संविधानसभाबाट संविधान नआए सडकबाटै संविधान बन्ने चेतावनी दिँदै राईले भने- ‘कांग्रेस र एमालेलाई जनताले कठालोमा समातेर पछार्ने दिन अब धेरै दिन बाँकी छैन ।’

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले नेपाली कांग्रेस र एमालेलाई सही बाटोमा हिँडाउनका लागि एमाओवादीसँग गठबन्धन गरिएको बताए। ‘धेरैले मलाई प्रजातन्त्रका लागि लडेको मान्छे, कसरी प्रचण्डसँग सहकार्य गरेर हिँडिरहनुभएको छ भन्छन्,’ गच्छदारले सभालाई सम्बोधन गर्दै भने, ‘तर पहिचानसहितको संघीयताका लागि एकजुट भएको हो भन्ने बु‰दैनन् ।’ उनले संविधानसभा, संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति र सर्वदलीय बैठकमा आफ्ना कुराको सम्बोधन हुन नसकेपछि जनसभासम्म आउनुपरेको बताए। गच्छदारले माओवादी र तराई मधेसकेन्द्रित दलको गठबन्धनलाई अपवित्र भनिएकोमा गुनासो पोखेका छन् ।

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधानसभाबाट जनताको पक्षमा संविधान निर्माण हुनेमा आंशका गरे। ‘यो संविधानसभाबाट जनताको पक्षमा संविधान बन्छ भन्नेमा मलाई विश्वास छैन, त्यसैले भीषण संघर्ष र आन्दोलनको तयारी साथसाथै गर्नुपर्छ।’ बहुमतीय प्रक्रियाबाट बनाइने संविधान तराई–मधेसलाई अस्वीकार्य हुने उनको चेतावनी छ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बहुमतीय प्रक्रियाबाट संविधान लेखिए भोलिपल्टै च्यात्ने चेतावनी दिए। ‘कांग्रेस र एमालेले बहुमतको आडमा संविधान बनाए त्यो भोलिपल्टै च्यातिन्छ,’ उनले भने।

तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले सहमतिको विकल्प नभएको भन्दै प्रक्रियामा नजान आग्रह गरे। ‘नत्र महाभारत हुन्छ, यसको सामना गर्न कांग्रेस र एमाले तयार हुनुपर्छ,’ यादवको चेतावनी छ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले प्रक्रियामा गए ठूलो आन्दोलन हुने चेतावनी दिए। सभामा अन्य साना दलका नेताले पनि सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *