All about Sunuwar

इलाम–पााचथरमा धुमधामसित मनाइयो सालिवा षांदर पिदार

सोम सुनुवार
इलाम, १ जेठ/सुनुवार सेवा समाज (सुसेस) केन्द्रीय समितिका अध्यक्ष मनप्रसाद सुनुवारले पहिचानलाई प्रमुखता दिइनु पर्ने बताएका छन् । इलामको पुवामझुवामा आयोजित किरात सुनुवारहरुको उभौली पर्ब ‘सालिवा ष्यांदर पिदार तथा ष्यांदर सिल’ कार्यक्रममा बोल्दै उनले सुनुवारको मौलिक भाषा, संस्कृति, रीति र परम्पराको संरक्षण र संबद्र्धन गर्नु आजको प्रमुख काम भएको बताएका हुन् ।
इलाम, पांचथर, सिराहा र सुनुवारी थलो घर भई काठमाडौ कर्मथलो भएका सुनुवारहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा सुसेस केन्द्रका उत्तम का:तिचाको पनि उपस्थिती थियो । उनी पांचथरको नाम्दुस्थित ष्यांदर ग्योरमा आयोजित कार्यक्रममा भाग लिएर पर्किने क्रममा यहां पनि निक्लिएका थिए । उनले पनि भाषा तथा संस्कृतिलाई जीवन्त राख्न सबैले सचेत र सक्रिय भई लाग्नु पर्ने बताए ।
सालिवा षांदर पिदार मूल आयोजक सतिती र सुसेस गाउ समितीले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा हजारौंको उपस्थिती थियो ।
पिदार कार्जे गरी धुमधामसंग ष्यांदर सिल प्रदर्शन गर्नुको साथै शुभकामना समेत आदान प्रदान गरिएको थियो ।
जग्गनदाता र प्रमुख अतिथी सुनुवारलाई सम्मान गरियो भने त्यहां व्याडमिण्टनलगायत खेल पनि खेलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *