All about Sunuwar

सुनुवार सेवा समाजको २५ औं बर्षको उपलक्ष्यमा आजबाट फूटबल खेल शुरु

footbalसुनुवार डट ओआरजी सम्वाददाता ।
काठमाडौं, बैशाख ११ । कोइँच (सुनुवार) हरुको खेलकुद विकासमा सहयोग पु¥याउन स्थापना भएको किरात कोइँच स्पोर्टस क्लबले सुनुवार सेवा समाजको २५ औं बर्ष (रजत वर्ष ) उपलक्ष्यमा आजबाट फूटबल खेल शुरु गरेको थियो । प्री क्वाटरको ए साइडमा आदिवासी जनजाति चलचित्रकर्मी तथा पत्रकार र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खेलेका थिए जसमा आदिवासी जनजाति चलचित्रकर्मी तथा पत्रकारले पेनाल्टीमा जित हसील गरेको थियो त्यसै गरी बी साइडमा आदिवासी जनजाति महासंघले लिखू भूजी यूथ कल्बलाई पेनाल्टीमा हराएको थियो । क्वाटर फाइनल खेलको ए साइडमा आदिवासी जनजाति बुद्घिजीवि र केन्द्रिय सुनुवार सेवा समाज बिच खेल भएको थियो जसमा आदिवासी जनजाति बुद्घिजीविले जित हात पारेको थियो त्यसै गरी साइड बी मा पेनाल्टीमा ल.पू सुनुवार सेवा समाजले आयोजक टिम कोइँच स्पिोर्टस क्लबलाई हराएको थियो । त्यसै गरी दोस्रो क्वाटर फाइनलको ए साइडमा फेरी पनि प्री क्वाटरको बिजेता आदिवासी जनजाति चलचित्रकर्मी तथा पत्रकारले सैबू सुनुवार सेवा समाज भैसेपाटीलाई हराएको थियो अबको खेल दोस्रो क्वाटर फाइनलको बी साइडका प्री क्वाटर बिजेता आदिवासी जनजाति महासंघ र स्काई सोसाइटी बिच र सेमी फाइनल हुनेछ ।
खेलहरु एकदमै प्रतिस्पर्धात्मक हुनुको सथै रोमान्चक पनि थियो त्यसै गरी खेल खेल्ने क्रममा केन्द्रिय सुनुवार सेवा समाजका खेलाडी नारायण सुनुवारको घाटी निरको हड्डी भाचेको छ । उहाँको अल्का २ मा उपचार भैरहेको छ । डक्टरका अनुसार उहाको भोली अपरेसन गर्नुपर्ने हुनसक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *