All about Sunuwar

कतारमा किरातीहरुले उभौली चाड भव्यताका साथ मनाएँ

Dohaभानु सुनुवार, १७ मे, दोहा ।

किरातीहरुको महान चाड “सालिवा शाँदार पिदार÷साकेला उभौली÷यक्वा तङनाम, येले सम्वत्–५०७४ लाई तीन किरातीहरुले कतारमा शुक्रवारका दिन सुख, समृद्धि तथा शान्तिको कामना गर्दै भव्यताका साथ मनाएँ ।
कार्यक्रम मूल आयोजक समितिका संयोजक तथा सुनुवार सेवा समाज कतारका का.बा. अध्यक्ष नर बहादुर सुनुवारको सभापतित्व र नेपाल प्रवासी आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष बिनेश तमाङ्गको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमा दोहामा स्थापित राजनीतिक, साजिक तथा जातिय संघ÷संस्थाका प्रतिनिधी, बुद्धिजिवी, समाज सेवी र व्यवसायिकहरुको आतिथ्य रहेको थियो ।
ब्यानर उद्घाटन तथा दिप प्रज्वोलन पश्चात उपस्थित सबैले सामुहिक राष्ट्रियगान गाएपछि कार्यक्रमले गति लिएको थियो । मूल समितिका उप– संयोजक तथा किरात राई यायोक्खा कतार शाखाका अध्यक्ष धिरज चाम्लिङ्ग राईले स्वागत मन्तव्य सहित यस चाडका बारेमा प्रकाश पारेका थिए । मूल समितिका उप– संयोजक तथा किरात याक्थुम चुम्लुङ कतारका अध्यक्ष लोकेन्द्र तुम्रुकले कार्यक्रममा सहभागी तथा कार्यक्रम सफल पार्न अहोरात्र खट्ने सबै किरातीहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा उपस्थित अतिथी वक्ताहरुले कार्यक्रम सफलताको कामना सहित किरातहरुको महान चाड उभौलीका वारेमा आ–आफ्ना भनाईहरु राख्दै शुभकामना व्यक्त गरेका थिए ।
नेपाल बहु–धर्मिक तथा बहु–सांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र मानिन्छ । यही बहुलता भित्रको पनि अर्को बहुल बिशेषता हो किरात जातिका संस्कार,संस्कृति र महान चाडहरु । एउटै किरात धर्म मान्ने किरातहरु पनि बिविध भाषा–भाषीका छन र केही फरक संस्कार भएरै पनि फेरी एउटै संस्कृति छ । किरात राई पुजारी (नक्सो) द्धारा सुख समृद्धि तथा शान्तिको कामना गर्दै सोकला थानमा पूजा गरेर साकेला शिलीको सुरुवात गरेका थिए । सुनुवारका पुजारी (नासो)ले उस्तै कामना गर्दै पूजा(पिदार) गरेर शाँदार शिली शुरु गरे भने किरात लिम्बुहरुले धान नाच र याक्वा लाङ (धामी नाच) प्रस्तुत गरेका थिए । यसरी एउटै पर्वलाई किरातीहरु फरक नामले पुकार्नुले पनि नेपालका किरातहरुलाई बिविध समुदायमा बिभक्त एउटै सम्प्रदाय भनेर बुझनुपर्ने हुन्छ ।
कार्यक्रममा किराती चेलीहरु द्धारा तयार पारिएको सेल रोटी, तरकारी र अचारका परिकारले उपस्थित पाहुनाको स्वागत गरे । किरात तथा गैर किरातहरुको वाक्लो उपस्थिती रहेको कार्यक्रम दिउँसो एक बजे देखि साँझ पाँच बजेसम्म चलेको थियो । कार्यक्रम मूल समितिका सदस्य सचिव तथा किराया कतार शाखाका महा–सचिव देबराज राईको सञ्चालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *