All about Sunuwar

ध्यानाकार्षण पत्र बुझाइयो ।

10621895_10203650697621663_211917506_nविवेक सुनुवार
भदौ ५, काठमाडौं । आदिवासी जनजाति कोइँच सुनुवारको हक अधिकार संरक्षण गर्न नेपालका आदिवासी जनजातिहरु सक्रियरुपमा सरकारलाई दबाब सिर्जना गर्न नसकेको विषयमा सुनुवार सेवा समाजले नेपाल आदिवासी जनजाति महासंघलाई ध्यानाकार्षण पत्र बुझायो । सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाललाई महासंघको कार्यकक्षामा ११ बुँदे ध्यानाकार्षण पत्र बुझाउँदै भन्नु भयो ः अहिले बहुसंख्याक आदिवासी जनजातिको संस्था जी एट ले अल्पसंख्याक आदिवासी जनजातिको हक अधिकार सुनिस्चित गर्न नसकेको आरोप लगाइरहेको अवस्थामा नेपाल आदिवासी जनजाति महासंघले तत्काल सुनुवार सेवा समाजको ११ बुँदे ध्यानाकार्षणलाई कार्यान्वयन गरि ठूला र साना वीचको शीत युद्धलाई अन्त गर्नु पहिलो प्रथामिकतामा राख्न अनुरोध छ ।

सो ध्यानाकार्षण पत्र बुझ्दै महासंघ अध्यक्ष कुमालले भन्नु भयो, सुनुवार सेवा समाजले बुझाएको ध्यानाकार्षण पत्र प्रति गर्वका साथ स्वीकार गर्दै गर्दछौं । यसलाई सबै जिल्लाहरुमा कार्यान्वयनको लागि तत्कल पत्रचार गर्ने छौं । सुनुवार सेवा समाज काठमाडौं, ललितपुर, रामेछाप जिल्लाका अध्यक्ष तथा पदाधिकारी सहित केन्द्रीय समितिले गाउँ गाउँ र जिल्लाहरुमा सुनुवार सेवा समाजलाई अनिवार्य अद्यावधि गरी महासंघमा समेट्नु पर्ने र महासंघले कुनै पनि आदिवासी जनजाति छुटाउन नहुने धारण पनि प्रस्तुत गरिएको थियो ।
उक्त टोलीमा १. अध्यक्ष मन प्रसाद सुनुवार, २. महासचिव समीर मुखिया (सुनुवार), ३. कार्यलय सचिव विवेक सुनुवार, ४. पाम बहादुर सुनुवार कगलगधबच।यचन, ५. चन्द्र प्रकाश सुनुवार ललितपुर अध्यक्ष, ६. फत माया सुनुवार ललितपुर सदस्य, ७. ईन्द्र माया सुनुवार, ८ सुसिला सुनुवार
९ गोपाल बहादुर सुुनुवार काठमाडौं, १०. देवराज सुनुवार सहसचिव काठमाडौ, ११. रमेश कुमार सुनुवार रामेछाप अध्यक्ष, १२. अशोक सुनुवार रामेछाप रस्नालु सु.से.स गाउ समिति सदस्य संलग्न रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *