All about Sunuwar

सुख, समृद्धि तथा शान्तिको कामना गर्दै शाँदार पिदारको शुभारम्भ

कोइँचबु काःतिच

बहुधार्मिक, बहुसाँस्कृतिक, बहुजातिय मुलुक नेपालका आदिवासी जनजाति किरात कोइँचहरुले सुुख, समृद्धि तथा शान्तिको कामना गर्दै किरातीहरुको महान चाड शाँदार पिदारको शुभारम्भ गरेका छन् । के बालक, के युवा, के वृद्ध सबै शाँदार पिदार गर्न उत्साहित र अल्हादित देखिन्थे आप्mनो महान चाड मनाउन पाउँदा । कुनै समय लिखु, खिम्ती नदी वरपरका भूभागमा मात्र मनाइने यो आदिवासी चाड अहिले विश्वव्यापी बनेको छ । हङकङदेखि बेलायतसम्म यस चाडको रौनक समानरुपमा चढेको छ । शाँदार पिदारको उपलक्ष्यमा कोइँच पुख्र्यौली भूमिमा मात्र होइन कोइँच बसोबास गरेको अन्य भूमिमा पनि विभिन्न कार्यक्रम गरिएको थियो । यस बर्ष पनि पाँचथर, इलाम, झापा, सर्लाही, सिन्धुली, ललितपुर, दोलखा, रामेछाप, सोलु, ओखलढुंगामा भव्यरुपमा शाँदार पिदार गरिएको छ । सुनुवार सेवा समाजका महासचिव समीर मुखिया सुनुवार, सुनुवार डट ओआरजिका पाम सुनुवार र सुनुवार सेवा समाज ललितपुरको सामुहिक नेतृत्वमा ललितपुर, हात्तिवनको शाँदार ग्योरमा पिदार गर्दै घर घर सुरो चोअतेक कार्यक्रम जारी राखिएको छ पुख्र्यौली भूमिमा जस्तै । अन्य स्थानमा भने सरकारले दिएको विदाको उपयोग गर्दै एक दिन शाँदार ग्योरमा पूजा आराधना गरी शाँदार पिदार मनाइएको छ । पाँचथर, इलाम, सर्लाहीमा भने शाँदार पिदार गर्नको साथै अन्य कार्यक्रम पनि गरियो । सुनुवार सेवा समाजका कोषाध्यक्ष उत्तमकुमार सुनुवारबाट सुनुवार सेवा समाज, जिल्ला समिति, पाँचथरको भवन उद्घाटन गरियो । सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारको प्रमुख आतिथ्यमा सुनुवार सेवा समाज पुवा मझुवा इलाममा विभिन्न खेलकुद प्रतियोगिता तथा नृत्य प्रस्तुत् गर्नको साथै कोइँच संस्कार र संस्कृतिको संरक्षण तथा विकासका उपय र सुधार वारे अन्तरक्रिय समेत गरियो । सर्लाहीमा जिल्लाको विभिन्न आदिवासी जनजातिहरुको समुपस्थितिमा साँस्कृतिक कार्यक्रम प्रस्तुत् गरियो । किरातीहरुको प्रतिनिधिमूलक संस्था किरात सामन्वय समितिको विशेष पहलमा नेपाल सरकारले २०५८ साल देखि किरात चाड मनाउनेहरुका लागि मंसिरे पूर्णिमालाई विदा घोषणा गरेपछि देश विदेशमा किरात चाडको विस्तार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *